भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

दुई नर्ससहित नेपालमा ४२ जना संक्रमित, नियन्त्रण गर्न उदयपुर जिल्ला सिल

दुई नर्ससहित नेपालमा ४२ जना संक्रमित, नियन्त्रण गर्न उदयपुर जिल्ला सिल

१० बैशाख २०७७ काठमाडौं । दुई नर्सलाई आरडिटीबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ । हाल उनीहरुको टेकु अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । र्यापिड डाग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट गरिएको कोरोना भाइरसको परीक्षणमा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीले बताए।

केन्द्रीय कारागार अस्पतालका दुबैजना नर्सलाई अहिले टेकुस्थित शुक्रराज अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको र उनीहरुको नमुना पीसीआर परीक्षणका लागि पठाइएको छ । सोमबार चिकित्सक नर्स तथा प्यारामेडिक्स गरी करीब ४० जनाको आरडीटी परीक्षण गरिएकोमा दुई नर्सलाई कोरोना देखिएको हो ।

नेपालमा अहिले सम्म ४२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ भने ५ जना निकाे भएर घरफर्किसकेका छन् । विश्वमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ लाख ७७ हजार ६ सय ८८ पुगेकाे छ भने संक्रमितकाे संख्या २५ लाख ५७ हजार ९९३ पुगेकाे छ । यसबाट ६ लाख ९५ हजार ३३६ पुगेकाे Wrldometers.info काे तथ्यांक छ ।

यसैबीच उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको आसपासका ११ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि प्रदेश १ सरकारले जिल्ला सिल गर्ने निर्णय गरेको छ । उदयपुरमा आवत जावत बन्द गर्न सामाजिक विकास मन्त्रालय प्रदेश १ ले जिल्ला सिल गरेको हो । उदयपुरमा मात्रै २४ जनामा सङ्क्रमण देखिएकोले जिल्ला नै सिल गरेर लकडाउनलाई अझै कडाइ गर्दै निगरानी बढाउने प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.