भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

कर्णालीका ११ जनासहित नेपालमा काेराेना संक्रमित संख्या ६८२ पुग्यो (भिडियो सहित)

कर्णालीका ११ जनासहित नेपालमा काेराेना संक्रमित संख्या ६८२ पुग्यो (भिडियो सहित)

१२ जेठ २०७७ काठमाडौं । कर्णाली प्रदेशमा ११ जना कोरोना संक्रमित पुगेसंगै नेपालमा ६८२ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार दोस्रो पटक सातजना संक्रमित थपिएका छन् ।

प्रवक्ता डा.विकास देवकोटाका अनुसार सेती अञ्‍चल अस्पताल कैलालीमा गरिएको परीक्षणमा अछामको मेल्लेखमा ३२ वर्षीय युवकमा कोरोना पुष्टि भएको छ । अहिले अछाम अस्पतालमा उपचार भइरहेको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाको गुलरियाका तीनजनामा कोरोना पुष्टि भएको छ ।

भिडियो हेर्नुहोस्…

https://www.facebook.com/Kailashkhabarnews/videos/693617844785305/

गुलरिया १० बर्दियाका २२ र २४ वर्षीय तथा गुलरिया २ का १८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । त्यसैगरी चितवनस्थित नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा २ जनामा संक्रमण देखिएको छ ।

जिराभवानी गाउँपालिका पर्साका १८ वर्षीय पुरुष र काठमाडौं घर भइ बाराको कलैयामा काम गर्दै आएका २६ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । नेशनल मेडिकल कलेज वीरगञ्‍जमा जेठ ४ गते ज्यान गुमाएका बाराका ७० वर्षीय वृद्धमा कोरोना पुष्टि भएको छ ।

नेपालमा अहिलेसम्म गरि ४ जनाको मृत्यु भएको छ भने ११२ जना निको भएर घर फर्किएका छन् । देशभरी ५१ हजार ६ सय ४२ जनाको परिक्षण गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.