रासायनिक मल उत्पादन गर्ने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा छलफल

रासायनिक मल उत्पादन गर्ने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा छलफल image

काठमाडौं । नेपालमा हाइड्रोजन र त्यसबाट रासायनिक मल उत्पादन गर्न सम्भव देखिएपछि कार्यान्वयनमा ल्याउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छलफल गरेको छ ।

एक अध्ययन समितिले गत साउन १० गते प्रतिवेदन बुझाएपछि मन्त्री पम्फा भुसालले प्रतिवेदन तयार गर्नेहरूसँग थप छलफल गरेकी हुन् ।

प्रतिवेदनका बारेमा विस्तृत जानकारी लिने र ती सुझाव कार्यान्वयनका उपायबारे बैठकमा छलफल भएको अध्ययन समितिका संयोजक चिरञ्जीवी चटौतले बताए ।

उनले भने, ‘रासायनिक मल कारखाना स्थापनाका लागि अब के कस्ता रणनीति तथा कार्यनीति अख्तियार गर्न सकिन्छ भनेर बैठकमा छलफल भयो ।’

बहुसरकारी निकायको संलग्नता यसमा रहने भए पनि नेतृत्वदायी भूमिका कुन मन्त्रालयले गर्ने भन्ने हालसम्म निक्र्योल हुन सकेको छैन ।

यो विषयमा सबै सरोकारवाला मन्त्रालयका मन्त्रीसहित प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने तयारी भइरहेको अध्ययन समिति सदस्य डा. विराजसिंह थापाले बताए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda