भक्तपुर । केहि समय पहिले दरवार क्षेत्र, दत्तात्रय र नःपुखु क्षेत्रमा राखिएका आकर्षक गमलाहरु फुटाउने दुई जना उच्छृङ्खल व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लगेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका वडा नं. ७ का रिजन लागे र वडा नं. १० का रमेश सुवाल रहेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सविन प्रधानले बताए ।
पछिल्लो समय (राति ११ बजेर ४० मिनेटको समय)मा ती व्यक्तिहरुले मादक पदार्थ सेवन गरी अपशव्द प्रयोग गर्दै गमला फुटाएको सीसी क्यामेरा फुटेजको आधारमा प्रहरीले पक्राउ गरेको हो । उच्छृङ्खल गतिविधिमा संलग्न ती व्यक्तिलाई नगरपालिकाले कार्वाहीको दायरामा समेत ल्याएको भक्तपुर नगरले बताएको छ ।
आफ्ना सन्ततिबाट गल्ती भएको स्वीकार गर्दै परिवारले सन्तानहरुको गलत व्यवहार सच्याउन आफूहरु कटिवद्ध रहेको र अब त्यस्ता गतिविधिमा संलग्न हुनै नदिने वचन बद्धता समेत गरेका छन् । नगरपालिकाले नगरको सम्पदा क्षेत्रमा हरियाली व्यवस्थापन गर्ने उद्देश्यले दरवार क्षेत्र, दत्तात्रय, नःपुखुलगायतका विभिन्न स्थानमा विरुवासहित गमलाहरु राखेको थियो ।
पोखरी र सम्पदाको आकर्षणका लागि गमला राखेपछि स्थानीय वासिन्दा तथा पर्यटकहरु खुसी हुदै नगरको सकारात्मक कार्यप्रति धन्यवाद समेत दिएका थिए । सम्पदा क्षेत्रमा हरियाली देख्न पाउँदा खुशी लागेको भन्दै स्थानीयले पुरानो नगरको उपयुक्त स्थानमा सानै भए पनि बगैंचा बनाउनु पर्ने र केही पिच सडकको दायाँबायाँ पेटीमा वृक्षारोपण गर्नुपर्ने सुझाव दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...
२९ वैशाख, काठमाडौं । आज दुई हजार ५६९औँ बुद्धजयन्ती बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तूपा, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदैछ ।विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा...
काठमाडौँ । सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला एक लाख ९० हजार छ सयमा कारोबार भएको सुन आज तोलामा आठ सय घटेको...
काठमाडौँ, २९ चैत । सार्वजनिक खरिदसम्बन्धी ऐनलाई सङ्घीय संरचनाअनुरुप समयानुकूल बनाइनुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।राष्ट्रियसभा अन्तगर्तको सार्वजनिक नीति तथा विधायन समितिको आज सिंहदरबारमा भएको बैठकमा समिति सदस्यहरूले सार्वजनिक...