१० बैशाख २०७७ काठमाण्डौ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण जनावरबाट नै मानिसमा सरेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले दाबी गरेको छ । चीनले कोरोना भाइरस बनाइएको भन्ने हल्लाको कुनै तुक नभएको भन्दै विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्रमण जनावरबाट नै मानिसमा सरेको दाबी गरेको हो ।
आधार हिन व्यक्तिले लगाएको आरोपको भ्रममा नपर्न विश्व स्वास्थ्य सङ्गठनका प्रवक्ता फडेला चैबले जनावरबाट मानिसमा कोरोना सङ्क्रमण सरेको भए पनि अहिलेसम्म कसरी सरेको हो भन्ने बारेमा स्पष्ट हुन नसकेको बताएका छन् । गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनको वुहानको एउटा प्रयोगशालामा बनेको आधारहिन कुरा गरेका थिए ।
चार महिनाअघि वुहानमा पहिलो पटक कोरोनाको सङ्क्रमण भेटिएको थियो । तर कोरोना भाइरस प्रयोगशालामा बनाइएको भन्ने कुराको आधार कतै पनि नभएको प्रवक्ता चैबको दावी छ । अमेरिकामा मात्रै गएको २४ घण्टामा २७ सयभन्दा धेरैको ज्यान गएको छ । योसँगै अमेरिकामा मात्रै ज्यान गुमाउनेको सङ्ख्या ४५ हजार ३३४ नाघेको छ भने आठ लाख १९ हजार १७५ भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाण्डौ । आजदेखि विश्व खोप सप्ताह औपचारिक रूपमा सुरू भएको छ। ‘सबैका लागि खोप मानव रूपमा सम्भव छ’ भन्ने नाराका साथ यस वर्षको खोप सप्ताह मनाइँदैछ। अभियानको उद्देश्य सबै...
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै ठाउँमा आज र भोलि अत्यधिक गर्मी हुने सम्भावना रहेको जनाएको छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम ३८...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले हालको विद्युत् व्यवस्थापनमा देखिएको चुनौतीलाई छिट्टै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। गर्मीयाममा भारतमा विद्युत् माग ह्वात्तै बढेका कारण नेपालले पर्याप्त बिजुली आयात गर्न...
तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्ने कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा निर्माण गरिएको मोटरेबल पुल सम्झौताअघि नै निर्माण भएको छ । आगामी भदौ २२ गतेभित्र निर्माणसम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग...