भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

काठमाण्डौ, १५ जेठ । कम्बोडिया सरकारले भिसा अवधि सकिएर पनि बस्दै आएका ६०२ जना नेपाली नागरिकको जरिवाना शुल्क मिनाहा गरेको छ।

थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले उक्त निर्णय गरेको हो। दूतावासका अनुसार विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र भिसा अवधि सकिएर गैरकानुनी रूपमा बसिरहेका नेपालीहरूको समस्या समाधान गर्न कूटनीतिक पहल गरिएको थियो।

दूतावासले जारी गरेको सूचनामा भनिएको छ कि भिसा अवधि सकिएपछि पनि कम्बोडियामा बसिरहेका नेपालीहरूको विवरण सङ्कलन गरी उनीहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र (वन वे ट्राभल डकुमेन्ट) तयार पारेर सम्बन्धित निकायमा पठाइसकिएको छ।

राहदानी हराएका वा म्याद सकिएका नेपाली नागरिकलाई पनि यस्तो यात्रा कागजात उपलब्ध गराइएको दूतावासले जनाएको छ।दूतावासले सम्बन्धित नेपालीहरूलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ।

साथै, नयाँ कानुनी व्यवस्थाअनुसार समयमै नफर्किए पक्राउ, जरिवाना र कैद सजायसमेत हुन सक्ने चेतावनी कम्बोडिया सरकारले दिएको छ। यस निर्णयपछि अवैध रूपमा बसिरहेका नेपालीहरूलाई कानुनी समस्या कम हुने अपेक्षा गरिएको छ भने सुरक्षित रूपमा स्वदेश फर्काउने प्रक्रिया पनि अघि बढाइएको छ।