कालिकोट । सुनथराली विमानस्थल निर्माण थालिएको ३८ वर्ष भए छ । कति हिउद गए, कति वर्षा गए । बल्ल मन्त्री सुदन किरातीको पालामा सञ्चालनमा आएको छ। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विमानस्थलको सोमबार उद्घाटन गरेसंगै संचालनमा आएको हो । नेपाल एयरलाइन्स र तारा एयरको दुइटा वटा जहाज सुनथराली विमानस्थल पुगेका थिए ।
कहिले थालियो निर्माणरु
२०४२ सालमा निर्माण थालिएको यो विमानस्थल निर्माण पूरा हुन ३७ वर्ष लाग्यो । निर्माण सम्पन्न भइसकेपछि पनि उद्घाटनका लागि थप एक वर्ष लाग्यो । पहिलोपटक तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीको पहलमा सुनथरालीमा २०७३ साल माघ २९ गते परीक्षण उडान भएको थियो ।
विमानस्थल कालोपत्रे भइसकेपछि आइतबार तारा एयरको विमानले दोस्रोपटक परीक्षण उडान भर्यो । गत पुस मसान्तमा निर्माण पूरा भएको विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्रीको समय मिलाउँदा मिलाउँदै पटक–पटक पर धकेलिदै आएको थियोे। सोमबार विमानस्थलको औपचारिक उद्घाटनपछि सुर्खेत–कालीकोट नियमित उडान थालिएको छ ।
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका शाहीले अलपत्र अवस्थामा रहेको विमानस्थल आफू पर्यटनमन्त्री हुँदा तीनपटक निर्माण सम्पन्न गराउन पापड बेल्नु परेको बताए ।
सातामा एक उडान
सुनथराली विमानस्थलमा सातामा नियमित एक उडान हुने जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थल उद्घाटनमै सीमित नराखेर नागरिकलाई सहज हवाई सेवा दिन सातामा एक दिन उडान गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपालमा पर्याप्त जहाज छैनन् । साना जहाज नभएकै कारण सबै विमानस्थल नियमित रूपमा सञ्चालन गर्न नसकिएको उनको भनाइ छ । सुनथराली विमानस्थलबाट जहाज चढ्ने सपना बोकेका कालीकोटवासीलाई हवाई सेवा दिन एक दिन नियमित उडान गराउने मन्त्री किरातीले बताए ।
निर्माणका क्रममा चार जना मजदुरकाे ज्यान गुम्याे
विमानस्थल निर्माणका क्रममा चार जना मजदुरले ज्यान समेत गुमाएको यो विमानस्थल हो । निर्माणका क्रममा माटोको ढिस्कोले पुरिएर उनीहरूले ज्यान गएको थियो । सुनथलारीमा नियमित उडान भएसँगै विमानस्थल बनाउँदै गर्दा ज्यान गुमाएकाको आत्माले पनि अब शान्ति पाउने आफन्तले विश्वास गरेका छन् ।
नरहरिनाथ गाउँपालिका–२ का पदम दमाईले विमानस्थल निर्माणका क्रममा २०४९ असार १० गते मृत्यु भएको थियो । यस्तै आउसे दर्जीको ज्यान गएको थियो । उनका परिवारले राहतसमेत नपाएको बताए । ढिस्को पुरिँदा पदम र आउसेसँगै नरहरिनाथ गाउँपालिका–१ पंखबहादुर विष्ट र कल विष्टले पनि ज्यान गुमाएका थिए ।
सुरुवाती विमानस्थल
२०३२ साल अगाडि कालीकोट जुम्लामै मिसिएको थियो। त्यो बेला त्रिब्रिकोटले चिनिन्थ्यो कालीकोट । विकट बस्तीबाट सदरमुकाम सेवासुविधा लिन जुम्ला जानुपथ्र्यो । यसले नागरिकलाई निकै असुविधा भयो । जस कारण तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य धर्मदत्त उपाध्यायले २०३२ मंसिर २६ गते जुम्लाबाट विभाजन गरी कालीकोटलाई छुट्ट्याएर कान्छो जिल्ला बनाए ।
त्यतिबेला कालीकोटका नागरिक नुन लिन भोट वा बर्दियाको राजापुर जानुपर्ने बाध्यता थियो। जुम्लाबाट छुट्टिएर कालीकोट अलग्गै जिल्ला बनेपछि हवाई सुविधाका लागि जिल्लास्तरमा छलफल भयो ।
तीन पटकसम्म राष्ट्रिय पञ्चायतका सदस्य बनेका धर्मदत्त उपाध्यायकै पहलमा विमानस्थल निर्माणको चर्चा सुरु भयो । तर, मूर्तरूप लिन सकेन । २०४२ मा तत्कालीन जिल्ला विकास समितिका सभापति दीपबहादुर शाही, सांसद धर्मदत्त उपाध्याय, जिल्लाका नेता तिलकप्रसाद न्यौपानेसहितको पहलमा जिल्ला विकास समितिबाट एक लाख बजेट विनियोजन गरी कोटबाडाको सुनथरालीमा विमानस्थल निर्माणको थालनी भयो ।
तत्कालीन जिल्ला विकास समितिले नै कोटबाडामा सुनथराली विमानस्थल निर्माण गर्ने निर्णय गरेको थियो। पछि २०४८ मा कालीकोटबाट तिलकप्रसाद न्यौपाने सांसद निर्वाचित भए । उनकै पहलमा तत्कालीन गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले कालीकोट विमानस्थल रातो किताबमा समावेश गरी राष्ट्रिय बजेट विनियोजन गरेको थियो ।
धादिङ जोगिमाराका १७ जनासहित ३७ मजदुर मारिए
२०५२ सालमा माओवादीको सशस्त्रद्वन्द्व सुरु भयो । द्वन्द्वकै बेला विमानस्थल निर्माणमा खटिएका धादिङ जोगिमाराका १७ जनासहित ३७ जना मजदुर मारिएका थिए । त्यसपछि विमानस्थल निर्माणको काम रोकिएको थियो । विमानस्थलका नाममा विनियोजन भएको बजेट पनि हरेक वर्ष काम नभई फ्रिज हुँदै गएको थियो। २०६२,०६३ को जनआन्दोलनपछि विमानस्थल निर्माणको कामले गति लिएपछि अहिलेको अवस्था आएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–हुम्ला सडकखण्ड अवरुद्ध भएको छ । कालीकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार सान्नी त्रिवेणी गाउँपालिका–३...
सुर्खेत । ठुलो तथा मझौला खालका उद्योधन्दा नभएको कर्णालीमा एक वर्षको अवधिमा एक हजार ७ सय ६८ वटा साना उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष ०८०, ०८१ मा...
सूर्खेत । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले गरेका निर्णय सार्वजनिक गरिएका छन् । बैठकले विभिन्न १८ वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए । बैठकले...
मुगु । हिउँ जमेपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका तीनवटा यात्रुबाहक बस सातमोडमा अलपत्र परेका छन् । सडकमा हिउँ र बरफ जमेका...