भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कर्णालीका ११ जनासहित नेपालमा काेराेना संक्रमित संख्या ६८२ पुग्यो (भिडियो सहित)

कर्णालीका ११ जनासहित नेपालमा काेराेना संक्रमित संख्या ६८२ पुग्यो (भिडियो सहित)

१२ जेठ २०७७ काठमाडौं । कर्णाली प्रदेशमा ११ जना कोरोना संक्रमित पुगेसंगै नेपालमा ६८२ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार दोस्रो पटक सातजना संक्रमित थपिएका छन् ।

प्रवक्ता डा.विकास देवकोटाका अनुसार सेती अञ्‍चल अस्पताल कैलालीमा गरिएको परीक्षणमा अछामको मेल्लेखमा ३२ वर्षीय युवकमा कोरोना पुष्टि भएको छ । अहिले अछाम अस्पतालमा उपचार भइरहेको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाको गुलरियाका तीनजनामा कोरोना पुष्टि भएको छ ।

भिडियो हेर्नुहोस्…

https://www.facebook.com/Kailashkhabarnews/videos/693617844785305/

गुलरिया १० बर्दियाका २२ र २४ वर्षीय तथा गुलरिया २ का १८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । त्यसैगरी चितवनस्थित नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा २ जनामा संक्रमण देखिएको छ ।

जिराभवानी गाउँपालिका पर्साका १८ वर्षीय पुरुष र काठमाडौं घर भइ बाराको कलैयामा काम गर्दै आएका २६ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । नेशनल मेडिकल कलेज वीरगञ्‍जमा जेठ ४ गते ज्यान गुमाएका बाराका ७० वर्षीय वृद्धमा कोरोना पुष्टि भएको छ ।

नेपालमा अहिलेसम्म गरि ४ जनाको मृत्यु भएको छ भने ११२ जना निको भएर घर फर्किएका छन् । देशभरी ५१ हजार ६ सय ४२ जनाको परिक्षण गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.