३ जेष्ठ २०७७ काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण पहिलो पटक २९ वर्षीया महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भएकी एक सुत्केरीको कोरोनाकै कारण मृत्यु भएपछि धुलिखेल अस्पताल अहिले सिल गरिएको छ ।
अत्याधिक रुपमा श्वास्प्रश्वासमा समस्या देखिएपछि उनलार्इ बिहीबार अस्पताल पुर्याइएको थियो । कोरोनाकै उपचारका लागि तोकिएको अस्पताल सिन्धुपाल्चोकबाट ल्याएकी २९ वर्षीय महिलाको उपचारको क्रमममा मृत्यु भएको अस्पताल स्रोतले बतायो ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भएकी महिलाले ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन्। अस्पतालबाट घर फर्किएपछि श्वासप्रश्वासमा समस्या देखियो र उनलाइ धुलिखेल अस्पताल लगियो ।
अस्पतालले थ्रोड स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । धुलिखेल अस्पतालमा उपचाररत सुत्केरी महिलाको बिहीबार राति मृत्यु हो । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र कुमार झाले ती महिला सिन्धुपाल्चोक जिल्ला बाह्राबीसे नगरपालिका वडा नं. ९ निवासी भएको बताउ ।
गत वैशाख २५ गते शिक्षण अस्पताल काठमाडौंबाट डिस्चार्ज गरी उनी घर गएकी थिइन् । तर, अकस्मात स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ३१ वैशाखमा बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो । आइसियुमा राखेर उपचार गर्नुपर्ने भएकाले उनलाई बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्रबाट धुलिखेल अस्पताल रिफर गरिएको थियो ।
यसैबीच यता धुलिखेल अस्पतालमा कोरोना संक्रमित आशंका गरिएकी सुत्केरीको परीक्षण नसकिएको र विस्त्रित विवरण लिनेकाम भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले परीक्षण सकिएपछि मात्रै ती सुत्केरीको कोरोनाबाट मृत्यु भए नभएको एकीन हुने बताए ।
भिडियाे हेर्नुहाेस्…
https://www.facebook.com/Kailashkhabarnews/videos/349783292649225/
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...
भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...
म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...