काठमाडाैं । जर्मनीमा नेपालीको अवस्था सामान्य रहेको वर्लिनबाट गैर आवासीय नेपाली संघ (एनआरएनए)का सचिव राजेश सुनारले बताएका छन् । कोरोना पीडित राष्ट्रमध्य चौथो राष्ट्र जर्मनी भएको भन्दै उनले अन्य देश जस्तो लकडाउनको अवस्था नरहेको बताए ।
जर्मनीमा वस्ने नेपाली अवस्था राम्रै रहेको जानकारी दिदै कैलाश खबरसंगको कुराकानीमा एक जना नेपालीमा कोरोना संक्रमण भएको र अहिले निको भैसकेको बताए । नेपाली दुतावाससंग एनआरएनएको समन्वय कस्तो छ भन्ने प्रश्नको जवाफमा उनले दुतावाससंग समन्वय गरेर कोरोना संक्रमण फैलन नदिन नेपालीहरुको उद्धार राहतका बारेमा छलफल भएको बताए ।
नेपाल सरकारलाई पनि सहयोग गर्ने विषयमा छलफमा जुटेको जानकारी दिदै जर्मन सरकारले नेपालीलाई समान व्यवहार गरेको बताए । होटेल, रेष्टुरेन्ट बन्द रहेकाले राहत प्याकेज पनि ल्याएको जानकारी दिए । कोरोना भाइरसको सन्त्रास संसारभर भएकाले नआत्तिन आग्रह गरे ।
कास्कीको पोखरामा घर परिवारलाई सजक रहन सुझाव दिदै नेपाल सरकारले गरेको लकडाउनलाई घरमै बसेर सहयोग गर्न नेपालीहरुलाई आग्रह गरे । जर्मनीबाट प्रत्यक्ष जानकारी दिन आज दिउसो ३ बजे कैलाश खबरको विशेष प्रतुतिमा जोडिने कुरा पनि जानकारी दिएका छन् । थप जानकारीका लागि दिउसो ३ः०० बजे www.kailashkhabar.com हेर्न आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, १ असार । नेपाल विद्युत् प्राधिकरणले शनिवार रातिदेखि बङ्गलादेशतर्फ दैनिक ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ। त्रिपक्षीय सम्झौताअनुसार यो निर्यात पाँच महिनासम्म अर्थात् कात्तिक २९ सम्म सञ्चालन...
एजेन्सी, ०१ असार । भारतको अहमदाबादमा लन्डनका लागि उडेको एयर इन्डियाको ड्रीमलाइनर विमान दुर्घटनामा परेर ज्यान गुमाएका क्याबिन क्रु सदस्यहरूको कथा आँशु झार्ने खालका छन्। एकातिर दशौँ वर्षको सेवा सकेर...
तेल अभिभ, १ असार । इजरायलले गरेको पछिल्लो सैन्य कारबाहीको जवाफस्वरूप इरानले इजरायलको मध्य र उत्तरी भागमा मिसाइल हमला गरेको छ। यस आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु र १००...
म्याग्दी, ३१ जेठ। म्याग्दीमा यस वर्ष भिरमह उत्पादन घटेको छ । विगतको तुलनामा ७५ प्रतिशत कम मह उत्पादन भएको मह सिकारीहरूले बताएका छन् । अन्नपूर्ण गाउँपालिका–५ स्वाँतका मह सिकारी...