१० जेठ २०७७, काठमाडौं । नेपालमा ३६ जना कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या ५८४ पुगेको छ । बाँकेका २७ जना, बैतडीका ४ जना, बर्दियाका १ जना झापाका १ जना र सुर्खेतका ३ जना नयाँ संक्रमित रहेका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षणमा बाँके नरैनापुरका २७ जनामा कोरोना पोजेटिभ देखिएको हो । नरैनापुरको मदरसाका १७ देखि ३२ वर्ष उमेर समूहका ६ जना, नरैनापुर ३, राष्ट्रिय प्रावि गेगलीमा गरिएको नमुना संकलनमा १६ देखि ३२ उमेर समूहका १५ जनामा पोजेटिभ देखिएको हो ।
यस्तै, नरैनापुर कै १ मा २२ देखि ५० वर्ष उमेर समूहका ६ जनामा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
भिडियो…
https://www.facebook.com/Kailashkhabarnews/videos/2640032989656173/
सेती प्रादेशिक अस्पतालको परीक्षणमा बैतडीको शिवनाथ गाउँपालिकाका ४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । २० वर्षका २ जना, २२ र २७ वर्षिय पुरुषमा संक्रमण देखिएको हो । यसैगरी, कोसी अस्पतालमा उपचाररत झापा गाउँपालिका झापाका ३३ वर्षिय पुरुषमा पनि संक्रमण देखिएको छ ।
सुर्खेतमा २ पुरुष र १ महिला गरी ३ जना र बर्दियामा १९ वर्षिय पुरुषमा संक्रणम देखिएको डा. विकास देवकोटाले बताए। पिसिआरबाट मात्रै करिब ५५ हजार परीक्षण शनिबारसम्म पीसीआर विधिबाट ४५ हजार ९ सय ५७ जनाको नमुना परीक्षण भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...
भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...
म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...