२४ बैशाख २०७७ काठमाडौं । जनताको आवश्यक मात्रामा परिक्षण नभएको र जनस्वास्थ्यमा खेलवाड नगर्न पूर्वस्वास्थ्य मन्त्री दिपक बोहराले आग्रह गरेका छन् ।
राप्रपाका वरिष्ठ नेता तथा पूर्वस्वास्थ्य मन्त्री बोहराले सामाजिक संजाल टुइटरमा सो आग्रह गरेका हुन । कोरोना भाईरस परिक्षणको दायरा नबढाउदासम्म लकडाउन बढाएर समस्याको समधान नहुने तर्क गरेका छन् ।
तत्काललाई एक घर एक परिक्षणको व्यवस्था गर्न सरकारलाई सूझाव दिए । पछिल्लो समय प्रदेशहरुले आवश्यक मेसिन भएपनि टेष्टकिटको अभाव रहेको भनिरहेका बेला पूर्व स्वास्थ्यमन्त्री बोहोराले टुइटर मार्फत सरकारलाई यस्तो आग्रह गरेका हुन् ।
सरकारले कोरोना परीक्षणमा प्रभावकारी काम गर्न नसकेको बोहराको जिकिर छ । तत्कालै देशभर पिसिआर प्रविधिबाट कोरोना परीक्षणको दायरा बढाएर एक घर एक परीक्षण गर्नुपर्ने उनकाे ठहर छ ।
‘लकडाउन गर्नु मात्रै समस्याको समाधान हैन, कोरोना भाइरसको कस्तो अवस्था छ, यकिन गर्न एक घर एक परीक्षण गर्न आवश्यक छ ।’ बोहराले भने ।
रुपन्देहीको भैरहवास्थित प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा किट अभावका कारण कोभिड–१९ को पीसीआर जाँच रोकिएकोमा आफु अचम्मित भएको भन्दै नेता बोहराले सरकारलाई जनताको स्वास्थ्य प्रति सम्बेदनशिल भई तत्काल किटको व्यवस्था गरी एक घर एक परीक्षण सुचारु गर्न आग्रह गरेका हुन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ, वैशाख १३ – हेटौँडाबाट ठिंगन हुँदै काठमाडौँ जोड्ने प्रमुख वैकल्पिक सडकमार्ग कान्ति लोकपथ वैशाख १८ गतेदेखि दैनिक ६ घण्टाका लागि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका...
काठमाडौँ । देशका मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा आज पनि तातो लहर (हिट वेभ) कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्ला केही दिनदेखि ती क्षेत्रहरूमा अधिकतम तापक्रम...
भक्तपुर । भक्तपुर जिल्लामा क्रियाशिल पत्रकारहरूसँग जनस्वास्थ्य कार्यालयको आयोजना गरेको अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रममा पत्रकारहरूले स्वास्थ्य र समुदायसँग सम्बन्धित विभिन्न मुद्दामा छलफल गर्दै, जनस्वास्थ्य क्षेत्रमा भएका...
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले आज तराई–मधेशका अधिकांश जिल्लामा अत्यधिक गर्मीको सम्भावना रहेको जानकारी दिएको छ। लुम्बिनी प्रदेशका केही जिल्लामा तातो हावाको लहर चल्ने अनुमान गरिएको छ, जसले गर्मीलाई...