काठमाडौं । ‘डिभि’ परेर अमेरिका पुगेकी नेपाली चेली अन्तरिक्ष यात्री बनिन् भन्दा अनौठो लाग्ला तर यस्तै भइदिएको छ । दाङ भालुवाङकी ज्योती केसी पाँच वर्षअघि परिवारको लालनपालनको जोहो पुरा गर्ने लक्ष्यसहित अमेरिका हानिएकी थिइन् ।
उनको त्यो यात्रा पारिवारिक आर्थिक स्तर माथि उकास्ने मात्रै बनेन अमेरिकाको खोज अध्ययन अनुसन्धान महत्वपूर्ण पाटो बनिदियो । अमेरिकी जागिरे यात्राले उनी बृहत अध्ययन पाटो बनिन् । त्यो अध्यनले ज्योती केसी अन्तरिक्षयात्री बनेर घर फर्किएपछि परिवारमा खुशीको सिमानै रहेन ।
साहेद केसी नै नेपालको पहिलो अन्तरिक्षयात्री हुन् भन्न सकिन्छ । अमेरिका पुगेको तीन महिनादेखिनै उनले अमेरिकी वायु सेना बन्ने तयारी थालेकी उनलाई अमेरिकी सरकारले छनौट गर्यो । अन्तरिक्षयात्री बन्नका लागि उनले दुई हप्ताको तालिम लगिन् । अन्तरिक्ष यात्रीका लागि योग्य बन्न सफल हुँदा उनमा खुशीको सीमा रहेन ।
ज्योतीले भनिन्, ‘खाना, सुत्ने व्यवस्थापन देखि सबै व्यवस्थापन यानभित्रै गरिएको हुन्छ। ‘हामीहरु खाना, सुत्ने सबै त्यहि आईशोलेशन भित्रै हुन्छ, आईशोलेशन भित्र ५ देखि ६ जना मात्रै अट्ने सानो ठाउँ हुन्छ।
त्यसमा कडा मेहनत ग¥यौं ।’ पोल्याण्डमा अन्तरिक्ष यात्रीको कोर्ष पूरा गरेर अन्तरिक्ष यात्री बनेकी ज्योती अब नासासंगको सहकार्यमा रिसर्चका लागि उड्ने योजनामा रहेकी छन् । नेपालबाट अमेरिका फर्केपछि उनको प्रयास अमेरिकी एयर फोर्समै रहेर अन्तरिक्ष यात्रा साकार पार्ने तयारीमा छन् ।
मध्यमवर्गी परिवारकी ज्योतीको यो सफलताले राष्ट्रको सान पनि उच्चो हुदैछ । छोरीलाई नेपालकै छोरी बनेको हेर्न चाहेको ज्योतीका बुवा नरबहादुर केसीले बताए । आफ्नै देशमा अबसर गुमेका बेला अमेरिकामा यति ठूलो सफता मिल्नु आफ्ना लागि निकै हर्षको बिषय भएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
देउखुरी, । दाङको लमही नगरपालिका–९ हर्दवाकी कृष्णीकुमारी बुढा पाँच वर्षअघि उहाँँ लमही बजारमा बस्नुहुन्थ्यो । कमाइ केही थिएन । उहाँँका श्रीमान् पदमबहादुर विसी कमाइको खोजीमा मलेसिया जानुभएको थियो । उहाँले...
सप्तरी, । सप्तरीमा गत वर्ष २४ र तीन वर्षको अवधिमा ५७ जनाको मृत्यु भइसकेको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार नयाँ आर्थिक वर्षको पहिलो महिनामै पोखरीमा डुबेर चार जनाको मृत्यु...
बुटवल । सहरी विकासमन्त्री मेटमणि चौधरीले तल्लो तहका कर्मचारीलाई सम्मन गर्ने निर्देशन दिएका छन् । संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीद्वारा निर्मित लुम्बिनी प्रादेशिक अस्पतालको प्रसुति कक्ष भवनको हिजो बुटवलमा...
दाङ । बलात्कारको मुद्दामा फसाउने भनी धम्की दिएर एक व्यवसायीबाट १२ लाख रुपैयाँ असुलेको अभियोगमा चार महिला र एक पुरुषलाई प्रहरीले घोराहीमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको...