१६ जेष्ठ २०७७ काठमाडों । सरकारले प्रस्तुत गरेकाे बजेटलाइ विभिन्नकाेणबाट टिका टिप्पणी गरिएकाे छ । विभिन्न व्यक्तित्वले दिएका अभिव्यक्ति यहाँ समेटिएकाे छ । बजेट विषम परिस्थितिमा सन्तुलित र जनतालाई राहत दिने किसिमले आएको नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले प्रतिक्रिया दिएका छन् ।
सबै समुदाय, निम्न वर्गका जनतालाई राहत दिने प्रयास बजेटले गरेको छ भन्दै प्रचण्डले सराहनीय भएको टिप्पणी गरे । परिस्थिति जटिल भए पनि आन्तरिक र बाह्य ऋण सहयोग र राजस्वको अनुमान वस्तुवादी भएको जिकिर गरे ।
त्यस्तै नेकपाका नेता माधवकुमार नेपालले आवश्यकतालाई बोध गरेर बजेट आएको जिकिर गरे कोरोना संक्रमण व्यापक रूपमा फैलिरहेको वेलामा रोगको सामना गर्ने, भोक र रोजगारीको समस्या कसरी हल गर्ने भन्ने विषयलाई बजेटले समेटेको बताए ।
यता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ठूलो क्यान्सरको रोगलाई झारफुक गरेजसरी बजेट आएको टिप्पणी गरेका छन् । एकीकृत ढंगले बजेट नआएको भन्दै भटराइले समग्रमा बजेटले समस्या समाधान गर्छ जस्तो आफुलाई नलागेको बताए ।
बजेट अहिले रेलका लागि किन छुट्याएको अहिले महामारीका बेला किन रेलको आवाश्यक्ता ? भन्दै डा. भटराईले राहत र सामाजिक सुरक्षाको बजेट कनिका छरेजसरी आएको दावी गरे । रोजगारी सिर्जना गर्नका लागि कृषि क्षेत्रको रूपान्तरण जरुरी रहेको भन्दै नीति तथा कार्यक्रम र बजेट त्यही ढंगले नआएको बताए ।
नेपाली काँग्रेसका नेताहरुले नयाँ बजेटमा नेकपाकै नेता कार्यकर्ता पोस्ने योजना मात्रै देखिएको टिप्पणी गरेका छन् । बजेटप्रति चर्को आलोचनात्मक रुपमा नेपाली कांग्रेसकी संसदीय दलकी सचेतक पुष्पा भूषालले सरकारले ल्याएको २०७७र०७८को बजेट जनताको थाप्लोमा ऋणको भारी बोकाउने गरी ल्याएको बताएकी छन् ।
संचारमाध्यमसंग कुराकानी गर्दै सचेतक भूषालले बजेटले महामारीसंग जुध्ने र आवश्यकतालाई पूर्ति गर्ने गरी नआएको दावी गरेकी हुन् । बजेटमा नयाँ कुरा केहि नआएको र अहिलेको आवश्यकता अनुसार नभएको भन्दै अहिले छरिएको बजेट दुरुपयोग हुने सम्भावना बढी देखिएको बताइन् । त्यसैले अहिलेको बजेट नेकपाका कार्यकर्ता पोस्ने खालको भएको प्रतिक्रिया दिईन् ।
बेरोजगारलाई रोजगार दिन्छौँ भन्ने शीर्षक राखेर ल्याएको बजेट नेकपाले आफ्नो कार्यकर्तालाई नै दिने र आफ्नो कार्यकर्ता बन्न बाध्य बनाउने र ती व्यक्तिलाई पैसाहरु दिने भएकाले सरकारले ल्याएको बजेटमा जनता खुसी हुने अवस्था नरहेको दावी गरिन । बेरोजगारी समस्या समाधान नहुने भन्दै उनले सरकारी ढुकुटीलाई दुरुपयोग गरेर खोक्रो बनाउने मात्रै भएको बताईन ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले प्रस्तुत गरेको बजेट मानव स्वास्थ्य र अर्थतन्त्रको स्वास्थ्य बिग्रेको बेलामा सकारात्मक आएको अभिव्यक्ति दिएका छन् ।
नेता पाण्डेले महामारी नियन्त्रणका लागि सङ्घीय राजधानी, प्रदेश र स्थानीय तहमा समेत अस्पताल बनाउने विषय समावेश गरिएको विषय महत्वपूर्ण भएको दावी गरे । जिल्ला अस्पतालमा समेत चिकित्सक नरहेको अवस्थामा पालिकाहरुमा स्वास्थ्यकर्मी पुर्याउने विषय भने आफैंमा चुनौतीपूर्ण रहेको टिप्पणी गरे ।
सरकारले चालू खर्च कटौती गर्ने विषयलाई विशेष व्यवस्था गरेको तथा अनावश्यक कार्यालय खर्च, कार्यक्रम बन्द गर्ने तथा स्वास्थ्य क्षेत्रमा झण्डै २२ अर्बबराबरको बजेट थप हुनु स्वाभाविक र महत्वपूर्ण रहेको बताए।
त्यस्तै नेपाली काँग्रेसका नेता तथा लामो समय सत्तामा रहेर अर्थमन्त्रालयको बागडोर सम्हालिसकेका डा. रामशरण महतले बजेट प्रचारमुखी भएको टिप्पणी गरेका छन् । महतले बजेट इच्छा, आकाङ्क्षाले परिपूर्ण रहेको भन्दै कृषि, रोजगारी क्षेत्रमा केही विषय समावेश गरिएको भए पनि सरकारको कार्यान्वयनको क्षमता नभएकाले आगामी आर्थिक वर्षको बजेटसमेत कार्यान्वयन हुने अवस्था नभएको दावी गरे ।
कार्यान्वयन हुन सक्नेभन्दा पनि ठूलो बजेट बनाइएको आरोप लगाउँदै उनले हौसिएर बजेट ल्याइएको बताए। राष्ट्रिय ऋण बढेर भावी पुस्तालाई समेत समस्यामा पार्न सक्ने प्रति चिन्ता व्यक्त गरे ।
त्यस्तै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शङ्कर शर्माले बजेट सकारात्मक भए पनि कार्यान्वयनको पक्षमा निकै चुनौती रहेकाले विशेष ध्यान दिनुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम दिएका छन् । बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी संयुक्त जनआन्दोलन समितिले उक्त अल्टिमेटम दिएको हो । राजसंस्था पुनःस्थापनाका...
गोरखा । पथप्रदर्शकको मृत्यु भएको छ। उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पर्यटकलाई पथप्रदर्शन गर्न आएका उनको मृत्यु भएको हो । विकट मानिने धार्चे गाउँपालिका–३ खोर्लाबेँसीस्थित खोला किनारमा हिँड्ने क्रममा सार्की...
काठमाण्डौ । चार दिनदेखि आन्दोलनरत दोलखा जिल्लावासी, करार कर्मचारीहरूसँग सहमति भएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले कम्पनीमा कार्यरत सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने भएपछि सहमति भएको हो...
भक्तपुर । नयाँ वर्ष २०८२ र भक्तपुरको प्रसिद्ध विस्काः जात्राको अवसरमा औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको आयोजनामा नवौं भक्तपुर औद्योगिक, साँस्कृतिक पर्यटन, कृषि तथा व्यापार महोत्सव...