आठबीसको जिन्सी व्यवस्थापनलाई व्यवस्थित बनाउँदैछौंः जिन्सी शाखा प्रमुख बखत विक

आठबीसको जिन्सी व्यवस्थापनलाई व्यवस्थित बनाउँदैछौंः जिन्सी शाखा प्रमुख बखत विक image

आठबीस नगरपालिका, दैलेख । जिन्सी, झट्ट हेर्दा नगद बाहेकका माल, वस्तु वा सामाग्रीलाई जनाउँछ । तर कार्यालय संचालनमा जिन्सी को महत्व अझ बढी हुन्छ । अर्थात कार्यसञ्चालनको साधन पनि हो । कार्यालयमा टेबुल, दराज, कम्प्युटर, रजिष्टर आदि सामानहरू जिन्सी सामग्रीका उदाहरण हुन् ।

नेपाल सरकारको जिन्सी लेखा, स्रेस्ता प्रणाली २०२० सालबाट सुरु भएको हो । जुन कार्यालयको जिन्सी लेखा, स्रेस्ता प्रणाली चुस्त, दुरुस्त हुदैन त्यहाँको अवस्था पनि नाजुक भएका उदाहरण धेरै छन् । जिन्सी माल वस्तुको आम्दानी तथा खर्च के कसरी भयो ? कुन सामान के कस्तो अवस्थामा छ ?

सो देखाउने लगायत जिन्सी व्यवस्थापनका काम कारवाहीलाई व्यवस्थित गराउन राखिने लेखालाई जिन्सी लेखा भनिने आठबीस नगरपालिकाका जिन्सी शाखा प्रमुख बखत विक बताउँछन् । उनका अनुसार जिन्सी स्रेस्ता प्रणालीलाई जिन्सी लेखा प्रणाली पनि भनिन्छ ।

नेपाल सरकारको जिन्सी स्रेस्ता प्रणाली एक अभिन्न भाग पनि भएको उनको भनाइ छ । आठबीस नगरपालिकाको आफ्नै भवन सञ्चालनमा नआउँदा यो प्रणाली व्यवस्थित बनाउन समस्या भएपनि अब यसलाई अझै व्यवस्थित बनाएर लैजाने विकले बताए ।

जिन्सीको उपयोगलाई व्यवस्थित गर्ने, जिन्सी सामानलाई खोजेको बखत पाउन सहज गराउने, जिन्सीको आपूर्तिलाई सहज बनाउने, जिन्सी नियन्त्रण गर्ने, जिन्सी सामानको सुरक्षा गर्ने, मितव्ययिता कायममा जोड दिने, जिन्सी सामानको लिलाम बिक्री, मिन्हा र हस्तान्तरणको लेखा लाई व्यवस्थित बनाउने,

जिन्सी आम्दानी खर्च र बाँकीको अवस्थालाई अभिलेख राख्ने, व्यवस्थापनलाई आर्थिक निर्णय गर्नका लागि आधार तयार गर्ने कार्यलाई ध्यान दिएको कैलाश खबरसंगको कुराकानीमा शाखा प्रमुख विकले बताए ।

जिन्सी लेखालाई व्यवस्थित बनाउँदा जिन्सी सामानको सुरक्षा, खोजेको बखत पाउन सहज, काम लाग्ने र नलाग्ने जिन्सी सामाग्री छुट्याउन सजिलो, जिन्सी सामग्री खर्च नियन्त्रण गर्न सजिलो, भविष्यमा आवश्यक पर्ने जिन्सीको अनुमान गर्न सकिने, जिन्सीको आम्दानी खर्च र बाँकीको अवस्था थाहा पाउन सकिने, निर्णयकर्तालाई आधार प्रदान गर्न सहज हुने उनको भनाइ छ ।

हुन त नेपाल सरकारले २०२० साल माघ १ गते देखि जिन्सी स्रेस्ताको सुरुवात गरेको पाइन्छ । जिन्सी सामान कसरी उपलब्ध हुन्छ त ? भन्ने प्रश्नमा विक भन्छन्, केही आधार तयार गरेका छौं, माग फारम भरेर जिन्सी सामग्री उपलब्ध गराउछौं।’

खरिदबाट प्राप्त, हस्तान्तरणबाट प्राप्त (अन्य कार्यालय वा संस्थाबाट प्राप्त हुने), आफ्नै उत्पादनबाट रनिर्माणबाट, दातृ निकायबाट वस्तुगत सहायताको रूपमा मालसामान नै प्राप्त गरेमा । आदि स्रोतबाट जिन्सी सामग्री प्राप्त हुने उनको भनाइ छ ।

जिन्सी सामान खर्च कसरी हुन्छ त ? भन्ने प्रश्नमा उनले भने, आफ्नै कार्यालयको कामकाजमा उपयोग भएमा, अन्य कार्यालयलाई हस्तान्तरण गरिदिएमा, टुटफुट वा हानी–नोक्सानी भै मिन्हा गरिएमा, लिलाम बिक्री गरिएमा, कसैलाई जिन्सीकै रूपमा उपहार वा सहयोग दिएमा खर्च हुने उनको भनाइ छ ।

जिन्सी फारामलाई वर्गीकरणसहित अभिलेखिकरण गरे फारामहरूलाई व्यवस्थित गरिएको छ । खरिद आदेश, दाखिला रिपोर्ट, हस्तान्तरण फाराम, मिन्हा प्रतिवेदन, माग फारामलाई व्यवस्थित गरेर नै आठबीसको जिन्सी अभिलेख राखिएको उनको भनाइ छ ।

जिन्सी मालसामनको खरिद र निस्कासनको यथार्थ विवरण, काम नलाग्ने, प्रयोगहीन वा मर्मत सम्भार गर्नुपर्ने विवरण समेतको अवस्था देखिने गरी जिन्सी स्रेस्ता तयार गरिएको शाखा प्रमुख विकले बताए ।

दैनिक रूपमा कार्यालयमा आवश्यक पर्ने मालसामानको खरिद गर्नुपर्दा अधिकार प्राप्त व्यक्तिबाट खरिद स्वीकृति प्राप्त खरिद आदेश अनुसार नगरको जिन्सीलाई व्यवस्थित गरिएको देखिन्छ ।

सामान्यतया लागत अनुमान, खरिदको योजना, गुरुयोजना, सिलबन्दी दरभाउपत्र, ठेक्का पट्टा जस्ता कानूनी प्रक्रिया पूरा गर्नुपर्ने र सानातिना खर्च गर्ने व्यवस्था अनुरूप कार्यालयमा खडा गरिएको सानो नगदी कोषमार्फत हुने खरिद बाहेक अन्य सामान खरिद गर्नका लागि खरिद आदेशको प्रयोग मार्फत प्रणली सुधारमा जोड दिएको उनको भनाइ छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • पशुधन नभएको परिवार सङ्ख्या ९.७ प्रतिशत image

    पशुधन नभएको परिवार सङ्ख्या ९.७ प्रतिशत

    काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको मुलुकको जनसङ्ख्याको आर्थिक संरचना विवरणअनुसार दश वर्ष वा सोभन्दा माथि उमेर समूहको कुल जनसङ्ख्याको लगभग दुई तिहाइ रहेको बताएको छ । आर्थिक...

  • कालिकोटमा ३७ वर्षपछि किरातीको पालामा बस्यो चिलगाडी image

    कालिकोटमा ३७ वर्षपछि किरातीको पालामा बस्यो चिलगाडी

    कालिकोट । सुनथराली विमानस्थल निर्माण थालिएको ३८ वर्ष भए छ । कति हिउद गए, कति वर्षा गए । बल्ल मन्त्री सुदन किरातीको पालामा सञ्चालनमा आएको छ। उपप्रधान तथा रक्षामन्त्री...

  • विश्वकप लिग टु अन्तर्गत अन्तिम खेलमा आज नेपाल नेदरल्याण्डसँग भिड्दै image

    विश्वकप लिग टु अन्तर्गत अन्तिम खेलमा आज नेपाल नेदरल्याण्डसँग भिड्दै

    काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत अन्तिम खेलमा आज नेपाल र नेदरल्याण्डबीच प्रतिष्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित खेल मैदानमा साढे ९ बजेबाट शुरु हुनेछ । जारी लिगमा नेदरल्याण्डसँग...

  • बुलबुले तालको झार हटाइँदै image

    बुलबुले तालको झार हटाइँदै

    सुर्खेत । सुर्खेतको बुलबुले तालको पानीमाथि फैलिएको झारपात हटाउन थालिएको छ । सुर्खेत उपत्यका नगर विकास समितिले डुङ्गा चलाउनुपूर्व तालमा फैलिएको झारपात हटाउन थालेको हो । ताल सरसफाइका लागि...


hotelghyampedanda