भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

काठमाडौं, २३ जेठ । सप्तकोशी नदीमा बेपत्ता भएका गोताखोरहरूमध्ये एक जनाको शव फेला परेको छ। आज बिहानैदेखि दुई डिएसपीको कमाण्डमा खटिएको ३९ जना सुरक्षाकर्मीको टोलीले सप्तरी जिल्लाको कंकालिनी नगरपालिकास्थित जोगनियाबाट हरदेव राजवंशीको शव फेला पारेको सशस्त्र प्रहरीका नायब महानिरीक्षक कालीदास धौवजीले जानकारी दिए।

राजवंशीसहित प्रहरी जवान सुरज साउद हिजो सप्तकोशी नदीमा उद्धार अभ्यासका क्रममा बेपत्ता भएका थिए। विपद्‌का समयमा नदीमा फसेका व्यक्तिहरूको उद्धार कसरी गर्ने भन्ने तालिमको अभ्यास गर्दै गर्दा उनीहरू नदीमा हराएका हुन्।

बेपत्ता सुरज साउदको खोजी कार्य अहिले पनि तीव्र रूपमा जारी छ। खोजीमा सप्तरी र चितवनको कुरिनटारबाट आएको गोताखोर टोलीसमेतसहित ३९ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। दुवै जना प्रहरी जवानले २०८० र ८१ सालमा गोताखोर तालिम लिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।