काेराेनालाइ अन्य चरणमा प्रवेश गर्न नदिऔं

काेराेनालाइ अन्य चरणमा प्रवेश गर्न नदिऔं image

काठमाण्डौ । नेपालमा अहिले कोरोना भाइरस सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । विदेशीक रोजगारीबाट फर्किएका अर्थात विदेशबाट आएको कोरोना सङ्क्रमित व्यक्ति जो सुदूरपश्चिम प्रदेशको धनगढीमा उनको आफ्नै परिवारको सदस्यमा सरेपछि सरकारले नेपालमा कोरोना सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गरेको भनेको हो ।

सरुवा रोगका चार चरण मध्य दास्रो चरणबाट तेस्रो र चौथो चरणमा प्रवेश गर्न नदिन नेपाल सरकारले थालेको अभियान र नागरिकले पूर्ण साथ दिएर अघि बढेको अवस्था छ । सङ्क्रमणको दोस्रो चरणमा बाट तेस्रो चरणमा पुग्नै नदिन उच्च सर्तक रहन जरुरी छ ।

यी पनि जानी राखौं ।

पहिलो चरण
सरुवा रोग : सङ्क्रमणको पहिलो चरण अर्थात यो चरणमा सङ्क्रमित व्यक्तिले सङ्क्रमण विदेशबाट लिएर आउँछ । विदेशबाट सङ्क्रमण आयातित भएको अवस्थालाई पहिलो चरण भनिन्छ । विशेषगरी पहिलेदेखि सङ्क्रमणको चपेटामा रहेको देशबाट सङ्क्रमित व्यक्ति सङ्क्रमण लिएर आउँछ ।

दोस्रो चरण

यो चरणलाई स्थानीय सङ्क्रमणको चरण भनिन्छ । विदेशबाट सरुवा रोगको सङ्क्रमण लिएर आएको व्यक्तिले जब अर्को व्यक्तिमा रोग सार्छ त्यसबेलादेखि नै दोस्रो चरण सुरु भएको मानिन्छ । विदेशबाट आएका व्यक्तिले खासगरी आफ्नै आफन्त र साथीलाई रोगको सङ्क्रमण सार्दछ । नेपाल कोरोना भाइरस सङ्क्रमणको यहि चरणमा प्रवेश गरेको अवस्था छ । यो चरणमा सङ्क्रमित व्यक्तिहरुलाई पत्ता लगाउन र क्वारेण्टीनमा राख्न सजिलो हुन्छ । सुदुरपश्चिमको अहिलेको केस पनि यहि भएको छ ।

तेस्रो चरण

विदेशबाट आएका संक्रमित व्यक्तिले आफन्त र साथीसंगी हुदै परिवारका अन्य सदस्यमा संक्रमण सार्छ र जब अन्य व्यक्तिमा सङ्क्रमण फैलदै फैलदै ठूलो क्षेत्रमा फैलिन्छ, यहि अवस्थालाई तेस्रो चरण भनिन्छ । यो अवस्थालाई सामुदायिक सङ्क्रमणको चरण भनिन्छ । यो चरणमा सङ्क्रमण फैलिएपछि यसको स्रोत पत्ता लगाउन निकै गाह्रो हुन्छ । कुन व्यक्तिबाट कुन व्यक्तिमा सङ्क्रमण सल्कियो भन्ने पत्ता लगाउन कठीन हुन्छ । यो चरणमा ठूलो जमातमा सङ्क्रमण देखिन्छ । यो चरणमा सरुवा रोग प्रवेश गरेपछि नियन्त्रण गर्न कठिन हुन थाल्छ ।

चौथो चरण
सरुवा रोगको सबभन्दा खराब र अन्तिम चरण भनेकै यहि चरण हो । यो चरणमा पुगेपछि सरुवा रोगले महामारीको रुप लिन्छ । यो चरणमा सरुवा रोगलाई व्यवहारिक रुपमा नियन्त्रण गर्न अत्यन्तै गाह्रो हुन्छ । यो चरणमा रोगको सङ्क्रमण धेरै समूहमा देशैभरि फैलिएको हुन्छ । नियन्त्रण गर्न कठिन हुने भएकोले यस चरणलाई खराब चरण भनिएको हो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda