आमा र बाबा जत्तिको साधकी संसारमा अरु कुनै चीज हुन सक्दैन : राजशान्ति सुनार

आमा र बाबा जत्तिको साधकी संसारमा अरु कुनै चीज हुन सक्दैन : राजशान्ति सुनार image

हामी सबैले देखेका भगवान बाबा र आमा बाहेक अरु कोही पनि छैनन् । बाबा र आमाको त्याग, तपस्याको अगाडि अरु सबै कुरा फिक्का हुन्छन् । बाबा र आमा जत्तिको साधकी संसारमा अरु कुनै चीज हुन सक्दैन । ९ महिना कोखमा राखेर पृथ्वीमा पाइला टेकाउने आमा र जिन्दगीको कर्म सिकाउदै सत्मार्गमा दौडाउँने बाबा दुबै हाम्रा भगवान हुन् ।

आमा सत्य हुन् भने बाबा बिश्वास । आमा धर्ती हुन् भने बाबा आकाश । आमाको कोख र काखको तुलना स्वर्गसँग मात्रै गरिन्छ । यीनका बारेमा वर्णन गर्ने जति सुकै शब्द भए पनि ती सबै अपुरा र अधुरा हुन्छन् ।

आमा र बाबाकाबारेमा विभिन्न माध्यमबाट मानिसले जानकारी पाउने गरेका छैनन् । आमाको कोखसंगै खाएको दशधारा दुध अनि बाबाको त्यागले जिन्दगीमा सबै जानकारी एकै साथ गरिदिन्छ । यो नै एउटा खुल्ला किताब हो ।

यही किताबको एउटा हिस्सा बनेको छ पछिल्लो समय बजारमा आएको “मर्ने बाटो” बोलको गीत । यो गीतले आमा र बाबाको बारेमा छर्लङ्ग पारेको छ । राजशान्ति फाउण्डेशनले बजारमा ल्याएको यो गीत आमावुबाप्रति समर्पित गीत हो । गीतमा भनिएको छ

मर्नेबाटो हजार छन्, जन्मदिने आमा बाबा,
पवित्र पाउ विसाउनमा हाम्रा संसार सारा ।

लिएर जन्म मानवको संसारलाई देखायौं
दुःखमा साथ, समाई हात धर्तिमा टेकायौं ।

आँसु र रगत दिएर, आमा हाँसो साट्यौं ।
दुःख कष्ट लुकाएर बाबाले मायाँ बाढ्यौं ।
मर्ने बाटो हजार छन् …….

विरामी हुँदा कालसंग आमाले जीवन माग्यौं
दिनको भागक बाबाले रातको निद्रा त्याग्यौं ।

न तोड नाता रगतको स्वार्थ र अंहकारले
साक्षात भगवानलाई तिरस्कार गर्छौ कन संस्कारले ।

लगायतका मर्मस्पर्सी शब्दहरु रहेका छन् । यस गीतमा आमा र बाबालाई हामी सबैले देखेका साक्षात् भगवानका बारेमा वर्णन गरिएको छ । गीतका शब्द राजशान्ति सुनारले लेख्नु भएको छ भने संगीत, स्वर, संगीत संयोजन वरिष्ट संगीतकार बि.बि अनुरागीले गर्नुभएको छ । बेलायतमा रहेर समाजसेवी एवं गीतकार राजकुमार सुनारले सृजना गरेका गीतले नेपालमा अवार्ड जिति सकेका छन् ।

लमजुङमा जन्मिएर बेलायतलाई कर्मथलो बनाएका राजकुमार सुनार र शान्ति सुनारले लेखेको ‘जसलाई मैले’ बोलको गीतले यस अघि अवार्ड जितिसकेको छ । राजकुमार सुनार र शान्ति सुनार (राजशान्ति सुनार) ‘नेशनल गण्डकी म्यूजिक अवार्ड–२०७८’ मा उत्कृष्ट गीतकारको रुपमा सम्मानीत भइसकेका छन् । उनका गीतमा समाजको यर्थाथता झल्किरहेको हुन्छ भने समाजका विकृति र विसंगतिलाई ब्यङ्ग्य समेत गरिएको हुन्छ ।

हामी सबैको जीवनमा आमा र बुाबाको आदर्शले प्रभाव पारेको हुन्छ । हामी सबैका आर्दश व्यक्ति आफ्नै आमा–बुबा हुन्छन् । आमा र बुबाले धर्तिमा जन्म दिए, हुर्काए, पढाए, आफुले आधा पेट खाएर पनि छोरा, छोरीलाई खुवाए, रातदिन दुःख र परिश्रम गरेर सन्तानको भलो चिताए, सन्तानले कुनै दुःख भोग्नु नपरोस् भनेर मरिमेट्ने काम गरे । उनीहरुले दिनरात पसिना बगाउदै जीवन र जगतको मूल्य सिकाए ।

आज २१ औं शताब्दीमा बदलिँदो समय आधुनिक प्रविधिसँगै विभिन्न सामाजिक विकृति विसंगतीले समाजलाई खोक्रो बनाउँदैछ । त्यस्तो आधुनिकतालाई अंगीकार नगरि आफ्नै संस्कार र संस्कृतिमा रमारमाऔं भन्ने यो गीतको मूल भाव रहेको छ । भिडियाे ...

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda