भक्तपुर । आगामी चैत ४ गतेदेखि ८ गतेसम्म भक्तपुरमा आयोजना हुने भनिएको भक्तपुर महोत्सव स्थगित भएको छ । विश्वमा फैलिरहेको कोरोना भाइरसले नेपालमा पनि असर गर्न सक्ने र यसबाट नागरिकलाई सजकता अपनाउन भन्दै महोत्सव स्थगित गर्नु परेको नगरपालिकाले जनाएको छ ।
तत्कालका लागि महोत्सव स्थगित गर्ने निर्णय गरिएको जानकारी दिदै नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सबैलाई कोरोनाको संक्रमबाट बच्न सर्तक रहन आग्रह गरेका छन्। नगरपालिकाले महोत्सवलाई भव्यरुपमा सफल पार्न, होटल व्यवसायी, सांस्कृतिककर्मी, सरोकारवालालगायतका पक्षहरुसँग छलफल गरि महोत्सब सफल पार्ने तयारीको कामलाई तीव्र पारेको थियो ।
हस्तकलाको जीवन्त प्रदर्शनी, दही उत्सव, व्यापार मेला, नौका विहार, शैक्षिक प्रदर्शनी, सांस्कृतिक नाँचगान, परम्परागत वाद्यवादन प्रतियोगितालगायतका कार्यक्रमको तयरी गरिरहेको थियो ।
पर्यटकीय क्षेत्रमा स्तरीय शौचालय, हरियाली प्रवद्र्धन, सांस्कृतिक प्रदर्शनी केन्द्र स्थापना सांस्कृतिक सङ्ग्रहालयको समेत व्यवस्था तथा रात्रिकालीन पदयात्रा सञ्चालन कामलाई अगाडि बढाउनुको साथै स्थानीय युवालाई चिनियाँ, जापानी, अङ्ग्रेजी, फ्रान्सेली, स्पेनिस भाषालगायत विदेशी भाषाहरूको तालीम सञ्चालन गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी भन्दा बढी आलु उत्पादन गरेका छन् । आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी...
कञ्चनपुर, २९ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउपडी गोठमा सुतिरहेकी एक महिलाको सर्पदंशबाट ज्यान गएको छ। २८ वर्षीया कमला दमाईलाई गएराति करिब ८ बजेको समयमा करेत जातको विषालु...
काठमाडौँ, २९ असार । विभिन्न भागमा आज हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाण्डौ उपत्यकासहित देशका केही स्थानमा बिहानैदेखि घाम लागे पनि...
कपिलवस्तु, २९ असार । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन्। दुर्घटनामा परेकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला ट्राफिक...