भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

क्वारेन्टाइनका सामग्री बाेकेको मिनिट्रक दुर्घटना

क्वारेन्टाइनका सामग्री बाेकेको मिनिट्रक दुर्घटना

गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन भारत लगाएत तेस्रो मुलुकबाट आएका व्यक्तिहरुलाई राख्न क्वारेन्टाइन निर्माण गर्न आवश्यक सामग्री खरिद गरि लैजान लागेको थियो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट सामग्री लिएर दैलेखको ठाटीकाँध गाउँपालिका तर्फ गईरहेको भे १ ख २७३० नम्बरको मिनिट्रक दुर्घटनामा परेको हो ।

ट्रक दुल्लु नगरपालिका वडा नम्बर ३ सियालामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
दुर्घटनामा परी चालक सहित चार जना घाइते भएका छन् । चालक ठाटीकाँध गाउँपालिका–१ का २३ बर्षीया सागर शाही, दुल्लु नगरपालिका–२ का २२ बर्षीया लक्ष्मी थापा, सोहि ठाउँकी १७ बर्षीया रमिला थापा र सिंजा गाउँपालिका–६ जुम्लाका १८ बर्षीया कर्णबहादुर बुढा रहेको प्रहरीले जनाएको छ ।

घाइते चारै जनालाई उपचारका लागि सुर्खेत पठाईएको प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर ओलीले जानकारी दिए । Dullu khabar

 


Thali Mobile Pvt.Ltd.