लण्डन । बेलायती अभिनेत्री ल्यासेट एन्थोनीले बलात्कृत भएको बताएकी छन् । फिल्म निर्माता हार्बे विन्स्टनबाट बलात्कृत भएको खुलाएकी हुन् । ५६ वर्षीया अभिनेत्रीले आफूमाथि आफ्नै निवासमा १९८० मा ती फिल्म निर्माताबाट यौन शोषण भएको एक अन्तरवार्तामा बताएकी हुन् ।
च्यानल ४ न्युजका लागि उनले दिएको अन्तर्वार्तामा यस्तो बताएकी हुन् । आफूले यस्तो कुरा हार्बे विन्स्टनसँग त्यसबेला नै भने पनि बेवास्ता गरेको बताइन् । ‘मलाई एक बिहानको अझै सम्झना छ, उसले म बसेको फ्ल्याटको ढोका ढकढक्यायो । म गाउनमा मात्रै थिएँ, उसले कोट र्याकतिर धकेल्यो र रेप गर्यो ,’ उनले भनिन् ।
उबाट म उम्किन खोजे पनि सकिनँ ।’ अभिनेत्री एन्थोनीले लाजका कारण यो कुरा यसअघि नभनेको पनि बताएकी छन् ।
यस्तै हार्बेले आफूलाई ‘केन्स फिल्म फेस्टिबल’को कोठाभित्र बसिरहेका बेला पनि बलात्कार गरेको दावी गरेकी छन् । केही वर्षअघि अमेरिकाबाट सुरु भएको ‘मि टू’ अभियान पछिल्लो समय संसारभर सचेतनाको रुपमा फैलिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...
भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...
म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...