काठमाडाैं । कोभिड–१९ सम्बन्धी विपद् व्यवस्थापन कार्यमा जवाफदेहिता, पारदर्शिता र सदाचार कायम गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले अपील गरेको छ ।
अहिले सारा विश्व कोभिड–१९ संक्रमणको महामारीबाट आक्रान्त भएको भन्दै यस महामारीबाट बच्न सामाजिक दूरी बढाउन संसारभरि नै विभिन्न देशहरुले लकडाउन गरी आवात–जावत, उडान र सीमामा बन्देज लगाएको अवस्थालाई मध्यनजर गरि सतर्क सहन आग्रह गरेको छ ।
कोभिड–१९ सम्बन्धी तिनै तहका सरकारबाट भइरहेका र अब हुने विपद् ब्यवस्थापनका कार्यमा जवाफदेहिता, पारदर्शिता र सदाचार कायम होस् भन्ने हेतुले भ्रष्टाचार विरुद्ध सक्रिय ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले १० बुँदे अपील जारी गरी सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।
बुँदाहरु
१. कोभिड–१९ सँग सम्वन्धित प्रयास र कार्ययोजना थप प्रभावकारी बनाउन सामूहिक र क्षेत्रगत प्रयास जरुरी छ । विषयगत विषेशज्ञहरु सम्मिलित समितिहरुबाट यस विपद् व्यवस्थापनका चरणवद्ध कार्ययोजना निर्माण गरी लागू गरिनु आवश्यक छ ।
२. कोभिड–१९ संक्रमण रोक्ने केन्द्र, प्रदेश र स्थानीय सरकारका राष्ट्रिय, प्रादेशिक र स्थानीय कार्ययोजनामा भ्रष्टाचार र अनियमितता हुनबाट रोक्ने र भएको खण्डमा कडा कारबाही गर्न जरुरी छ ।
३. कोभिड–१९ रोकथाम गर्ने केन्द्र, प्रदेश र स्थानीय सरकार र तीनका निकायहरुको समन्वयात्मक कार्यमा जवाफदेहिता बढाउन जरुरी छ ।
४. कोभिड–१९ संक्रमण रोक्न तिनै तहको सरकारबाट विनियोजित बजेट र संकलित रकमका साथै तिनको प्रयोग एवं खर्चको विवरण सर्वसाधारणका लागि पारदर्शी बनाइनु पर्दछ ।
५. कोभिड–१९ रोकथामसम्बन्धी उपकरण, सामाग्री तथा औषधि सार्वजनिक खरिद प्रक्रिया र ऐन–कानूनबमोजिम तोकिएका, जिम्मेवार तथा विशिष्टकृत निकायबाट किफायतीरुपमा गरिनुपर्दछ ।
६. सरकार र संघ–संस्थाहरुभित्रैबाट कोभिड–१९ सम्बन्धी कार्यलाई पारदर्शी बनाउने वा अनियमितताबारे जानकारी दिने कर्मचारी वा अन्यलाई कारबाही नहुने व्यवस्था सुनिश्चित गरिनुपर्दछ ।
७. कोभिड–१९ सम्बन्धी काम–कारबाहीबारे सूचना माग्न पाउने नागरिकको हक सरकारद्वारा सम्मान गरिनुपर्दछ ।
८. कोभिड–१९ नियन्त्रण सहयोगी औषधि, मास्क, स्यानिटाइजर, साबुन, चस्मा, प्रोटेक्टिभ लुगा, भेन्टिलेटर आदि सरकारबाट तोकिएका स्वास्थ्य संस्थामा यथाशिघ्र उपलब्ध गराइनु पर्दछ ।
९. सरकारीस्तरबाट हुने कोभिड–१९ को रोकथाम र नियन्त्रणसम्बन्धी सबै प्रकारका विपद् ब्यवस्थापनका प्रयासमा मानवअधिकार र जनचाहनालाई केन्द्रविन्दु बनाइनु पर्दछ ।
१०. कोभिड–१९ सम्बन्धी सरकारी प्रयास र कार्यमाथि संसद्द्वारा सक्रियरुपमा निर्देशन, अनुगमन र सुपरिवेक्षण गरिनुपर्दछ ।
(टीआई) नेपालका महासचिव मुकुन्द बहादुर प्रधानद्धारा हस्ताक्षरित विज्ञप्ती
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पोखरा । पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरीविरुद्ध घुससहित पक्राउ परेपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। गिरीले अख्तियारमा उजुरी परेको नक्कली विवरण देखाएर आफ्नै कार्यालयका कर्मचारीसँग २५ हजार...
काठमाण्डौ । तीन जना बालबालिका धनुषामा मृत भेटिएका छन् । धनुषाको शहीदनगर नगरपालिका–५ यदुकोहामा एकै परिवारका तीन जना बालबलिका मृत भेटिएका हुन । सुशील साहका ६ वर्षीय छोरा आदित्य,...
सुर्खेत। कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षामा विकास बजेटको जम्मा २०% (३ अर्ब ९३ करोड) मात्र खर्च भएको छ। १८ अर्ब ७५ करोडको बजेटमध्ये ८०% खर्च...
भक्तपुर, ८ बैशाख । ‘नयाँ वर्ष, नयाँ सोच, युवाहरुको लागि प्रगतिको स्रोत’ भन्ने नाराका साथ आयोजित नवौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/०८२ मा करिब ३ लाख...