भर्खरै : Sorry, your browser does not support inline SVG.

काठमाडौं, ३० बैशाख । सीटीईभीटीले अबदेखि प्रवेश परीक्षा नलिई एसईईमा प्राप्त जीपीए अङ्ककै आधारमा विद्यार्थी भर्ना गर्ने भएको छ।

परीक्षा नियन्त्रक उमेश मिश्रका अनुसार नयाँ निर्देशिकाअनुसार सरकारी विद्यालयका विद्यार्थीलाई एक र निजीका लागि ०.८५ अतिरिक्त अङ्कभार दिइनेछ।

अब प्रि-डिप्लोमा, डिप्लोमा तथा प्रमाणपत्र तहमा अनलाइनमार्फत भर्ना फारम भर्न सकिनेछ। छात्रवृत्तिसहित २५ हजारभन्दा बढी विद्यार्थी देशभरका ४ सयभन्दा बढी कलेजमा भर्ना हुने अनुमान गरिएको छ।