गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन भारत लगाएत तेस्रो मुलुकबाट आएका व्यक्तिहरुलाई राख्न क्वारेन्टाइन निर्माण गर्न आवश्यक सामग्री खरिद गरि लैजान लागेको थियो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट सामग्री लिएर दैलेखको ठाटीकाँध गाउँपालिका तर्फ गईरहेको भे १ ख २७३० नम्बरको मिनिट्रक दुर्घटनामा परेको हो ।
ट्रक दुल्लु नगरपालिका वडा नम्बर ३ सियालामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
दुर्घटनामा परी चालक सहित चार जना घाइते भएका छन् । चालक ठाटीकाँध गाउँपालिका–१ का २३ बर्षीया सागर शाही, दुल्लु नगरपालिका–२ का २२ बर्षीया लक्ष्मी थापा, सोहि ठाउँकी १७ बर्षीया रमिला थापा र सिंजा गाउँपालिका–६ जुम्लाका १८ बर्षीया कर्णबहादुर बुढा रहेको प्रहरीले जनाएको छ ।
घाइते चारै जनालाई उपचारका लागि सुर्खेत पठाईएको प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर ओलीले जानकारी दिए । Dullu khabar
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैतडी, ९ जेठ । बैतडी जिल्लाको खलङ्गा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान...
काठमाडौँ, ९ जेठ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छिन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा...
भक्तपुर, जेष्ठ । सूर्यविनायक नगरपालिका वडा नं ७ मा पुष्पखेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत सयपत्री फूलको बेर्ना वितरण कार्यक्रम सम्पन्न भएको छ। आ.व. २०८१/०८२ मा स्वीकृत योजनाअन्तर्गत सञ्चालन भएको कार्यक्रम...
भक्तपुर, ८ जेष्ठ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन अरनिको सभाभवन, थन्थु दरबार, र हाडा छेँ पुनःनिर्माण स्थलहरूको स्थलगत निरीक्षण...