९ जेठ २०७७, दैलेख । कर्णाली प्रदेशकै पहिलो कोरोना संक्रमित व्यक्ति दैलेख आठबिस नगरपालिका १ का ३५ वर्षीय युवालाई सुर्खेत लगिएको छ ।
गत जेठ ५ गते कोरोना पुष्टि भएका उनलाई चार दिन दैलेखको झुप्रेसाल स्कुलमा राखेर उपचार थालिएपछि प्रदेशले उपचारमा लापरवाही गरेको भन्ने व्यापक दवाव र आलोचना नागरिकले गरेका थिए ।
सामान्य विवाद हुँदा हेलिकप्टर प्रयोग गर्ने प्रदेश सरकार आज कोरोना संक्रमण पुष्टी भइसक्दा समेत हेलि त परको कुरा उपचारमा समेत वेवास्ता गरेको नागरीक बाट गुनासा आएका थिए । आठबीस नगरपालिकाले त विज्ञप्ती समेत निकालेर उपचारको गुहार मागेको थियो ।
जेहोस व्यापक दवावकै विच संक्रमित युवालाई सुर्खेत लगिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरप्रशाद रेग्मीले बताएका छन् । प्रदेश सरकारले कर्णालीका तीन जिल्लामा कोरोना अस्पताल घोषणा गरेको भए पनि कोरोना अस्पतालमा लगेर उपचार नगरिएको भन्दै प्रदेश सरकारले आलोचना खेप्नु परेको थियो ।
भारतबाट चैत्र ३१ गते उद्धार गरी आठबिस नगरपालिकाले ल्याएको थियो । उनीसँगै लक्ष्मी मावि सात्तालाको क्वारेन्टाइनमा रहेका वाकी ३८ जनामा कोरोना नेगेटिभ देखिएको छ ।
ध्यानाकर्षण-पत्र
यसैबीच नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) जिल्ला समिति दैलेखले ध्यानाकर्षण-पत्र जारी गरेकाे छ । काेराेना अस्पतालमा उपचार गराउनुकाे सट्टा दैलेख सदरमुकामकाे एकान्त जंगलमा राखेर वेवास्ता गरेकाे भन्दै ध्यानाकर्षण गराएकाे हाे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैतडी, ९ जेठ । बैतडी जिल्लाको खलङ्गा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान...
काठमाडौँ, ९ जेठ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छिन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा...
भक्तपुर, जेष्ठ । सूर्यविनायक नगरपालिका वडा नं ७ मा पुष्पखेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत सयपत्री फूलको बेर्ना वितरण कार्यक्रम सम्पन्न भएको छ। आ.व. २०८१/०८२ मा स्वीकृत योजनाअन्तर्गत सञ्चालन भएको कार्यक्रम...
भक्तपुर, ८ जेष्ठ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन अरनिको सभाभवन, थन्थु दरबार, र हाडा छेँ पुनःनिर्माण स्थलहरूको स्थलगत निरीक्षण...