९ बैशाख २०७७ काठमाडाैं । विश्वका २ सय १० देशमा काेराेना फैलिँदा २४ लाख ८१ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ५१ हजार ५ सय ४२ जना निको भएका छन् । १६ लाख ६२ हजारभन्दा धेरैको उपचार चलिरहेको छ भने ५६ हजार ७ सय २० जना गम्भीर अवस्थामा रहेका छन् । संसारमा १ लाख ७० हजार ४५५ भन्दा धेरैको ज्यान गएको छ । यूरोपमा मात्र ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ ।
स्पेनमा मात्रै २ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने साढे २० हजार भन्दा धेरैको ज्यान गएको छ । इटालीमा २४ हजारभन्दा धेरैको ज्यान गएको छ भने १ लाख ८१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यसैगरी फ्रान्समा पनि २० हजारभन्दा धेरैको ज्यान गएको छ ।
यूरोपपछि उत्तर अमेरिका प्रभावित छ । त्यहाँ ८ लाख ५० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा संयुक्त राज्य अमेरिकामा सबैभन्दा धेरै ७ लाख ९१ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ, ४२ हजारभन्दा धेरैको ज्यान गएको छ । त्यहाँ गएको २४ घण्टामा १९ सय भन्दा धेरैको ज्यान गएको छ । जार ५ सय भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम दिएका छन् । बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी संयुक्त जनआन्दोलन समितिले उक्त अल्टिमेटम दिएको हो । राजसंस्था पुनःस्थापनाका...
गोरखा । पथप्रदर्शकको मृत्यु भएको छ। उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पर्यटकलाई पथप्रदर्शन गर्न आएका उनको मृत्यु भएको हो । विकट मानिने धार्चे गाउँपालिका–३ खोर्लाबेँसीस्थित खोला किनारमा हिँड्ने क्रममा सार्की...
काठमाण्डौ । चार दिनदेखि आन्दोलनरत दोलखा जिल्लावासी, करार कर्मचारीहरूसँग सहमति भएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले कम्पनीमा कार्यरत सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने भएपछि सहमति भएको हो...
भक्तपुर । नयाँ वर्ष २०८२ र भक्तपुरको प्रसिद्ध विस्काः जात्राको अवसरमा औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको आयोजनामा नवौं भक्तपुर औद्योगिक, साँस्कृतिक पर्यटन, कृषि तथा व्यापार महोत्सव...