केराबारीमा ठूलो पहिरो गएपछि सडक खण्ड ठप्प

केराबारीमा ठूलो पहिरो गएपछि सडक खण्ड ठप्प image

काठमाण्डौं । मुग्लिन नारायणगढ सडक खण्ड ठप्प भएको छ । गएराति २ बजेदेखि पहिरो गएपछि सडक खण्ड फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा ठूलो पहिरो गएको चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीले बताए ।

तीन वटा डोजरको सहायताले पहिरो पन्छाउन थाले पनि एउटाको टायर पन्चड भएकाले अहिले दुई वटाले पहिरो हटाइरहेको उनको भनाइ छ ।

सोमवार राति पनि केराबारीमा ठूलो पहिरो गएका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda