किभ । सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा भेटवार्ता गरेका थिए । यस भेटघाटलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निकै निराशाजनक बताएका छन् । यसलाई उनले शान्ति प्रयासमा विध्वंसकारी झट्का समेत भनेका छन् । रुसले किभमा रहेको बाल अस्पतालमाथि आक्रमण गरेर ध्वस्त पारेकै दिन दुईबिच भेटघाट भएको थियो ।
मस्को बाहिर नोभो–ओगार्योभोमा रहेको पुटिनको भवनमा मोदीले पुटिनलाई भेटेका थिए । दुई नेताबिच भेटघाट चलिरहँदा ९०० किमी पर युक्रेनी सहरहरूमा रुसी मिसाइल आक्रमणमा परेर कम्तीमा ३७ जनाको मृत्यु भएको थियो ।
यस आक्रमणमा अरू १७० जना घाइते भएका थिए । मोदी यतिबेला तीन दिने रुस–अस्ट्रिया भ्रमणमा छन् । मोदीको यो पाँच वर्षयताको पहिलो रुस भ्रमण हो । मोदी र पुटिन एक अर्कालाई अङ्कमाल गरेपछि चिया पिएर गफगाफ गरेको, विद्युतीय सवारी साधन चढेको र घोडा दौड प्रतियोगिता हेरेको भेटघाटपछि बाहिरिएका तस्बिरले देखाएका थिए ।
विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतको शीर्ष नेताले विश्वको सबैभन्दा रक्तपिपासु अपराधीलाई मस्कोमा यस्तो दिनमा भेट्नु निकै निराशाजनक भएको र यसले शान्ति प्रयासमा ठुलो धक्का पुर्याएको भन्दै जेलेन्स्कीले सोमबार माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्ट गरेका थिए ।
मंगलबार मस्कोमा भारतीय समुदायहरूलाई सम्बोधन गर्ने क्रममा मोदीले सोमबार युक्रेनी शहरमा भएको आक्रमणबारे चुँक्क बोलेनन् । बरु उनले रुसको दुई वटा सहरहरू येकातेरिन्बर्ग र काजानमा नयाँ वाणिज्यदूताबास खोल्ने घोषणा गरे । रुसमा तापमान माइनसमै रहेपनि रुस र भारतबिचको मित्रता सधैँ प्लसमा हुने उनले बताएका थिए । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । फ्रान्समा ६२ वर्षपछि पहिलो पटक देशको सरकार अविश्वासको प्रस्तावले ढलेको छ । प्रधानमन्त्री मिशेल बार्नियरको सरकार तीन महिनामै ढलेको हो । चरम दक्षिणपन्थी र वामपन्थी दल मिलेर...
एजेन्सी । पहिलो पटक अफ्रिकी देश नामिबियामा महिला राष्ट्रपति निर्वाचित भएकी छन् । नामिबियाको राष्ट्रपतिमा नेतुम्बो नन्दी–नडैतवाह निर्वाचित हुने पहिलो महिला हुन । राष्ट्रपति चुनावमा नडैतवाहले ५७ प्रतिशतभन्दा बढी...
एजेन्सी । ३३ जना इजरायली बन्धकहरू गाजापट्टीमा मारिएका छन् । प्यालेस्टाइनको विद्रोही समूह हमासले गाजापट्टीमा बन्धकहरुलाई सुरक्षित राख्ने कोसिस गरे पनि इजरायली आक्रमणकै कारण मारिएको जनाएको छ । इजरायली...
एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा नागरिक सुरक्षा अधिकारी र पत्रकारसहित कम्तीमा ५४ जनाको मृत्यु भएको छ। दक्षिणी गाजामा, इजरायली ड्रोनले किजान अल–नज्जर क्षेत्रमा एउटा गाडी र भीडलाई निशाना बनाइ...