भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली नेताहरूबीच हिजो भर्चुअल बैठक सम्पन्न भएको छ। बैठकपछि युरोपेली पक्षले भोलि हुने रुस–युक्रेन शिखर वार्ताप्रति सकारात्मक आशा व्यक्त गरेका छन्।

बीबीसीका अनुसार ट्रम्पले भूभागसम्बन्धी कुनै पनि निर्णयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अनिवार्य सहभागिता र सुरक्षा सुनिश्चितता सम्झौतामा समावेश हुनुपर्ने कुरामा सहमति जनाए।

बैठकमा ट्रम्प र उपराष्ट्रपति जे.डी. भान्सले बेलायत, फ्रान्स, जर्मनी, इटाली, फिनल्याण्ड, पोल्याण्डका नेताहरू, युरोपेली आयोग प्रमुख उर्सुला भन डेर लायन र नाटो प्रमुख माक रुटसँग छलफल गरेका थिए। ट्रम्पले रुसले युद्ध रोकेन भने ‘अत्यन्त गम्भीर’ परिणाम भोग्नुपर्ने चेतावनी पनि दिए।

युरोपेली नेताहरूले अन्तिम निर्णयमा युक्रेनको सहभागिता अपरिहार्य भएको दोहोर्‍याए। तर रुसको अडान पुरानै छ—पुटिनले युद्धविरामका लागि युक्रेनले डोनेट्स्क, लुहान्स्क, खेरसोन र जापोरिज्झिया क्षेत्र छोड्नुपर्ने र नाटो सदस्यता प्रयास त्याग्नुपर्ने माग राखेका छन्।

युक्रेन र युरोपेली साझेदारहरूले यी माग अस्वीकार गर्दै सुरक्षा सुनिश्चितता आवश्यक भएको जनाएका छन्। राष्ट्रपति जेलेन्स्कीले रुसलाई दिइएको कुनै पनि भूभाग भविष्यमा पुनः आक्रमणको आधार बन्ने चेतावनी दिएका छन्।