भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

कामदारबाट बढि रमक लिने रसुवा ओभरसिजमा विभागको छापा, सञ्चालक रंगेहात समातिए

कामदारबाट बढि रमक लिने रसुवा ओभरसिजमा विभागको छापा, सञ्चालक रंगेहात समातिए

रोजगारका निम्ति विदेश जाने कामदारबाट बढी रकम लिने मेनपावर कम्पनीमा बैदेशिक रोजगार विभागले छापा मारेको छ ।
आइतवार काठमाडौं एयरपोर्टस्थित रसुवा ओभरसिजमा(इ.प.नं ११३०) छापामारी दुई जना कामदारसंग रु एक लाख पच्चासी हजार बुझिसकेको अवस्थामा विभागको टोलिले रङ्गेहात नगद रकम वरामद गरेको हो । फ्रि भिषा फ्रि टिकटको नाममा रसुवा ओभरसिजले प्रति व्यतिm रु एक लाख पच्चीस हजारका दरले ८ जनासंग माग गरेको थियो ।
सरकारले फ्रि भिषा फ्रि टिकट लागू गरेको युएईमा वैदेशिक रोजगारमा जाने कामदारसंग प्रति व्यतिm रु एक लाख पच्चीस हजार माग गरिरहेको भन्ने उजुरी एवम सूचनाको आधारमा विभागको टोलीले युएईस्थित दुवईको Tamayaz employment services मा विल्डिङ लेवरको पदमा मासिक ८०० दिराम तलव पाउने कामको लागि आफूहरुसंग प्रति व्यतिm रु एक लाख पच्चीस हजार माग गरिरहेको सुरेन्द« राना मगर ,वालकृष्ण गरंजा मगर, समिर गरंजा मगर,सन्त वहादुर गरंजा मगर र योग वहादुर गरुम्छानले विभागमा तोकिएको सेवा शुल्कमा विदेश जान पाउँ भन्दै उजुरी दर्ता गराएका थिए ।

 

गुनासो प्राप्त भएपछि विभागले कामदारहरुले म्यानपावर कमपनीलाई बुझाउने रकमको फोटोकपी गरि रकम वुझाउन टोली खटाएको थियो । विभागले खटाएको टोली तत्काल रमाना भएको थियो । विभागको टोली म्यानपावर कम्पनीको कार्यलयमा पुग्दा रकम लिनको लागि मतियारको रुपमा खटाएका जित वहादुर वंमजनले योग वहादुर गरुम्छानवाट रु ७०,०००। र सन्त वहादुर गरंजा मगरवाट रु एक लाख दस हजार वुझिसकेको र बाँकी तीन जनासंग रकम बुझ्ने तरखरमा रहेको वेला टोलिले छापा मारी नगद रकम सहित रङ्गेहात फेलापारेको विभागले जाएको छ
अन्य तीन जनासंग पहिले नै जितवहादुर वंमजनले नगद रु पैतीस हजार वुझिसकेको र बाँकी रकम वुझाउन आइतवार म्यानपावर कार्यलय वोलाएका थिए । रकम लिनको लागि जित वहादुर वंमजनलाई खटाएको संचालक सुवर्ण लामाले स्वीकार गरेका छन । पाँच जना मध्ये चार जनाको श्रम स्वीकृती निकालि सकेको अवस्थामा म्यानपावरले आफूले भनेजतिको रकम नदिएका कारण उनीहरुलाई हवाइटिकट उपलव्ध नगराएको विभिागको टोलिले फेला पारेको छ ।
विभागको टोलीले रसुवा ओभरसिजलाई पाँचै जना कामदारलाई नेपाल सरकारले तोकेको सेवा शुल्कमा वैदेशिक रोजगारमा पठाउने र लिएको वढी रकम कामदारलाई फिर्ता दिने कागज समेत गराएको छ । पाँचै जनालाई बुधवारको टिकट म्यानपावरले उपलव्ध गराएको छ ।
थप अनुसन्धानको रकम बुझ्न जितमान र म्यानपावर संचालकलाई समेत मंगलवार विभाग उपस्थित हुन विभागले पत्र समेत काटेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.