१५ जेष्ठ २०७७ काठमाडाैं । दैलेखमा थप आठजना कोरोना संक्रमित भेटिएका छन् । एकवर्षे बालकमा समेत कोरोना संक्रमण देखिएको छ । २० वर्षीया आमासँगै भारतबाट आएका बालकमा संक्रमण पुष्टी भएको हो ।
स्वाब परीक्षणका लागि सुर्खेत पठाइएकोमा उनमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको छ । अहिले संक्रमित बालक आमासँगै क्वारेन्टाइनमा राखिएको छ । थप भएका आठजना संक्रमितसंगै दैलेखमा संक्रमितको सङ्ख्या १६ पुगेको छ ।
नारायण नगरपालिका २६, १९, ३०, ३६, ४० वर्षीय पुरुष नयाँ संक्रमित हुन । नारायण नगरपालिकाका २० वर्षीया महिला र उनका एक वर्षीय छोरा रहेका छन् । त्यसैगरी नारायण नगरपालिकाकै एक १५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
Video
https://www.facebook.com/Kailashkhabarnews/videos/181925609786986/
संक्रमित सबै भारतबाट आएको स्वास्थ्य कार्यालय दैलेखका फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिएका छन् । संक्रमितहरू सबै क्वारेन्टाइनमा बसेका छन् । कर्णाली प्रदेशमा कुल सङ्क्रमितको संख्या ४६ पुगेको छ । जसमा सुर्खेतका ३० र दैलेखका १६ रहेका छन् ।
यसैबीच ५८ हजार २७७ जनाकाे परिक्षण हुदा नेपालमा काेराेना संक्रमित संख्या १ हजार ४२ पुगेकाे छ । कूल मृत्यु ५ जनाकाे भएकाे छ भने १८३ जना निकाे भएर घर फर्किएका छन् । अाज थप १५६ जना नयाँ रहेका छन् । पिछल्लाे समय भारतबाट आउने नेपालीकाे संख्या हर्वात्तै बढेसंगै काेराेना महामारी पनि नेपालमा बढ्दै गएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैतडी, ९ जेठ । बैतडी जिल्लाको खलङ्गा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान...
काठमाडौँ, ९ जेठ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छिन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा...
भक्तपुर, जेष्ठ । सूर्यविनायक नगरपालिका वडा नं ७ मा पुष्पखेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत सयपत्री फूलको बेर्ना वितरण कार्यक्रम सम्पन्न भएको छ। आ.व. २०८१/०८२ मा स्वीकृत योजनाअन्तर्गत सञ्चालन भएको कार्यक्रम...
भक्तपुर, ८ जेष्ठ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन अरनिको सभाभवन, थन्थु दरबार, र हाडा छेँ पुनःनिर्माण स्थलहरूको स्थलगत निरीक्षण...