जथाभावी रुपैयाँ फालेको आरोपमा दुई महिला पक्राउ

जथाभावी रुपैयाँ फालेको आरोपमा दुई महिला पक्राउ image

काठमाडौं,बैशाख ६ । धनुषा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ । जनकपुरमा लुकीछिपी जथाभावी पैसा फालेर भागेको आरोपमा प्रहरीले दुई जना महिलालाई जनकपुरबाट पक्राउ गरेको हो ।

दुईजना महिलाले शुक्रबार जनकपुरधामको पेठीया बजार जाने सडकमा रु १० को दर्जनौं नोट फालेर भागेका थिए । पक्राउ पर्ने दुवै महिला जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ बस्नेहरु रहेको जनाइएको छ । रुपैयाँ किन फालेको भन्ने बारे प्रश्न गर्दा समेत ती महिलाहरु जवाफ नदिएर भागेकाले घटना झन रहस्यमय बनेको थियो ।

उनीहरु दुबै जना महिलालाई जानकी मन्दिर नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेका महिलाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda