गुराँसको जुस खाँदा होस गरौं, ज्यानै जान सक्छ !

गुराँसको जुस खाँदा होस गरौं, ज्यानै जान सक्छ ! image

गाउँघरमा अहिले पनि ुमाछा खाँदा घाँटीमा काँडा अड्किए गुराँस खानुु भन्ने चलन छ। कतिपयले भान्छामा गुराँसको फूल जगेडा राखेका हुन्छन्। गुराँसले माछाको काँडालाई गलाएर झार्ने भएकाले यसको प्रयोग गरिंदै आएको बूढापाका बताउँछन्। वसन्त ऋतुको आगमनसँगै उच्च पहाडी भेगतिर राताम्मे लालीगुराँस फुल्न थाल्छन्। राष्ट्रिय फूल लालीगुराँसले आकर्षित नहुने को नै होला र ?

संखुवासभा र तेह्रथुममा पर्ने तिनजुरे, मिल्के, जलजले अथार्त ‘टीएमजे’ क्षेत्रतिर लालीगुराँस हेर्न आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने गर्छन्। गुराँस हेर्न तथा होचो भूभागको उखरमाउलो गर्मी छल्न पनि मानिस टीएमजे क्षेत्र जान्छन् । नेपालमा पाइने ३२ प्रजातिका लालीगुराँसमध्ये २८ प्रजातिका गुराँस यही क्षेत्रमा मात्र पाइन्छन्।

यही वेला यहाँका स्थानीयले पर्यटकलाई स्वागत र आकर्षण गर्न लालीगुराँसको जुुुस, वाइन र रक्सी पनि बनाउने गर्छन्। हामी पनि गुराँस फुल्ने मौसम पारेर कक्षा ११ विज्ञानतर्फका विद्यार्थीको शैक्षिक भ्रमण र पिकनिकको कार्यक्रममा टीएमजे क्षेत्र जाने भयौं। बिहान धनकुटाबाट हिंडेर १० बज्दा नबज्दै त्यस क्षेत्रमा पुग्यौं।

भोक लागेका हुनाले हतार-हतार चिया नास्ता गरेर पाथीभरा मन्दिर दर्शन गर्ने र वरिपरिको वनस्पति पनि अध्ययन र नमूना सङ्कलन गर्ने कार्यक्रम तय भयो। योजना अनुसार उकालो लाग्यौं। बाटोमा भेटिएका झ्याउ, उन्यू र अन्य वनस्पति हेर्दै लगभग एक घन्टापछि पाथीभरा फेदी पुग्यौं। हामी एकैछिन बाटो छेउको होटलमा सुस्तायौं। विद्यार्थी तस्वीर खिच्दै उकालो लागे।

उकालो चढ्दा शरीर हल्का तात्नु स्वाभाविकै थियो। बाटोका पसल र होटलमा प्लास्टिकका स(साना बोतलमा राता रङका लालीगुराँसका जुस, वाइन र रक्सी बेच्न राखिएका थिए । हामीले नयाँ ठाउँमा नयाँ चिजको स्वाद लिन लालीगुराँसको जुस खाने रुचि गर्‍यौं। होटल सञ्चालक दिदीले भित्रबाट आधा लिटरको सानो बोतलमा रातो रङको झोल ल्याइदिनुभयो।

हामीले गिलासमा खन्याएर पिउन थाल्यौं। गुलियो भएकाले मैले दुई गिलास जति पिएँ,  साथीहरूले एकरएक गिलास। जुस पिएर उकालो लाग्यौं। पहिलो पाइलामै मलाई थकाइ लागेको महशुस भयो। मलाई  कहिल्यै यस्तो भएको थिएन। अचम्ममा परें। साथीहरूलाई पनि मलाई जस्तै थकान भएको रहेछ।

भोकले होला भन्ठानेर बिस्तारै उकालो चढ्दै बल्लतल्ल पाथीभरा देवीको मन्दिर पुग्यौं। विद्यार्थी मन्दिर दर्शन र फोटो खिच्न व्यस्त थिए। म थकाइले लखतरान परेकाले चौरमा गएर बसें। जुस खाएको एक घण्टा जति भएको थियो। आँखा अगाडिका सबै कुरा सेतो र तिरमिराए जस्तो लाग्न थाल्यो। मैलै आफ्नो समस्या साथीहरूलाई सुनाएँ। एक जना साथीले लेक लागेको होला भन्नुभयो।

तीन हजार मिटरभन्दा तल त लेक नलाग्नुपर्ने। यसअघि म पाँच हजार मिटरका हिमाली क्षेत्र पुग्दा कुनै समस्या भएको थिएन। एकैछिनमा टाउको भारी भयो र वरिपरि पूरै धमिलो देखिन थाल्यो। म रक गार्डेनको चउरमा गएर बिस्तारै दुई हातको सहायताले भुइँमा बसें। त्यसपछि के भयो, मलाई थाहा भएन। म त बेहोस भएर लडेछु।

म होसमा आउने बित्तिकै घरमा फोन गरिदिनुु भन्थे। त्यसपछि एक जना विद्यार्थीले मलाई बोकेर कुदाउँदै पार्कको गेटतिर लगे। मलाई सास फेर्न निकै अप्ठेरो भएको थियो। त्यहाँ साथीहरूले टेम्पो बोलाएका रहेछन्। साथीहरूले टेम्पोमा राखेर हतार गरेर वसन्तपुर लगे।वसन्तपुरसम्म पुग्न लागेको त्यो १५ मिनट मलाई जिन्दगीको सबैभन्दा लामो समयझैं लाग्यो।

वसन्तपुरको औषधि पसलमा प्रेसर चेक गरियो। ुतुरुन्त जिल्ला अस्पताल लगिहाल्नुस् भनेकाले धनकुटा जिल्ला अस्पताल लगियो। जिल्ला अस्पताल आउँदा मेरो रक्तचाप ६०र४० मात्र थियो। पल्स रेट (धड्कन) ४० भन्दा कम थियो। अनि अक्सिजन लेभल पनि निकै कम। डाक्टर तथा स्वास्थ्यकर्मीले हतार(हतार स्लाइन पानी र औषधि दिए।

शरीर चिसो भएको अनुभूत भयो। सास फेर्न गाह्रो भइसकेको थियो, फोक्सो र पेटलाई कसैले समातेर निमोठे जस्तो लाग्थ्यो । मान्छे बालेको सुन्थें, तर दृष्टि स्पष्ट थिएन। लगभग एक–डेढ घण्टाको उपचारपछि मेरो पल्स रेट बढेर ६२ पुग्यो अनि रक्तचाप ९०, ६० भएपछि सबैले आनन्दको सास फेरे । त्यसपछि मलाई पनि अलिक सहज महसूस हुन थाल्यो। दृष्टि पनि स्पष्ट हुँदै गयो ।

सबैले समयमै एम्बुलेन्स नआएको भए के हुन्थ्यो भन्दै थिए। डाक्टरले २४ घण्टा निगरानीमा राख्नुपर्छ भनेकाले एक रात अस्पतालमै बसें। मरेर बाँचे झैं लाग्यो । घर फर्किएपछि मनमा अनेक कुरा खेल्न थाले। मेरो विचारमा लालीगुराँसको जुस पिएकै कारणले वा अन्य कारणले मलाई समस्या भएको हो भन्नेमा घोत्लिन थालें।

मसँगै जुस पिएका साथीहरूको खबर के छ भनी सोधें। उहाँहरूलाई पनि ६(७ पटक बान्ता भएछ। मैले चाहिं उहाँहरूले भन्दा बढी, दुई गिलास खाएकाले साह्रो पारेको जस्तो लाग्यो। साथीहरूले यस्तो घटना पहिले पनि भएको र एक जना साथीलाई त रातारात धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको सुनाए। तीन दिनअघि मात्र इटहरीका चार जना शिक्षक तिनजुरे घुम्ने क्रममा गुराँसको जुस पिएर सिकिस्त अवस्थामा धनकुटा अस्पताल ल्याइएका रहेछन्।

के गुराँसको जुस हानिकारक हुन्छ ?

विभिन्न वैज्ञानिकले गरेका अनुसन्धानका आधारमा एक(दुई प्रजातिका गुराँस बाहेक सबैमा ग्रायानोटक्सिन नामक विषालु पदार्थ हुने भएकाले गुराँस विषालु हुन्छन्। बिरुवाले प्राकृतिक रूपले उसको शरीरमा यस प्रकारको तत्व उत्पादन गर्छन्, जसले बिरुवालाई घाँस खाने जनावर र विभिन्न कीराहरूबाट बचाउँछ।

यस कारणले गर्दा पनि गुराँस विषालु त हुने नै भयो, गुराँसको फूल र पातमा पाइने विषालु पदार्थले मानिस, कीराफट्याङग्रा र घाँस खाने जनावरलाई नराम्रो असर गर्छ। सन् २०१७ को गार्डेन गाइड पत्रिकाको ‘रोडोडेन्ड्रोन टक्सिसिटी’ शीर्षकमा प्रकाशित होयुम किमको अध्ययन अनुसार, गुराँस सेवनले मानिसमा मुटुको गति कम हुने, रक्तचाप घटाउने, बान्ता हुने, टाउको दुख्ने, रिंगटा लगाउने, आँखाको हेर्ने शक्ति कमजोर बनाउने, फोक्सोमा निमोनिया गराउने, पक्षाघात हुने र मानिसको मृत्यु समेत हुन सक्ने उल्लेख छ।

गाउँघरमा अहिले पनि ुमाछा खाँदा घाँटीमा काँडा अड्किए गुराँस खानुु भन्ने चलन छ। कतिपयले भान्छामा गुराँसको फूल जगेडा राखेका हुन्छन्। गुराँसले माछाको काँडालाई गलाएर झार्ने भएकाले यसको प्रयोग गरिंदै आएको बूढापाका बताउँछन्। यसको अर्थ काँडा पगाल्ने लालीगुराँस मानिसले धेरै खाए शरीर पूरै गल्ने वा शिथिल हुन्छ। त्यसैले पनि यसको रस पिउनु उचित छैन।

यद्यपि, टीएमजे क्षेत्रका सबैजसो होटलमा खुला रूपमा यसको जुस, वाइन र रक्सीको बेचबिखन भइरहेको छ। गुराँसको जुस खाएको एकदेखि डेढ घण्टापछि मात्र असर देखाउने भएकाले यो झन् डरलाग्दो छ। किनभने, यसको रस पिएको मानिस एक्लै घुम्न हिंडेका वेला उसलाई उपचार गर्न लाने कोही हुँदैन। अनि समयमै उपचार नपाए मानिसको ज्यानै जान सक्छ।

त्यसैले उचित वैज्ञानिक अनुसन्धान गरी आवश्यक स्वास्थ्य मापदण्ड अपनाई यस्तो प्रकारको पेय पदार्थ उत्पादन गर्न(गराउन तथा बेचबिखनमा नियमन गर्नु अत्यन्तै आवश्यक छ। यस विषयमा सम्बन्धित निकायले चाँडोभन्दा चाँडो आवश्यक कदम चाल्नुपर्ने देखिन्छ। जसले गर्दा भविष्यमा हुन सक्ने भवितव्यबाट यस क्षेत्रमा आउने पर्यटकलाई सावधान गर्न सकिन्छ।  हिमाल खबरबाट…

( प्रस्तुतकर्ता वनस्पति शास्त्रका उपप्राध्यापक सौगात श्रेष्ठ धनकुटा बहुमुखि क्याम्पसमा प्राध्यापन गर्छन् )

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • व्यावसायिक बाख्रापालन गरेर आम्दानी गर्दै महिला image

    व्यावसायिक बाख्रापालन गरेर आम्दानी गर्दै महिला

    देउखुरी, । दाङको लमही नगरपालिका–९ हर्दवाकी कृष्णीकुमारी बुढा पाँच वर्षअघि उहाँँ लमही बजारमा बस्नुहुन्थ्यो  । कमाइ केही थिएन । उहाँँका श्रीमान् पदमबहादुर विसी कमाइको खोजीमा मलेसिया जानुभएको थियो  । उहाँले...

  • पोखरीमा डुवेर २४ जनाको मृत्यु image

    पोखरीमा डुवेर २४ जनाको मृत्यु

    सप्तरी, । सप्तरीमा गत वर्ष २४ र तीन वर्षको अवधिमा ५७ जनाको मृत्यु भइसकेको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार नयाँ आर्थिक वर्षको पहिलो महिनामै पोखरीमा डुबेर चार जनाको मृत्यु...

  • तल्लो तहका कर्मचारीको सम्मान गर्न निर्देशन image

    तल्लो तहका कर्मचारीको सम्मान गर्न निर्देशन

    बुटवल । सहरी विकासमन्त्री मेटमणि चौधरीले तल्लो तहका कर्मचारीलाई सम्मन गर्ने निर्देशन दिएका छन् । संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीद्वारा निर्मित लुम्बिनी प्रादेशिक अस्पतालको प्रसुति कक्ष भवनको हिजो बुटवलमा...

  • बलात्कार मुद्दा लगाउने धम्की दिने पक्राउ image

    बलात्कार मुद्दा लगाउने धम्की दिने पक्राउ

    दाङ । बलात्कारको मुद्दामा फसाउने भनी धम्की दिएर एक व्यवसायीबाट १२ लाख रुपैयाँ असुलेको अभियोगमा चार महिला र एक पुरुषलाई प्रहरीले घोराहीमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको...