भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

मुख्य बुँदा

पक्राउ परेका व्यक्ति: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँका नेता ।

आरोप: मदिरा सेवन गरी धारिलो हतियार (खुँडा) देखाएर स्थानीयलाई आतंकित बनाएको।

घटना स्थल: भानु नगरपालिका–१३, तनहुँ।

पीडित: बलराम अधिकारी (वडा–१२) र अशोक अधिकारी (वडा–१३) — दुबैलाई घरमै पुगेर धम्की।

दमौली, ७ साउन । मदिराको नशामा लठ्ठ एक राजनीतिक पात्र, त्यो पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तनहुँ नेता प्रकाश लौडारी, धारिलो हतियार खुँडा देखाउँदै स्थानीयवासीमाथि आतंक मच्चाउँदा प्रहरीको हिरासतमा परेका छन्।

भानु नगरपालिका–१३ चन्द्रावतीका स्थायी बासिन्दा लौडारीले भानु नगरपालिका–१२ निवासी बलराम अधिकारी र वडा नम्बर १३ कै अशोक अधिकारीको घरमै पुगेर खुँडा देखाउँदै “मारिदिन्छु” भन्दै रौद्र रूप देखाएका थिए। मदिराको मातमा उनी नग्न शरीरमा सडकमा उत्रिएर होहल्ला गरेका थिए।

स्थानीयबासी ढोका लगाएर घरभित्र छिरेर ज्यान जोगाएका थिए भने लौडारीले खुँडाले घरमा झटारो समेत हानेका थिए। घटनापछि त्रसित स्थानीयले प्रहरीमा खबर गरेपछि लौडारी त्यहाँबाट भागेका थिए।उनी रवि लामिछानेको पक्राउविरुद्ध हस्ताक्षर संकलनको

अभियानमा सहभागी हुन आफ्नो जन्मगाउँ तनहुँ आएका थिए। हाल काठमाडौंमा बस्दै आएका लौडारी घटनापछि भानु नगरपालिका–२ नारेश्वाटारस्थित इलाका प्रहरी कार्यालयको नियन्त्रणमा आएका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार सार्वजनिक स्थानमा हुलदंगा मच्चाएको, धारिलो हतियार देखाएर जनतालाई त्रास दिएको र सामाजिक शान्ति भंग गरेको आरोपमा लौडारीलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ भने उनलाई आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाइएको छ।