आसियान बैठकः क्षेत्रीय आर्थिक साझेदारीका निम्ति बेग्लै सचिवालय स्थापनामा कम्बोडियाको जोड

आसियान बैठकः क्षेत्रीय आर्थिक साझेदारीका निम्ति बेग्लै सचिवालय स्थापनामा कम्बोडियाको जोड image

नोमपेन, । सदस्य राष्ट्रहरूको अर्थतन्त्रलाई कोभिड–१९ महामारीअघिको अवस्थामा पुर्‍याउने तथा प्रमुख क्षेत्रीय र विश्वव्यापी चुनौतीको सामनामा केन्द्रित रहेर दश सदस्यीय दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन आसियानका विदेश मन्त्रीहरूको पाँचौँ बैठक यहाँ प्रारम्भ भएको छ । कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुन सेनले क्षेत्रीय सुरक्षा, म्यानमार मुद्दा, युक्रेन युद्ध र जलवायु परिवर्तनलगायतका क्षेत्रीय चासोका विषयमा केन्द्रित रहेर बैठकको उद्घाटन गर्दै स्वतन्त्र व्यापार सम्झौताको कार्यान्वयन एवम् समन्वयका लागि एकल सचिवालय स्थापना गर्ने प्रस्ताव गरेका गर्नुभएको छ । साथै उहाँले व्यापक क्षेत्रीय आर्थिक साझेदारी आरसिइपी का निम्ति बेग्लै सचिवालय अपरिहार्य भएको बताउनुभयो ।

गत जनवरीमा लागू भएको आरसिइपीको प्रभावकारी कार्यान्वयनमा समन्वय गर्न यथाशक्य चाँडो एकल सचिवालय हुनु आवश्यक भएको बताउँदै उहाँले कम्बोडियामा उक्त सचिवालय स्थापना गर्न आफू तयार रहेको जानकारी दिनुभयो । आसियानका सदस्य ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियतनाम र तिनका व्यापार साझेदार चीन, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र न्यूजील्याण्ड सदस्य रहेको आरसिइपीको सचिववालय नोमपेनमा स्थापना गर्न सदस्य राष्ट्रबाट समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । दीर्घकालीन रूपमा क्षेत्रीय र विश्वव्यापी आर्थिक वृद्धिमा आरसिइपीले नयाँ गति दिने उहाँले बताउनुभयो ।

कम्बोडियाले टकराव नभइ पारस्परिक एकता र सहयोगका लागि जोड दिएको बताउँदै उहाँले विभाजनका विषयलाई त्यागेर सहकार्य र साझेदारीमा सदस्य देशहरूले आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो । कम्बोडियाली नेताले युक्रेन युद्धले गम्भीर आर्थिक अवरोधका साथै खाद्य र ऊर्जा सुरक्षामा आँच पु¥याएको र तयसले विश्वलाई फेरि एकपटक विभाजनतर्फ धकेलेकामा चिन्ता व्यक्त गर्नुभयो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • सङ्कटग्रस्त श्रीलङ्काको आर्थिक सङ्कुचन आठ प्रतिशतले बढ्ने चेतावनी image

    सङ्कटग्रस्त श्रीलङ्काको आर्थिक सङ्कुचन आठ प्रतिशतले बढ्ने चेतावनी

    कोलम्बो । श्रीलङ्काको आर्थिक मन्दीका कारण यस वर्ष कम्तीमा आठ प्रतिशतले संकुचन आउने तर सर्वसाधारणले चाँडै नै मुद्रास्फीतिबाट केही राहतको अपेक्षा गर्न सक्ने श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले बिहीबार बताउनुभएको...

  • रुसी आक्रमणमा चारको मृत्यु बीस घाइते image

    रुसी आक्रमणमा चारको मृत्यु बीस घाइते

    युक्रेन, । उत्तरपूर्वी युक्रेनी क्षेत्र खार्किभमा बिहीबार बिहान रुसी बमबारीमा चार व्यक्तिको मृत्यु हुनुका साथै २० जना घाइते भएका गभर्नरले बताउनु भएको छ । टर्कीका नेता रेसेप तैयप एर्दोगान...

  • हतियार भण्डारण केन्द्रमा विस्फोट image

    हतियार भण्डारण केन्द्रमा विस्फोट

    एजेन्सी । क्रिमियाकोअर्को हतियार भण्डारण केन्द्रमा पनि ठूलो विस्फोट भएको छ । रुसी सैन्य आधार शिविरमा युक्रेनी आक्रमण भएको एक सातापछि अर्को सैन्य केन्द्रमा रहेको हतियार भण्डारण केन्द्रमा श्रृंखलाबद्ध...

  • फिजी एक चीन नीतिप्रति प्रतिबद्ध image

    फिजी एक चीन नीतिप्रति प्रतिबद्ध

    फिजी । फिजीका प्रधानमन्त्री भोरेके बैनीमारामाले एक चीन नीतिप्रति आफ्नो देशको प्रतिबद्धता दोहोर्या३उनुभएको छ । उहाँले सोमबार न्युजिल्यान्डस्थित रेडियो तरानासँगको अन्तर्वार्तामा चीन-फिजी सम्बन्ध बलियो भएको बताउँनु भएको हो। “म...