वेवारिसे नागरिकको सवाल विश्वकै ज्यादै महत्वपूर्ण र चुनौतीपूर्ण

वेवारिसे नागरिकको सवाल विश्वकै ज्यादै महत्वपूर्ण र चुनौतीपूर्ण image
वेवारिसे नागरिक सवाल विश्वकै ज्यादै महत्वपूर्ण तथा चुनौतिपूर्ण सावल बन्न पुगेको छ । विगत केही दशक यता वेवारिस र जेष्ठ नागरिकको जनसंख्यामा क्रमश वृद्धि हुदै आइरहेको छ । विभिन्न राष्ट्र तथा संघ संस्थाहरुले सामाजिक, आर्थिक, राजनीतिक तथा वैज्ञानिक सबै तवरले वेवारिसे र जेष्ठ नागरिकका बारेमा सवाल उठाएको पाइन्छ ।
वेवारिसे र जेष्ठ नागरिकको संख्यामा बृद्धि हुनुमा मुृत्युदर घट्नु तथा औषत आयु बृद्धि हुनु सथै स्वास्थ्य, सुविधा, राम्रो गासबास, कपास, आदि कारण हुन् । वेवारिसे र बृद्ध अवस्था एक प्राकृतिक अवस्था हो । संसारमा कुनै पनि जीवित प्राणी जन्मे पश्चात बृद्ध नभई यौवन नै रहन सक्दैन । बृद्ध अवस्थालाई एक कहाली लाग्दो अवस्था पनि भनिन्छ ।
किनकी यो अवस्थामा पुगेपछि मानिस हरके अंग प्रत्यांगहरु शिथिल हुँदै जाने  र यो अवस्था पार गरेपछि जीवनको अन्त्य अवस्था अर्थात मृत्युको विकल्प छैन् । मानिस ३० बर्षको उमेर पुगेपछि उसको काम गर्ने क्षेमता कमी हुन आउछ र ६० वर्ष भन्दा माथि पुगेपछि अरु थप समस्यासंग गुज्रिन पर्ने हुन्छ ।
यो स्पष्ट छ कि कुनै व्यक्तिको कार्यक्षमता छिटो आउँछ भने कुनै व्यक्तिको ढिलो आउँछ ।  आजको एक्काइसौं शताब्दीमा विश्वमा वेवारिसे र बृद्धहरुको संख्या बढेको छ । यसको कारण बालबच्चा र प्राैढको संख्यामा कमि आएको छ । मृत्युदर घट्नु सामाजिक स्वास्थ्यमा सुधार आउने र संख्यामा कमि आएको देखिएकाे छ ।
नेपालमा खान, लाउँनबाट बञ्चित अवस्था  सुधार गर्न आर्थिक अवस्थाले समाजमा अध्ययेनको कमी छ । ६० बर्ष भन्दा बढी उमेरका मानिसलाई बृद्ध भनिन्छ । गास, बास, कपास नपाएर वेवारिसे बनेका मानिसहरू नै बेवारिसे हुन । जेष्ठ नागरिक ऐन २०६३ अनुसार ६० बर्ष माथिका मानिसहरू जेष्ठ नागरिक भनेर अर्थ्याएकाे छ ।
उमेर र सेवा सम्बनधमा केही भिन्नताहरु रहेका छन् । यसले पनि केही क्षेत्रहरु जेष्ठ नागरिक रहँदा पनि सेवामा अवसर प्राप्त भएकाे देखिन्छ । सेवा निवृत हुने वितिकै जेष्ठ नागरिक हुने अवस्था प्राप्त भएकाे पनि देखिन्छ । केही क्षेत्रमा सेवा निवृत भएको जेष्ठ नागरिक हुने अवस्था सृजना भएको छ ।
सरकारले निजामति सेवामा ५८ बर्षलाई अवकास उमेर मानेको छ भने संयुक्त राष्ट्र संघले ६० बर्ष उमेर अवकास दिने भनेर भनेकाे छ । त्रिभुवन विश्वविद्यालयमा ६३ बर्ष र त्यस्तै जिल्ला तथा पुनरावेदन अदालतका न्यायधिशकाे लागि ६३ र सर्वाेच्चकाे न्यायधिशका लागि ६५ बर्ष उमेर हद राखिएको छ ।
जेष्ठ नागरिक, वेवारिसे नागरिक समाज तथा राष्ट्रका अमूल्य निधि हुन भनेर साेच्न जरूरी छ । जेष्ठ नागरिकका अनुभव,  ज्ञान, सीपबाट परिवार, समाज र राष्ट्रले धेरै फाइदा लिन सक्छ । नागरिकका सम्पूर्ण मौलिक हक अधिकार राज्यले पुरा गर्नु पर्छ । अनि मात्र राष्टले कर्तव्य पुरा गरेकाे ठहरिन्छ ।
हिजोको तुलनामा आज शिक्षा तथा चेतनाको विकासले गर्दा खानपानमा सुधारका साथै स्वास्थ्य सेवाको उपलब्धता हुँदा औषत आयुमा पनि सुधार आएको छ । औषत आयु वृद्धिले घर परिवार तथा समाज र राष्ट्रको समाजिक, आर्थिक साथै मृत्युदर घट्ने क्रम भएपनि जन्मदर उच्च नै रहेको छ ।
उचित रेखदेख नहुँदा वेवारिसे बृद्धाहरु, आमाबुवाहरुले परिवारबाट आवश्यकीय मात्रामा रेखदेख, मायाममता, र स्वास्थ्ये उपचार तथा हेरचाह पाउनुको सट्टा पीडादायी मृत्युको पर्खाइमा बस्न वाध्य छन् । पछिल्लो समय पश्चिमा संस्कृतिको प्रभावले सानो परिवार सुखी परिवार भन्ने नारा अंगिकार गरी बा–आमाबाटा छोरा–छोरी अलग भएर बस्ने प्रचलन बढ्दै गएको छ ।
समस्याको कथन
वर्तमान आधुनिक समाजको सम्पूर्ण गतिविधि प्रत्यक्ष आर्थिक पक्षसँग जोडिएको पाइन्छ । आर्थिक अवस्था कमजोर भएका वृद्धाहरुले प्राप्त गर्नुपर्ने स्याहार, सुसार सम्मान प्राप्त गर्न सकेका छैनन् । यस विषयमा शाेधकर्ता खम्ब प्रसाद जैसीले आश्रममा गएर वेवारिसे र बृद्ध बृद्धाहरुको जिवन शैलीबारे अध्ययन गरेका छन् ।
त्यस्तै शोधकर्ता ईश्वरी तिमिलसेनाले पनि आश्रममा आश्रित बृद्धा बृद्धाको जीवन अध्यन अवलाेकन सम्बन्धी अध्ययन गरेर उनीहरूका कठिनाइबारे जानकारी लिएकी छन् । आश्रममा आश्रीत हुनुपरेको पिडालाई समावेश गरेका छन् । सरकारले दिने वेवारिसे र जेष्ट नागरिक सामाजिक सुरक्षा भत्ताबारे शाेधपत्रमा समावेश गरेकी छन् ।
अध्ययनको उद्देश्य
१. घरबार विहिन,  टुहुरा, असाहय, अपाङ्गसहित मानसिक अवस्था गुमाएकाहरूकाे संरक्षण गर्नु, पुनस्थापना, औषधी उपचार, खानपिन, परिवारका सदस्य पत्ता लगाउने  तथा आश्रय स्थलमा बासस्थान दिइने ।
२. समाजमा व्यस्त, कुसंस्कार, गरिबी, पधौरोपन, अन्धविश्वास, लैङ्गिक हिन्सासम्बन्धी विभिन्न युवा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने ।
३. वेरोजगार युवाहरुका लागि कृषि, पशुपालन जडिबुटी, स्वरोजगार सिपमुलक तालिमकाे लागि समुह निर्माणका साथै जीविकाेपार्जनकाे वातावरण सृजना गर्ने ।
४. बृद्धा तथा वेवारिसे व्यक्तिकाे परिवारलाई एकजुट गराई उनिहरुको आवश्यकता पूर्ती गर्ने । जस्तै खाना, आवास, लुगा, उपचार सेवा, शिक्षा, धार्मिक स्थल घुमाउँने लगायत सेवा सुविधा उपलब्ध गराउने ।
अध्ययनको महत्व
विज्ञान र प्रविधिको विकासले जसरी मानव जीवनमा सहजता ल्याएको छ । त्यसरी नै असम्भवलाई सम्भव बनाई दिएको छ । स्वास्थ्य क्षेत्रमा आएको परिवर्तनले मानिसको औषत आयुमा बृद्धि गराई दिएको छ । विगतको तुलनामा मुत्युदर र प्रजनन् दर क्रमश घट्दै गएको छ ।
पुँजीवाद, औधोगिकरण, सहजीकरण परिचयीकरण र आधुनिकीकरणले मानिसलाई क्रमश व्यक्तिवादी बनाउदै लगेको छ । यस्तो परिवेशमा बृद्धाहरुलाई पारिवारका सदस्य, समुदाय समाज र राष्ट्रले उचित स्थान दिन सकेको छैन । त्यसकारण बृद्धाहरुलाई एक्लाे पन र बोझ भएको अनुभवन भईरहेको छ ।
समाज, सामाजिक संरचना र पारिवारिक संरचनामा आएको परिवर्तनले गर्दा जेष्ठ नागरिकको जिवनमा नकारात्मक असर पु¥याएकाे छ । नेपाल विकास उन्मुख राष्ट्र हो । यहाँको आर्थिक बृद्धिदर सरकारले प्रायाप्त मात्रामा नागरिकहरुको आधारभूत आवश्यकता परिपूर्ति नगरी दिने हाे भने, उचित संरक्षण नगरिदिदा वर्तमान समयमा जेष्ठ नागरिकको आवस्था अत्यन्तै दयानिय बन्दै गएको छ ।
अध्ययनका प्रश्नहरु
अध्ययनको पूरा गर्नका लागि साेधिएका प्रश्नहरू
१. वृद्धाहरुको स्वास्थ्य सम्बन्धी उनिहरुको ज्ञान कस्तो छ ?
२. वेवारिसे बृद्धाहरू आफ्नो स्वास्थ्य प्रति कतिको सचेत छन् ?
३. आफनो स्वास्थ्य प्रवर्द्वनका लागि आफैले के कस्ता व्यवस्थाहरु अवलम्बन गरेका छन् ?
४. सबै परिवारका बृद्धाहरुको स्वास्थ्य हेरचाह परिवारका सदस्यले कसरी गरेका छन ?
५. वेवारिसे बृद्धाहरुको हेरचाहका लागि परिवार कसरी व्यवस्था मिलाएकाे छ ?
६. हेरचाहा प्रति परिवारका सदस्यहरुको दृष्टिकोण कस्तो छ ?
७. वेवारिसे र बृद्धाहरुले के–कस्ता स्वास्थ्य समास्याहरु भोग्नु परेको छ ?
Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda