उत्कृष्ट स्थानीय तहमा भक्तपुर र शिक्षा

उत्कृष्ट स्थानीय तहमा भक्तपुर र शिक्षा image

स्थानीय भाषामा ख्वप नामले चिनिने भक्तपुर काठमाडौं उपत्यकाको पुरानो नेवारी साँस्कृतिक केन्द्र हो । राजधानीबाट करिव १५ किलोमिटर पुर्वमा अवस्थित भक्तपुर सहर समुन्द्री सतहबाट १४०१ मिटर उचाइमा ६.८८९ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । यहाँ ९० % नेवारी समुदाय र १० % अन्य समुदायका मानिस बसाेवास गर्दछन् ।

नेपाली लिखित इतिहासकाे सुरुवात भक्तपुरकाे चागुनारायणबाट सुरुभएकाे मानिन्छ । याे सहरलाई युनेस्कोले सन १९७९ मा विश्व सम्पदा सुचिमा सुचिकृत गरेको हाे । यो नगर जुजुधौ,भादगाउँले टाेपी,हाँकु, माटोको भाँडा र हस्तकलाले परिचित छ । आफ्नै मौलिकता,आफ्नै कला,संस्कृति र सँस्कारले परिचित छ ।

विगतमा काठमाडौं उपत्यकाका अन्य सहर भन्दा शिक्षाकाे दृश्टिले,स्वास्थ र सरसफाइकाे दृस्टीले, राेजगार तथा आयआर्जनका दृस्टीले यो सहर पछि परेको थियो । देशकै सबैभन्दा सानो सहर, आर्थिक रुपमा,जातिय रुपमा,राजनैनिक रुपमा, वर्गीय रुपमा हेपिएकाे,चेपिएकाे,पिल्सिएकाे थियाे ।

पछि भक्तपुर नगरपालिकालाई नेपाल मजदुर किसान पार्टीकाे विचार, सिद्धान्त तथा दुरदर्शि, नैतिकवान, क्रान्तिकारी व्यक्तित्व नारायणमान बिजक्छेँ (राेहित) काे कुसल संरक्षणका कारण अहिले नेपालकै सबैभन्दा उत्कृष्ट नगरपालिकाको रुपमा स्थापित भएको छ ।

नेपाल मजुर किसान पार्टी र भक्तपुर नगरपालिका समाजवादकाे प्रायवाचीकाे रुपमा उदियमान भइरहेकाे छ । मार्क्सवाद,लेनिनवाद र माओ विचारधारालाई सैद्वान्तिकरुपमा ग्रहण गरी नेपालकाे परिवेशमा समाजवादी र साम्यवादी दर्शनलाई व्यवहारिक रुपमा लागू गर्न निस्वार्थ रुपमा लागिपरेकाे एक मात्र नगरपालिका भक्तपुर बनेको छ ।

देशको स्वाभिमानलाई आच आउने खालका शर्त राखेर जर्मनी सरकारले भक्तपुरका सम्पदा संरक्षणकाे लागि एक अर्ब २० करोड अनुदानको रकमलाई अस्वीकारगरि जनताको सहयोगबाट भुकम्पले क्षेतिगरेका सम्पदालाई पुनः निर्माण गर्न सफल भएको छ ।

भक्तपुर नगरलाई संसारकै सुन्दर, रमणीय,स्वच्छ, आनन्दी नगर बनाउने महान अभियानका अग्रज नेमकिपा अध्यक्ष राेहितले आज भन्दा २० वर्ष पहिले ‘सय वर्ष पछिको भक्तपुर’ नामक पुस्तकमा भनेका छन्, ‘यहाँका प्रत्येक युवाले चार पाँच वटा भाषा जानेका हुनेछन् । सम्पदा क्षेत्रमा गाडी गुड्ने छैनन्, सडक धुवा-धुलाे रहित हुनेछ ।

साँझ सहर घुम्न निस्कदा वाजा बजिरहेका हुनेछन् । मानिस भजन गाइरहेका हुने छन् । साँस्कृतिक नृत्यहरु देखिने छन् । मठ मन्दिमा वत्तिहरु झिलिमिलि बलिरहेका हुने छन् भने पर्यटकहरु आनन्द लिइरहेका हुनेछन् । विदेशीहरु भक्तपुरमा आएर पिएचडि गरिरहेका हुनेछन् ।

त्यो सहर विहान हेर्दा प्राचिन सहर जस्तो देखिने छ । दिउँसो हेर्दा खुल्ला विश्वविद्यालय जस्तो देखिने छ । साँझ उत्तिकै सुन्दर हुनेछ । यसरी आम जनतालाई जनचेतना जगाएर बुद्धिजीवीकरण गर्ने,आदर्श समाज निर्माण गर्ने,जहाँ अन्याय अत्याचारकाे अन्त गरेर शाेषण रहित वर्गविहिन समाज निमर्माण गर्न समाजबाट कुलत, कुसंस्कार, विभेदहरु नभएको सबै असल, आनन्दी, खुसि, सुखि देखिने छन् ।

समाजवादी समाज निर्माण गर्ने उदेश्यले नगरपालिकाले विस २०५८ सालमा पन्ध्र वर्ष भित्रमा नगरका प्रत्येक घरमा कम्तीमा एक स्नातक तह उतिर्ण गरेको हुनेछ भन्ने लक्ष्य लिएर ‘एक घर एक स्नातक’अभियान अगाडि बढाएको छ । जुन पूरा हुदैछ । स्वास्थ क्षेत्रमा पनि नगरपालिकाले अनुकरणीय नमुना याेग्य कामहरु अगाडि बढायकाे छ ।

प्रत्येक वडामा विशेषज्ञ डाक्टरकाे सेवा, घर घरमा नर्सिङ सेवा सन्चालन गरिएको छ । सरकारले जनविश्वास गुमाइरहेकाे,जनप्रतिनिधिले जनताको भावना कुल्चिरहेकाे, लामो समयसम्म सरकार सन्चालन गरेका दल प्रतिकाे जनआक्राेसका कारण देशका महत्त्वपूर्ण स्थानीय निकायहरुमा दलको विकल्प खाेज्दै स्वतन्त्र व्यक्ति निर्वाचित भएकाे अवस्थामा भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका उमेदवारले मेयरमा ७२ % र उपमेयरमा ८४ % मत प्राप्त गरि अन्य सबै प्रतिस्प्रधिकाे धरौटी जफत बनाएका छन् ।

यसरी जनताको मन मस्तिष्कमा कहिल्यै नमेटिने छाप पार्न सफल भएका मेयर सुनिल प्रजापति र उनकाे टिमले भक्तपुर नगरपालिकामा शिक्षा क्षेत्रमा हालसम्म गरेका केही महत्त्वपूर्ण कार्यकाे चर्चा गराैं । देशका ७५२ स्थानीय सरकारले शैक्षिक सुधारकाे लागि केन्द्रीय सरकार र प्रदेश सरकारको मुख ताकिरहेका बेला एक मात्र स्थानीय तह भक्तपुर नगरपालिकाले आफ्नै लगानीमा वार्षिक ४० कराेड खर्च गरेर दक्ष जनशक्ति उत्पादन गरिरहेकाे छ ।

शिक्षाका सम्बन्धमा मेयर सुनिल प्रजापति भन्छन्,’कम शुल्कमा उच्च शिक्षा दिन समाजलाई बौद्धिक बनाउन, नयाँ पुस्तालाई उत्पादनशिल बनाएर शिक्षा र समृद्धिकाे लक्ष्य पूरा गर्न कटिबद्ध छौ ।’ भक्तपुर नगरपालिकाले २० वर्ष पहिला ख्वप उच्च माध्यमिक विद्यालयकाे नामबाट सुरुगरेकाे शिक्षण संस्था अहिले व्यापक रुपमा विकास भएको छ ।

राजनीतिलाई जनताको सेवामा समर्पण गर्ने नेमकिपाकाे आदर्श अंगालेकाे जनप्रतिनिधिले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर शिक्षा, स्वास्थ्यलाई राज्यको नियन्त्रण गर्न,समाजवाद उन्मुख समाज निर्माण गर्न,जनतालाई बुद्धिजीवीकरण बनाउने उदेश्यले नगरपालिकाले सातवटा उच्चस्तरीय शिक्षण संस्था सन्चालन गरिरहेकाे छ ।

१. ख्वप माध्यमिक विद्यालय
२. ख्वप कलेज
३. ख्वप ईन्जिनियरिङ कलेज

४. ख्वप कलेज अफ ईन्जिनियरिङ
५. ख्वप वहुप्राविधिक अध्यायन संस्थान
६. सारधा माध्यमिक विद्यालय
७. सारधा कलेज

यसरी नगरपालिकाले संचालन गरेका सातवटा शिक्षण संस्थानहरुमा सातहजार विद्यार्थीहरुले पढिरहेका छन् । न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा दिएका यी शिक्षण संस्थामा मनाङ बाहेक ७६ वटा जिल्लाका विद्यार्थीले पढिरहेका छन् । नगर भित्र ३५ वटा सामुदायिक विद्यालयकाे सुधार अभियान तिब्ररुपमा चलिरहेको छ । नगरपालिकाले सन्चालन गरेका कलेजलाई कुनै पनि बन्द हडतालले असर गर्दैन ।

अधिकांश सरकारी विदालाई पनि शैक्षिक सुधारमा उपयोग गरिन्छ । प्रत्येक वडामा शिशुस्याहार केन्द्रहरुकाे स्थापना भएको छ ।जस्ले गर्दा आमाले राेजगारि गुमाउनु नपर्ने तथा वच्चालाई राम्रो आहार विहार र रेखदेखकाे व्यवस्था मिलाईएकाे छ ।

एउटा शिशु स्याहार केन्द्रमा चार जना तालिम प्राप्त कर्मचारी राखिएको छ भने प्रति वालक न्युनतम शुल्ककाे व्यवस्था गरिएको छ । वयोवृद्ध व्यक्तिको लागि आदर निकेतनकाे व्यवस्था टाेल टाेलमा गरिएको छ । भजन कृतन गर्ने, खेल खेल्नेलगायत विभित्र मनाेरन्जनका साधनकाे व्यवस्था मिलाईएकाे छ । इन्जिनियरकाे पढाइमा एक लाख नब्बे हजार शुल्कमा इन्जिनियर तहको पढाइ सुरुवात गरेको हो ।

अहिले अन्य निजी कलेजले १३, १४ लाख शुल्क लिइरहेका छन् भने भक्तपुरका कलेजले ६, ७ लाखमा स्तरीय शिक्षा दिइरहेको छ । भक्तपुर नगरपालिकाले आफ्नै ख्वप विश्वविद्यालय स्थापना गरेर कम शुल्कमा विभिन्न विषय र क्षेत्रमा स्तरीय शिक्षा दिन अनवरत लागि रहेता पनि सरकारले स्वीकृति दिएकाे छैन ।

एमविविएस पढ्न अहिले निजी कलेजले ६०,७० लाख लिइरहेको बेला भक्तपुर नपाले मेडिकल कलेज सन्चालनकाे अनुमति दिए १६ लाखमा सन्चालन गर्ने योजना सरकारसंग पेश गरेको छ । तर देशको शिक्षा क्षेत्रमा शैक्षिक माफियाहरुकाे बाेलवाला भएकोले कम शुल्कमा स्तरीय शिक्षा दिने ढाेकाहरु बन्द गरिएका छन् । क्रमश…

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • व्यावसायिक बाख्रापालन गरेर आम्दानी गर्दै महिला image

    व्यावसायिक बाख्रापालन गरेर आम्दानी गर्दै महिला

    देउखुरी, । दाङको लमही नगरपालिका–९ हर्दवाकी कृष्णीकुमारी बुढा पाँच वर्षअघि उहाँँ लमही बजारमा बस्नुहुन्थ्यो  । कमाइ केही थिएन । उहाँँका श्रीमान् पदमबहादुर विसी कमाइको खोजीमा मलेसिया जानुभएको थियो  । उहाँले...

  • पोखरीमा डुवेर २४ जनाको मृत्यु image

    पोखरीमा डुवेर २४ जनाको मृत्यु

    सप्तरी, । सप्तरीमा गत वर्ष २४ र तीन वर्षको अवधिमा ५७ जनाको मृत्यु भइसकेको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार नयाँ आर्थिक वर्षको पहिलो महिनामै पोखरीमा डुबेर चार जनाको मृत्यु...

  • तल्लो तहका कर्मचारीको सम्मान गर्न निर्देशन image

    तल्लो तहका कर्मचारीको सम्मान गर्न निर्देशन

    बुटवल । सहरी विकासमन्त्री मेटमणि चौधरीले तल्लो तहका कर्मचारीलाई सम्मन गर्ने निर्देशन दिएका छन् । संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीद्वारा निर्मित लुम्बिनी प्रादेशिक अस्पतालको प्रसुति कक्ष भवनको हिजो बुटवलमा...

  • बलात्कार मुद्दा लगाउने धम्की दिने पक्राउ image

    बलात्कार मुद्दा लगाउने धम्की दिने पक्राउ

    दाङ । बलात्कारको मुद्दामा फसाउने भनी धम्की दिएर एक व्यवसायीबाट १२ लाख रुपैयाँ असुलेको अभियोगमा चार महिला र एक पुरुषलाई प्रहरीले घोराहीमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको...