भर्खरै : Sorry, your browser does not support inline SVG.
बालबालिकाहरुलाई परम्परागत सीप प्रदान गर्न सके भविष्य उज्ज्वल हुनेः सांसद सुवाल | युवा व्यवसायी महेश प्रसाई (म्याक्स बाबु) अष्ट्रेलियाको राज्य सरकारद्वारा सम्मानित हुँने पहिलो नेपाली बने | कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा | अर्को सूचना नभएसम्म थप बन्धकहरूलाई मुक्त नगर्ने हमासको निर्णय, इजरायलको हमासलाई चेतावनी | गण्डकी सरकारको उक्तम कार्य, क्यान्सर उपचारमा सहायता कार्यक्रमबाट सात सय ३३ जनाला भान्वित | नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगिलाई पठायो लाइन काट्न पत्र | ग्यास लुकाएर अभाव देखाए ग्यास जफत गर्ने सरकारको चेतावनी | १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि अन्तरदेशीय ठूला प्रसारणलाइन निर्माण गर्ने सहमती |

जातिय विभेद, नवराज हत्या प्रकरण : लखेटी लखेटी मारेको घटनाका अपराधीलाई कडा कारबाहीको माग (भिडियाे सहित)

जातिय विभेद, नवराज हत्या प्रकरण : लखेटी लखेटी मारेको घटनाका अपराधीलाई कडा कारबाहीको माग (भिडियाे सहित) image

१२ जेष्ठ २०७७, जाजरकाेट । तीन युवाको हत्यामा संलग्न भएकाे आरोपमा पश्चिम रुकुम चौरजहारी नगरपालिकाका वडाध्यक्ष सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । अन्तरजातीय प्रेम सम्बन्ध गाँसेर विवाहका लागि केटी लिन गएका नवराज विकलगायतका युवालाई वडाध्यक्ष डम्वरबहादुर मल्ल र उनकै निर्देशनमा गाउँलेहरुले लखेटी लखेटी मारेको स्थानीयले आरोप लगाएका छन् ।

विवाहका लागि प्रेमिका लिन गएका जाजरकोट भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विकलगायतको हत्या भएपछि चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्वरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल र आमा प्रकाशी मल्लसहित पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिइएर अनुसन्धान थालेको प्रहरी निरीक्षक धर्मसिंह विष्टले बताएका छन् ।

हत्या घटनामा संलग्न अन्यकाे नियन्त्रणमा लिने क्रम जारी रहेकाे प्रहरीले बताएकाे छ । भेरी नगरपालिका वडा नम्बर ४ राना गाउँका २१ वर्षीय नवराज विक र पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीकी १७ वर्षीय सुस्मा मल्लबीच प्रेम सम्बन्ध रहेको र म लाई लैजाउ भनेर सुस्माले लिन आग्रह गरेपछि सुस्मालाइ लिन शनिबार जाजरकोटका १९ जना युवा सोती गाउँ पुगेकाे देखिएकाे छ ।

घटनामा नवराज विक, चौरजहारी नपा १ टिकाराम सुनार र भेरी नपा ४ गणेश बुढाको लास भेटिएको प्रहरीले बताएको छ । सुनार र विकको शव आइतबार भेटिएको थियो भने गणेशको सोमबार भेटिएको हाे । भेरी नगरपालिकाका सन्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी अझै बेपत्ता रहेको प्रहरीको भनाई छ ।

हेर्नुहाेस् भिडियाे…

नवराज सहितको युवाको समुह सोती पुगेपछि उनका आमाबुवाले टोलवासीलाई बोलाएर आत्रमण गरी लखेटेको प्रत्यक्षदर्शीले बताएका छन् । पीडित पक्षले हत्या गरेर भेरी नदीमा फालेको उनीहरूले दावी गरेका छन् । नवराजसहितको युवा समुहलाई तल्लो जातको केटाले ठकुरीकी छोरी भगाउने ?

भन्दै जातीय विभेद गरी गाली गलोगज गर्दै आक्रमण गरी लखेटेको, मुखमा बालुवा हालेर कुटीकुटी मारेको स्थानीयकाे आरोप छ । यता सुस्माका माइती पक्षले भने केटीको उमेर नपुगेको र केटीले विवाहको लागि अस्वीकार गरेको र लान खोज्दा विवाद भएको दावी गरेका छन् ।

प्रहरीकाे सम्पर्कमा गएका १२ जनामध्ये भेरी नगरपालिका वडा नम्बर ४ का सुदीप खड्का गम्भीर घाइते भएका छन् । मृतक नवराजको लाश जाजरकोट र पश्चिम रुकुमको सिमाना रहेको धल्ला स्थित भेरी नदीको किनारामा भेटिएको थियाे ।

नवराजसँगै सोती पुगेका अन्य १२ जना इलाका प्रहरी कार्यालय चौरजहारीमा रहेको र उनीहरुसँग घटनाका बारेमा सोधपुछ गर्ने काम भइरहेको प्रहरीले बताएको छ । बेपत्ता पारिएका अन्यको व्यापक खोजी भइरहेको प्रहरीले बताएकाे छ ।

एक्काइसौं शताब्दीमा यस्तो जघन्य अपराध घटाउने अपराधिलाई कानूनले छुट नदिने भन्दै घटनाबारे गहिरो अनुसन्धान भइरहेको जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले बताएका छन् । घटना जातीय विभेदका कारण घटेको र योे गम्भीर अपराध भएकोले दोषीलाई कडा भन्दा कडा कारबाहीको भागिदार बनाउनु पर्ने दलित अधिकारकर्मीले बताएका छन् ।

सामाजिक संजालमा विराेध

केटा र केटीको मन मिले जातीय विभेदको नाउँमा कसैले पनि रोक्न नमिल्ने तर उमेर नपुगेको र सहमती नभएको भए पनि भौतिक आक्रमण गरेर ज्यान लिने अपराधिक हर्कत अक्षम्य नहुने अधिकारकर्मीको भनाइ छ । मानव कलंकको रुपमा उभिएका दानवीकार्यको घटनामा संलग्न जो कोहिलाई निर्मम सजायको भागी बनाउनु पर्ने अधिकारकर्मीले आवाज उठाएका छन् ।

डिएसपीको भनाई
२१ औं शताब्दीमा पनि जातिय आधारका घटना हुनु गम्भिर अपराध भएको जाजरकोट जिल्लाप्रहरी कार्यालय प्रमुखप्रहरी किशोर श्रेष्ठले बताएका छन् । सोमबार कैलाश खबर डटकमसंग कुरागर्दै प्रहरी नायव उपरीक्षक श्रेष्ठले पश्चिम रुकुममा यस्तो घटना घट्नु दुखद भएको र यस घटनामा संलग्नलाइ हदै सम्मको कारबाही हुने बताएका हुन ।

जाजरकोटका १९ जना युवाहरु रुकुमको चौजहारी ८ मा केटी भगाउने उदेश्यले गएको र केटीको आमाले थाहा पाएपछि उनीहरु फर्किएको बताए । स्थानीयले भागेको टोलीलाई लखेको, लखेड्दा उनीहरु भेरी नदीमा हामफालेको र पौडी खेल्न नजान्ने मध्यका तीन जनालाई कुटपीट गरेरको हुन सक्ने उनले बताए ।

अहिले सम्म ३ जना मृत अवस्थामा भेटिएको र ४ जना बेपत्ता रहेको उनकाे भनाइ छ । मृतक ३ जनाको पोष्टमार्टम भएको र व्यपत्ताको खोजीकार्य जारी रहेको प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताए । अनुसन्धान जारीरहेकाले दोषीलाई कारबाही गर्न कुनै कसुर बाँकी नराखिने उनले बताए ।

पश्चिम रुकुम प्रहरी
यता जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले १२ जनालाई पक्राउ गरेको छ । घटनासंग सम्बन्धित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्याल पश्चिम रुकुमका प्रहरी नायव निरिक्षक कविराज राेकायाले बताए ।

उनले केटा र केटी लामो समय देखी प्रेमा रहेको र केटाले भगाएर लैजान रुकुम आएको र केटाको टोली केटीको घरमा आएको थाहा पाएपछि केटीको आमाले गालीगर्दा उनीहरु फर्किएको जानकारी दिए । उनीहरु फर्किएको केही समयपछि गाउँलेले लखेट्दै जादा यस्तो घटना घटेको बताए । केटीका आमाबुवा सहित १२ जनालाइ प्रहरीले नियन्त्रणमा लिएर अनुसनधान थालेको जानकारी दिए ।

रुकुमका प्रमुख जिल्ला अधिकारी
केटापक्षका ४ जना वेपत्ता भएको पश्चिम रुकुमका प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौडेलले बताए । ३ जनाको लाश फेला परेको र घटनाबारे अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको कैलाश खबरलाइ बताए । यस घटनाको सत्य तथ्य नआए सम्म पर्खि दिन पौडेलले बताए ।

गत साल मात्रै छुवाछुत मूक्त घोषणा गरिएको रुकुममा यस्तो मानव कलंकित घटना घट्नु नितान्त आपतिजनक र निन्दनिय छ । यस घटनाको विरोधमा अपराधिलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै विभिन्न संघ सस्था, राजनैतिक दल, राजनैतिक पार्टी, अधिकार कर्मीहरुले विज्ञप्ती समेत निकालेर कारबाहिकाे माग गरेका छन् । जनयुद्वकाे उद्गम थलाेमा यस्ता घटनाले के पाठ सिकाइरहेकाे छ । किन दानवी कार्य भैरहेकाे छ भन्दै उनिहरूले अपराधिलाइ कडा भन्दा कडा कारबाही हुनु पर्ने माग गरेका छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda