अध्यक्षसहित १९ जनालाई भ्रष्टाचार मुद्दा

अध्यक्षसहित १९ जनालाई भ्रष्टाचार मुद्दा image

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ जना र २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

एमडीएमएस प्रणाली खरिद प्रकरणमा अख्तियारले प्राधिकरणका निर्देशक वरिष्ठ निर्देशक आनन्द राज खनाल, उपनिर्देशक निर्देशक मिनप्रसाद अर्याल, सहायक निर्देशक उपनिर्देशक विनोदचन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, सहायक निर्देशक उपनिर्देशक रेवतीराम पन्थलाई प्रतिवादी बनाएर विशेष मुद्दा दायर गरेको हो ।

सहायक निर्देशक उपनिर्देशक संदिप अधिकारी, सहायक निर्देशक, उपनिर्देशक सूर्य प्रसाद लामिछाने, उपनिर्देशक अच्युता नन्द मिश्र, सहायक निर्देशक विजयकुमार राय यादव, सहायक निर्देशक प्रतिक्षा पौडेल, सहायक निर्देशक निराजन कोइराला पनि अनियमिततामा संलग्न भएको ठहर गरेको छ।

एमडीएमएस प्रणाली खरिद प्रक्रियामा ९१ करोड ९८ लाख ३० हजार ८ सय ८२ रुपैयाँ हानि पुर्‍याइएको अख्तियारको दाबी छ । अख्तियारले प्राधिकरणका अध्यक्षलगायतका कर्मचारीले आफू तथा परामर्शदाता नुमेरा जेभीलाई गैरकानुनी लाभ र नेपाल दूरसञ्चार प्राधिकरण नेपाल सरकारलाई हानिनोक्सानी गरे गराएको हुँदा निजहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को देहाय क, घ, च, ञ बमोजिमको कसुरमा ९१ करोड ९८ लाख ३० हजार ८ सय ८२ रुपैयाँ बिगो माग गरेको छ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • बत्तीसपुतलीमा युवकको हत्या image

    बत्तीसपुतलीमा युवकको हत्या

    काठमाडौं । बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको गएराति हत्या भएको हो । धिमालको बीच बाटोमै हत्या...

  • बेलायत पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ image

    बेलायत पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ

    काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । गोरखा गण्डकी गाउँपालिका–२ बस्ने ३८ वर्षीय वकिलबहादुर...

  • एक तोला सुन निलेको चोरको ३६ घण्टापछि निकालियो image

    एक तोला सुन निलेको चोरको ३६ घण्टापछि निकालियो

    पाँचथर । एक व्यक्तिले एक तोला सुन निलेका छन् । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि...

  • परीक्षा दिएर फर्केकी छात्रामाथि गोली प्रहार image

    परीक्षा दिएर फर्केकी छात्रामाथि गोली प्रहार

    काठमाडौं । कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी झापाकी एक छात्रामाथि आक्रमण भएको छ । १८ वर्षकी एनिका अधिकारीको गोली लागि घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका...


hotelghyampedanda