भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

झापामा लकडाउन र कोरोना नियन्त्रणको अभ्यास (भिडियो लाइभ)

झापामा लकडाउन र कोरोना नियन्त्रणको अभ्यास (भिडियो लाइभ)

झापा । कोरोना भाइरसको त्रासकै बिचमा झापाका मानिसहरु लकडाउनमा बसिरहेको खगेन्द्र बर्देवाले बताएका छन् । सामाजिक सञ्जालले गर्दा विश्वमा के भइरहेको छ भन्ने विषयमा जानकार हुदाहुदै पनि त्रास नहटेको उनको भनाई छ । प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला भएकाले पनि होला विभिन्न काम कार्यहरु दुत्र गतिमा भैरहेका छन् ।

राहत वितरण स्थानीय तहले गरिरहेको भन्दै शिक्षा क्षेत्रको विकासका लागि र विद्यार्थीको अभ्यासका लागि पनि अलाईन शिक्षा दिनु राम्रो भएको उनकाे भनाइ छ । लकडाउनमा कर्मचारीहरु घरमै बसेर जो जहाँ छ त्यहीँबाट सेवामा खटिने निर्देशनको पालना गरेको जानकारी दिए ।झापा जिल्ला भारतसंग जोडिएकाले अहिले चोरबाटोबाट आउने गरेकालाई प्रहरीले नियन्त्रणमा लिएर कडा कदम चालेको जानकारी दिए ।

प्रदेश सरकारले भारतसंग जोडिएका सिमानामा प्रहरीको बाक्लो उपस्थिति गराएको जानकारी दिए । असहज भएपनि अहिले स्थानीय स्तरमै मास्क उत्पादन भैइरहेकाले सबैले मास्क प्रयोग गरिरहेको बताए ।विगतको परिस्थिति भन्दा आजको परिवेश फरक भएकाले विश्वका धरै देशमा कोरोनाको प्रभाव बढीरहेको भन्दै बर्देवाले यसबाट बच्न सबै जना सचेत हुनु पर्ने बताए ।

थप जानकारीका लागि कैलाश खबरको लाइभ भिडियो हेरौं ।

https://www.facebook.com/Kailashkhabarnews/videos/784341558640207/

 


Thali Mobile Pvt.Ltd.