भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अतिरिक्त भन्सार महसुल लाग्ने देश र क्षेत्रहरूको सूची जारी गरेका छन्। यो सूचीमा अन्टार्टिकाको दुर्गम स्थानमा अवस्थित दुई साना टापु पनि समावेश छन् ।

अष्ट्रेलियाको दक्षिण-पश्चिममा करिब ४ हजार किलोमिटर टाढा रहेका हर्ड र म्याक्डोनल्ड्ज टापु मुख्य रूपमा पेन्गुइन र सिलको बासस्थानका रूपमा चिनिन्छन्। यी टापुमा पुग्न पर्थबाट डुंगामा सात दिनको यात्रा गर्नुपर्छ। विगत एक दशकमा त्यहाँ एक जना मानिस गएको रेकर्ड छैन ।

अष्ट्रेलियाका व्यापार मन्त्री डन फार्रेलले अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) सँग कुरा गर्दै यी टापुमा ट्रम्पको भन्सार महसुल त्रुटिवश लागेको हुन सक्ने बताएका छन् । उनले भनेका छन्, “ती बिचरा पेन्गुइनहरूले ट्रम्पलाई के गरे, मलाई थाहा छैन। तर इमान्दार भएर भन्नुपर्दा, यो हतारमा लिइएको निर्णयको संकेत जस्तो लाग्छ।”

ट्रम्पले बुधबार अमेरिकी उत्पादनमा अतिरिक्त भन्सार लगाउने देशहरूमाथि जवाफी कदमस्वरूप यो महसुल नीति घोषणा गरेका हुन्। यसै क्रममा उनले अष्ट्रेलियाको स्वामित्वमा रहेका नर्वेजियन द्वीपसमूह स्वाल्बार्ड, फकल्याण्ड टापुहरू र ब्रिटिश हिन्द महासागर क्षेत्रजस्ता साना र सीमित भूभागहरूमाथि पनि महसुल लगाएका छन्।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजले बिहीबार भने, “यो निर्णयले पृथ्वीको कुनै पनि ठाउँ यो नीतिबाट सुरक्षित छैन भन्ने देखाउँछ।” हर्ड र म्याक्डोनल्ड्ज टापुमा १० प्रतिशत अतिरिक्त भन्सार महसुल लाग्ने भएको छ।