भैरहवा । वैदेशिक रोजगारीको बहानामा ठगी गर्ने कोही कसैलाई छुट नहुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले बताएका छन् ।
भैरहवामा संचालनमा आएको वैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गर्न रुपन्देही पुगेका मन्त्री श्रेष्ठले सोझासाझा श्रमिकलाई ठगेर विदेश बस्ने दलालमाथि कानुनी कारवाही गरेरै छाड्ने बताए ।
उनले भने, ‘सोझासाझा नागरिकलाई ठगेर विदेश गएर बस्ने दलालहरुले अब ठगी गर्न नसोचे हुन्छ, हामी ठगी गर्न दिदैनौँ, ठगी गरेर विदेश जाने दलालहरुलाई विश्वको जुनसुकै कुनामा भए पनि घिसारेर ल्याउँछौँ।’
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै शाखा संचालनमा आएकोले पूर्व श्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिका लागि काठमाडौं धाउनु पर्ने बाध्यता हटेको बताए ।
श्रेष्ठले जिल्ला प्रशासन कार्यालय अगाडि भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटनसमेत गरे । कार्यालयमा शाखा अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा काम सुरु भएको छ ।
भैरहवामा अब अन्य पूर्वाधार, भिसा सेन्टर, मेडिकलको व्यवस्था लगायत काम हुने बताए। विमानस्थलबाट व्यवसायिक उडान सुरु भएको दुई महिनापछि श्रमस्वीकृति दिने उद्देश्यसाथ कार्यालय स्थापना भएको छ यसले नरायाणी वारीसँगै लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम, गण्डकी प्रदेशका केही जिल्लाहरुका नागरिकलाई पनि सेवा लिन सहज हुने बताए।
शाखा स्थापना भएपछि भीसा सेन्टरका लागि पनि सम्बन्धित देशका राजदुतावास मार्फत कुटनीतिक पहल भइरहेको मन्त्रलायले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
देउखुरी, । दाङको लमही नगरपालिका–९ हर्दवाकी कृष्णीकुमारी बुढा पाँच वर्षअघि उहाँँ लमही बजारमा बस्नुहुन्थ्यो । कमाइ केही थिएन । उहाँँका श्रीमान् पदमबहादुर विसी कमाइको खोजीमा मलेसिया जानुभएको थियो । उहाँले...
सप्तरी, । सप्तरीमा गत वर्ष २४ र तीन वर्षको अवधिमा ५७ जनाको मृत्यु भइसकेको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार नयाँ आर्थिक वर्षको पहिलो महिनामै पोखरीमा डुबेर चार जनाको मृत्यु...
बुटवल । सहरी विकासमन्त्री मेटमणि चौधरीले तल्लो तहका कर्मचारीलाई सम्मन गर्ने निर्देशन दिएका छन् । संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीद्वारा निर्मित लुम्बिनी प्रादेशिक अस्पतालको प्रसुति कक्ष भवनको हिजो बुटवलमा...
दाङ । बलात्कारको मुद्दामा फसाउने भनी धम्की दिएर एक व्यवसायीबाट १२ लाख रुपैयाँ असुलेको अभियोगमा चार महिला र एक पुरुषलाई प्रहरीले घोराहीमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको...