१६ बैशाख २०७७ काठमाडाैं । अप्रिल २९ मा छुद्रग्रह पृथ्वीमा ठोक्किने विभिन्न प्रकारका अफवाह फैलिरहेको छ । झुठो हल्लाको पछि नलाग्न वैज्ञानिकले अनुरोध गरेका छन् ।
अप्रिल २९ मा एउटा छुद्रग्रह पृथ्वीभन्दा ४ मिलियन माइल परबाट जान लागेको अहिले पृथ्वीमा ठोक्किने कुनै सम्भावना नभएको खगोलविदले प्रष्टयाएका छन् । अन्तरीक्षबारे चासो राख्नेहरुका लागि यो परिघटना रोचक छ किनकी यो छुद्रग्रह बुर्ज खलिफा भवनभन्दा पाँचगुणा ठूलो छ ।
यो पृथ्वीमा ठोक्किएमा ठूलो विनाश हुनसक्ने छ तर ठोक्किने सम्भावना नरहेको खगोलविदले बताएका छन् । जब पृथ्वीको नजिकमा कुनै बस्तुहरु देखिन्छन्, तब नासाले त्यो कतातिर गइरहेको छ ? कहिलेसम्म रहन्छ भन्ने विषयमा अध्ययन र अवलोकन गरिरहेको हुन्छ भन्दै नासाले छुद्रग्रह पृथ्वीको नजिक भएर जाँदा हुनसक्ने खतराबारे नजिकबाट अवलोकन गरिरहेको जनाएको छ ।
सन् १९९८ मा पत्ता लागेको छुद्रग्रह अप्रिल २९ मा पृथ्वीको ४ मिलियन माइल नजिक भएर जाने देखिएको छ । त्यसैले यो ग्रह अचानक प्रकट नभएको भन्दै नासाले यसको दुईदशकदेखि अवलोकन गरिरहेको जनाएको छ । नासाले २० हजार माइल प्रतिघण्टाको गतिले पृथ्वीको नजिक भएर जाँने बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...
भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...
म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...