भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

कोभिड–१९ को संक्रमण रोक्न भक्तपुर नगरमा यस्ताे छ व्यवस्था (भिडियाे कुराकानी)

कोभिड–१९ को संक्रमण रोक्न भक्तपुर नगरमा यस्ताे छ व्यवस्था (भिडियाे कुराकानी)

११ बैशाख २०७७ भक्तपुर । कोभिड–१९ को संक्रमण रोक्न देश लकडाउनको अवस्थामा रहेका बेला भक्तपुर नगरपालिकाले जनचेतनाका काम अगाडि बढाईरहेको छ । किसानको बाहुल्यता रहेको भक्तपुरमा नगरका वडाहरुले कोरोनाको नियन्त्रण गर्न सरसफाई, किटनाशक औषधि छर्किने काम देखि स्वयम सेवक परिचालन गरी जनचेतना, राहतका कार्य गरिरहेको भनपा वडा न. २ का अध्यक्ष हरि प्रसाद बासुकलाले बताएका छन् ।

भक्तपुरमा कोठाभाडामा बस्ने नागरिकलाई राहतको वितरण गरेको बताए । २०३ जनालाई राहत वितरण गरेकोमा २० प्रतिशत भक्तपुरका स्थानीय र ८० प्रतिशत बाहिरबाट कोठा भाडामा बस्नेलाई विशेष प्राथमिक्ताकासाथ वितरण गरेको अध्यक्ष बासुकलाले बताए ।

नेमकिपाले देश र जनताको निम्ति काम गर्न भनेकाले विभेदरहित तरिकामा राहत वितरण गरेको दावी गर्दै भिडभाड नहुन जनतालाई सजक गराएको बताए । अत्यावश्यक सामान किन्न विहान ५ देखि ८ र वेलुका निश्चित समयका लागि अनुमति पत्रको व्यवस्था गरिएको बताए ।

आलुउखेल्ने समय भएकाले प्रहरीसंगको समन्वयमा किसानलाई सहजता प्रदान गरेको बताए । विशेषगरी स्वास्थ्य क्षेत्रमा ध्यान दिएको भन्दै उनले नागरिकलाइ सहज सेवाका निम्ति प्रहरीसंगको समन्वयमा अस्पताल सम्म जाने व्यवस्था मिलाएको बताए । शिक्षाको क्षेत्रमा नगरभित्र एसइइलाई केन्द्रमा राखेर टेलिभिजन शिक्षा लागु गरिएको जानकारी दिए ।

बाँकी यो भिडियो हेर्नुहोस्

 


Thali Mobile Pvt.Ltd.