कोभिड–१९ को संक्रमण रोक्न भक्तपुर नगरमा यस्ताे छ व्यवस्था (भिडियाे कुराकानी)

कोभिड–१९ को संक्रमण रोक्न भक्तपुर नगरमा यस्ताे छ व्यवस्था (भिडियाे कुराकानी) image

११ बैशाख २०७७ भक्तपुर । कोभिड–१९ को संक्रमण रोक्न देश लकडाउनको अवस्थामा रहेका बेला भक्तपुर नगरपालिकाले जनचेतनाका काम अगाडि बढाईरहेको छ । किसानको बाहुल्यता रहेको भक्तपुरमा नगरका वडाहरुले कोरोनाको नियन्त्रण गर्न सरसफाई, किटनाशक औषधि छर्किने काम देखि स्वयम सेवक परिचालन गरी जनचेतना, राहतका कार्य गरिरहेको भनपा वडा न. २ का अध्यक्ष हरि प्रसाद बासुकलाले बताएका छन् ।

भक्तपुरमा कोठाभाडामा बस्ने नागरिकलाई राहतको वितरण गरेको बताए । २०३ जनालाई राहत वितरण गरेकोमा २० प्रतिशत भक्तपुरका स्थानीय र ८० प्रतिशत बाहिरबाट कोठा भाडामा बस्नेलाई विशेष प्राथमिक्ताकासाथ वितरण गरेको अध्यक्ष बासुकलाले बताए ।

नेमकिपाले देश र जनताको निम्ति काम गर्न भनेकाले विभेदरहित तरिकामा राहत वितरण गरेको दावी गर्दै भिडभाड नहुन जनतालाई सजक गराएको बताए । अत्यावश्यक सामान किन्न विहान ५ देखि ८ र वेलुका निश्चित समयका लागि अनुमति पत्रको व्यवस्था गरिएको बताए ।

आलुउखेल्ने समय भएकाले प्रहरीसंगको समन्वयमा किसानलाई सहजता प्रदान गरेको बताए । विशेषगरी स्वास्थ्य क्षेत्रमा ध्यान दिएको भन्दै उनले नागरिकलाइ सहज सेवाका निम्ति प्रहरीसंगको समन्वयमा अस्पताल सम्म जाने व्यवस्था मिलाएको बताए । शिक्षाको क्षेत्रमा नगरभित्र एसइइलाई केन्द्रमा राखेर टेलिभिजन शिक्षा लागु गरिएको जानकारी दिए ।

बाँकी यो भिडियो हेर्नुहोस्

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो image

    हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो

    झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...

  • मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै image

    मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

    मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...

  • किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने image

    किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने

    भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...

  • ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए image

    ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

    म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.