भर्खरै : Sorry, your browser does not support inline SVG.
श्री मुग्लानी एकता सेवा समाज, भिवंडीको नव वर्ष २०८३ अवसरमा भव्य कार्यक्रम आयोजना हुँदै | अनौपचारिक क्षेत्रका श्रमिकको सास्तीः ज्यालामा असमानता कायमै | काठमाडौँ रात्रिकालीन सार्वजनिक बस सेवा | दुई दिन सार्वजनिक बिदाबीच स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको आग्रह | हर्मुज जलमार्ग नाकाबन्दी घोषणापछि कच्चा तेलको मूल्य उकालो, विश्व अर्थतन्त्रमा असर पर्ने संकेत | कालीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना ६४० मेगावाट क्षमतामा निर्माण हुने | इजरायली प्रधानमन्त्री नेतन्याहूविरुद्ध टर्कीमा मुद्दा, हजारौँ वर्ष जेल सजाय माग | अमेरिका–इरान तनाव बढ्दा विश्व बजारमा कच्चा तेलको मूल्य १०० डलर माथि |

काठमाडौँ, २६ चैत्र । नेपालका पूर्वी तथा मध्य भागमा आज बिहानैदेखि मौसम बदली भई वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा का अनुसार कोशी, मधेश र बागमती प्रदेश लगायत देशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा अहिले साधारणतया बादल लागेको छ।

विशेषगरी कोशी प्रदेश का केही स्थानहरूमा तथा मधेश प्रदेशबागमती प्रदेश का थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। वर्षा गराउने मौसमी प्रणाली अहिले क्रमशः पूर्वी दिशातर्फ सर्ने क्रममा रहेको छ।

महाशाखाका अनुसार चट्याङसहितको वर्षा गराउने बादल विशेषगरी इलाम जिल्ला, पाँचथर जिल्ला, तेह्रथुम जिल्लाताप्लेजुङ जिल्ला लगायतका पूर्वी भू–भागतर्फ अघि बढिरहेको छ। ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन र सतर्क रहन मौसमविद्हरूले सुझाव दिएका छन्।

पहाडी भू–भागमा वर्षासँगै चट्याङको जोखिम रहने भएकाले आवश्यक पूर्वतयारी अपनाउन विभागले अनुरोध गरेको छ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाइएको छ।

काठमाडौँ, १७ चैत्र । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

आज दिउँसो कोशी र मधेस प्रदेशसहित देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। तराई भूभागमा आंशिक बादल रहनेछ। कोशी प्रदेश लगायत देशका केही स्थानमा चट्याङ्ग, असिना सहित मध्यम वर्षा र हिमपातको संभावना रहेको छ।

आज राति कोशी प्रदेशसहित हिमाली भूभागमा साधारणतया बादल रहनेछ। पहाडी भूभागमा आंशिक बादल, तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको संभावना रहेको छ।

काठमाडौँ, ११ फागुन । आज देशका केही प्रदेशमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्य बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही स्थान तथा बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।

तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण मौसम आंशिकदेखि सामान्य बदली भएको मौसमविद्ले बताएका छन्।

आज काठमाडौँ उपत्यकामा आंशिक बदली रहने सम्भावना रहे पनि वर्षा हुने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ। आज राति सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने पूर्वानुमान गरिएको छ।

काठमाडौँ । आज कोशी प्रदेश, गण्डकी प्रदेशकर्णाली प्रदेश का थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखा का अनुसार दिउँसोपछि यी प्रदेशका पहाडी क्षेत्रमा एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसकै कारण मधेश प्रदेशलुम्बिनी प्रदेश सहित देशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहेको छ।

काठमाण्डौ उपत्यका मा भने आज बिहानदेखि घाम लागेको छ। तर दिउँसोपछि उपत्यकामा पनि मेघगर्जन र चट्याङसहित छिटपुट वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

काठमाडौँ, ४ फागुन । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली देखिएको छ ।

यस्तै कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशका हिमाली भूभागमा सामान्य बदली रहने तथा अन्य पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ । आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहने सम्भावना छ । गण्डकी प्रदेशको तराई तथा बागमती र कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने र कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका साथै गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौँ, ३ फागुन ।  देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ भने पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा सामान्य बदली रहनेछ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहने मौसमविद्ले जनाएका छन्। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेको छ।

हिजो काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा हुरीबतास, चट्याङ तथा असिनासहित वर्षा भएको थियो। हावाहुरीका कारण केही स्थानमा घरका छाना उड्नुका साथै रुख ढलेका छन् भने असिनाले तरकारीबालीमा क्षति पुगेको छ।

यो सिजनमा बिहान मौसम सफा भए पनि दिउँसो र बेलुकीपख हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना रहने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

सुनसरी, १० फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा दुई अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार कैदीबन्दी तथा खटनपटनमा रहेका कर्मचारी र सुरक्षाकर्मीलाई मतदानको सुविधा उपलब्ध गराउन अस्थायी केन्द्र तोकिएको हो । कैदीबन्दीका लागि रामधुनी–५ स्थित झुम्का कारागारमा मतदान केन्द्र राखिएको छ । त्यसैगरी सरकारी कर्मचारी , अन्य कर्मचारी तथा सुरक्षाकर्मीका लागि रामधुनी नगरपालिका–१ स्थित कृषि व्यवसायी प्रवर्द्धन केन्द्र झुम्कामा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण पौडेलले जानकारी दिएका छन् ।

निर्वाचन कार्यालयका अनुसार जिल्लामा दुई हजारभन्दा बढी अस्थायी मतदाता रहेका छन् । निर्वाचन खटनपटनपछि अस्थायी मतदाता नामावली स्वीकृत हुने भएकाले मतदाताको सङ्ख्या घटबढ हुन सक्ने जनाइएको छ । अस्थायी मतदाताले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउनेछन् । प्रत्यक्षतर्फका उम्मेदवारलाई मत दिन पाउने सुविधा अस्थायी मतदातालाई नहुने निर्वाचन कार्यालयले स्पष्ट पारेको छ ।

यसैगरी कोशी प्रदेश मा जिल्लागत आधारमा २८ अस्थायी निर्वाचन क्षेत्र तोकिएको छ ।

काठमाण्डौ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भूभागका केही स्थानमा आज दिउँसोसम्म हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।

हाल गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ भने देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा तथा हिमपात भएको छ।

आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने सम्भावना छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

आज राति तराईका थोरै स्थानमा तुँवालो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र अन्य स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।