११ बैशाख २०७७ काठमाडौं । नेपालको शिक्षा प्रणालीमा आमुल परिवर्तन गर्न जरुरी रहेको डा. खगेन्द्र हमाले बताएका छन् । जति सक्यो घोकेर ३ घण्टाको परीक्षा लिएर मुल्याङ्कन गर्ने प्रणालीको अन्य गरि विद्यार्थीको प्रतिभा र क्षमता अनुसार मुल्याङ्कन गरिने शिक्षा प्रणालीको खाँचो रहेको डा. हमालको तर्क छ ।
कैलाश खबरको विशेष टकमा कुरा गर्दै अमेरीकामा बस्दै आएका डा. हमालले विद्यार्थीको दक्षता के मा छ ? त्यो कुराको ज्ञान शिक्षकमा हुनु पर्ने बताए । अमेरिकन सरकारले विद्यार्थीको चाहना र क्षमता अनुसार उपयोगी शिक्षा दिइरहेको भन्दै नेपालले पनि व्यवहारीक शिक्षा र विद्यार्थीको दक्षता के मा छ त्यहि अनुसारको प्रणाली अवलम्बन गर्नु पर्ने सुझाव दिए ।
कर्णाली जस्तो विकट क्षेत्रबाट पनि अमेरिका जस्तो सम्पन्न मुलुकमा आएर रसायन शास्त्रमा विद्यावारिधि गर्नु सामान्य दुःखको कुरा नभएको बताए । मेहनत गरे सबैकुराको सम्भव रहेको भन्दै डा. हमालले आफु अब नेपाल फर्केर योगदान गर्न चाहेको बताए । सीप सिक्न जहाँ गएपनि सबै नेपाली नेपाल फर्केर आफ्नो देशको सेवामा लाग्न अनुरोध गरे ।
कोरोना भाइरसको महामारीको चपेटामा विश्व समुदाय रहेकाले अमेरिकामा रहेका नेपालीको अवस्था पनि जटिल्ताबाटै गुज्रीरहेको बताए । औषधि र भ्याक्सिन पत्ता नलागि सकेको अवस्थामा लकडाउनमा बस्नुको विकल्प नरहेको भन्दै सबै नेपालीले नेपालसरकारले लिएको नीतिको पूर्ण पालना गर्नु पर्ने बताए । कोरोना भाइरसबाट बच्ने उपाएमा हेल्च¥याइ नगर्न आग्रह गरे ।
बाँकी भिडियो बाट…
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ, वैशाख १३ – हेटौँडाबाट ठिंगन हुँदै काठमाडौँ जोड्ने प्रमुख वैकल्पिक सडकमार्ग कान्ति लोकपथ वैशाख १८ गतेदेखि दैनिक ६ घण्टाका लागि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका...
काठमाडौँ । देशका मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा आज पनि तातो लहर (हिट वेभ) कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्ला केही दिनदेखि ती क्षेत्रहरूमा अधिकतम तापक्रम...
भक्तपुर । भक्तपुर जिल्लामा क्रियाशिल पत्रकारहरूसँग जनस्वास्थ्य कार्यालयको आयोजना गरेको अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रममा पत्रकारहरूले स्वास्थ्य र समुदायसँग सम्बन्धित विभिन्न मुद्दामा छलफल गर्दै, जनस्वास्थ्य क्षेत्रमा भएका...
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले आज तराई–मधेशका अधिकांश जिल्लामा अत्यधिक गर्मीको सम्भावना रहेको जानकारी दिएको छ। लुम्बिनी प्रदेशका केही जिल्लामा तातो हावाको लहर चल्ने अनुमान गरिएको छ, जसले गर्मीलाई...