अमेरिका बसेर पनि नेपाल र नेपालीको पक्षमा काम गर्न पाँउदा खुसी छु: विश्व बराल

अमेरिका बसेर पनि नेपाल र नेपालीको पक्षमा काम गर्न पाँउदा खुसी छु: विश्व बराल image

कोरोना भाइरसले विश्व मानव समुदायमा पारेको असर हेर्ने हो भने यसले केवल स्वास्थ्यमा मात्रै होइन हरेक क्षेत्रलाई तहस नहस बनाएको छ । शिक्षा, स्वास्थ्य, रोजगारी, विकास निर्माणलगायत सबै क्षेत्र त्राहिमाम बनिरहेको छ । कोरोनाका कारण अहमता र घमण्डमा रहेका देशहरुलाई सतहमा पनि ल्याईदिएको छ । धन, शक्ति र हतियारको घमण्ड देखाउने हरुलाई पनि हैसियत सिकाईदिएको छ । यहि बीचमा एनआरएनएको निर्वाचन पनि नजिकिएको छ । निर्वाचन नजिकिएसंगै अव कसरी आफ्नो भूमिकामा चेन्ज ल्याउन सकिन्छ भनेर एनआरएनए अमेरिकाका निर्वाचन आयुक्त विश्व बरालसंग समसामयिक विषयमा कुराकानी गरेका छौं : सम्पादक

कैलाश खबरमा यहाँलाई स्वागत छ ।
धन्यवाद

निर्वाचन आयुक्त हुनु भएकोमा यहाँलाई शुभकामना ।
हाम्रो तर्फबाट यहाँलाई धन्यवाद

कोरोना कहरकै बीच अहिले अमेरिकामा के कसरी काम गरिरहनु भएको छ ?
कोरोनाकै चक्करमा छौं । कोरोना भाइरसले गर्दा गर्नै पर्ने काम पनि गर्न सकिरहेका छैर्नौ । सफ्टवयरमा काम गर्ने भएकाले समस्याका वावजुत धरमै बसेर कार्य सम्पादन गरिरहेका छौं । यहाँको अवस्था भन्नु पर्दा एकदमै गाह्रो छ । सेवाका कार्य फरक तरिकाबाट गरिरहेका छौं ।

तपाईको भूमिका र सस्थाका चुनौतीका विषयमा भन्नु पर्दा ?
म एकदमै खुसी छु । किनकी साथीहरुले विश्वास गरेर नै म निर्वाचन आयुक्त हुनसफल भएँ । यो सफलता संगसंगै अनेकौं चुनौती छन् । हामी नेपाली हौं । हाम्रो सोचाइ नेपाली नै छ । तर नेपालमा दलहरु जसरी काम गरिरहेका छन्, त्यसै गरी यहाँ पनि नेपाली चलनले छुनु सोभाविक नै छ । तर विश्वासका आधारमा जसरी साथीहरुले मलाई जिम्मा दिनुभएको छ, उहाहरुको विश्वासलाई कदर गर्दै मेरो भूमिकामा कुनै कमि आउन दिने छैन । यति भनेपछि बुझिहाल्नु हुन्छ ।

साथिहरुले दिएको अधिकार कसरी पुरा गर्नु हुन्छ ?
एनआरएनएको चुनाव मे महिनामा हुन्छ । चुनावको ६० दिन पहिले सूचना निकाल्नु पर्ने मान्यता छ । त्यसैको बारेमा तयारी गर्नुपर्ने हुन्छ । मैले पाएको अधिकार निष्पक्ष चुनावको बातावरण मिलाउनु हो । अहिले हामी त्यहि अनुसार काम गरिरहेका छौं । अनलाई भोटिङ्ग हुने भएकाले भिडभाड हुने कुरा आँउदैन । पदिय मर्यादाका हिसावमा मेरो अधिकार प्रयोग गर्छु ।

निष्पक्ष भूमिका कसरी मिलाउनु हुन्छ त ?
विभिन्न विचारमा आवद्ध नागरिक भएकाले नेपालीहरुले आफ्नो पारा त देखाउछन् नै । तर पनि हामीले समग्र नेपालीको हितमा पदीय मर्यादालाई नाघेर जान सकिदैन । त्यसैले म भयरहित निष्पक्ष काम गर्ने कुरामा ढुक्क छु । चुनाव जसले जिते पनि हारे पनि धोती, टोपी, दाउरा सुरुवाल, चोलीको कदर गर्ने भएकाले त्यस्तै नेपालीले चुनाव जित्छ । जितेकोले नेपालीकै लागि काम गर्ने हो । नेपाली कम्युनिटिको कसरी राम्रो गर्न सकिन्छ भनेर नै कार्य हुन्छ । हाम्रा केटाकेटी कस्ता बनाउने ? नेपाली सस्कार बालबच्चामा कसरी प्रदान गर्ने ? अमेरिकामा त्यो सिकाउन पनि जरुरी छ ।

तपाईको सफल यात्राका विषयमा भन्नु पर्दा ?
खगेन्द्र जिसीद्धारा म एनआरएनएमा आवद्ध भएँ । नेपाली समुदायलाई नेपाली पन दिनका लागि उहाँहरुले महत्वपूर्ण भूमिका खेल्नु भएको छ । सफल यात्राका अगुवा भनेका उहाँहरुनै हुन । साथीहरुको सफल्ता नै मेरो सफल्ता हो भन्न चाहन्छु ।

यति ठूलो जिम्मेवारीमा आउदाका अनुभवबारे भन्नु पर्दा ?
प्राविधिक कमिटिको प्रमुख भएर काम गर्दै थिँए । त्यो बेला समय पुगेन । चुनावका बेला छुटै माहोल भएको हुदा आठ, नौं महिना त्यतिकै वित्छ । स्ट्यान लिएर बस्नु नै ठूलो कुरा हो । नेपाली राजनीति र गुटबन्दीलाइ यसमा छिर्न दिनु हुन्न । सस्था कसरी राम्रो बनाउने ? त्यतातिर ध्यान दिनु पर्छ । राजनैतिक रंग दिनु भन्दा नेपालीहरुको हितमा कसरी काम गर्न सकिन्छ ? भन्ने मै काम गर्नु पर्ने भएकाले एउटा छुटै नियम बनाएर अघि बढ्यौं । नियम बनाएर अघि बढ्दा जुनसुकै पार्टी पक्ष किन नहोस त्यो नियम मै रहने हुनाले सस्थाकै पक्षमा काम हुन्छ । नीति र विधिमा सस्था रहने भएकाले नीति बनाउन सफल भयौं । पेशाको हिसावमा इन्जीनियर मान्छे भएकोले पनि व्यवसायिकता तर्फ नै केन्द्रित भएर काम गरेँ । राजनीति तर्फ खासै इच्छा पनि जागेन । म संगैका मेरा साथीहरु कोही मन्त्री छन् कोही राजनैतिक पार्टीका ठूला पदमा छन् । तर नेपालीको पक्षमा काम गर्न पाँउदा यति नै खुसी छु ।

समाजसेवामा दिन वितिरहदा यसको व्यवस्थापन कसरी गर्नु भएको छ ?
सफ्टवयरमा काम गर्ने भएकोले प्लानिङ्ग अनुसार काम गर्छु । सामाजिक कार्यमा त्यहि अनुसार काम गर्छु । विगत चार वर्ष यता मर्यादालाई ख्याल गरेर नै काम गरिरहेको छु । जो सुकै होस् पदिय मर्यादामा बसेर काम गर्ने हो भने सवै कुरा म्यानेज गर्न मिल्दो रहेछ । यद्यपि कोभिड–१९ ले जताकतै समस्या बनाएको छ । तै पनि व्यवस्थापन गरिरहेको नै छु ।

समग्रमा भन्नु पर्दा समस्या के देख्नु भएको छ ?
पेन्डामिक ग्रुप बनाएर काम गरेका छौं । समस्या त धेरै छन् । जसका कारण काम हुन सकेको छैन । पार्टटाइम काम गर्ने साथिहरु झन् मर्कामा छन् । उनिहरुलाई सहयोग गरेका छौं । समस्यामा परेकालाई भेटेर समस्या समाधानमा लागेका छौं । रिस्क मोलेर भएपनि अघि बढिरहेका छौं ।

अन्तमा के भन्नु हुन्छ ?
सबै साथीहरु हो चुनाव निश्चित हुन्छ । जसले जिते पनि नेपालीको मन जित्न सक्नुस् भन्छु । जसले सबैको मन जित्छ, चुनाव पनि त्यसैले जित्छ भन्न चाहन्छु । अर्को कुरा कोरोना महामारीले विश्वलाई नै सताएको छ । यस्तो बेला बचेर काम गर्नु उत्तम हो । आफु पनि बचौं अरुलाई पनि बचाऔं । अमेरिकामा बसेको भएपनि नेपाल र नेपालीकै पक्षमा सोचिरहेका छौं । सबै दाजुभाई बाँचौं र बचाऔं भन्न चाहन्छु ।

महत्वपूर्ण विचार र समयका लागि यहाँलाई धन्यवाद ।
मेरो विचार सबै देशमा रहेका नेपाली माझ् पु¥याउनु भयो त्यसका लागि कैलाश खबर मिडियालाई धेरै धेरै धन्यवाद । आगामी दिनहरुमा पनि यसरी नै जोडिन पाइयोस तपाई र तपाईको होल टिमलाई विशेष धन्यवाद ।

विश्व बराल, अमेरिका २७ असार २०७७ (निर्वाचन आयुक्त एनआरएनए)

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda