DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बिरुवा गाउँपालिकाको छैठौं गाउँसभा सम्पन्न

बिरुवा गाउँपालिकाको छैठौं गाउँसभा सम्पन्न image

स्याङ्जा। बिरुवा गाउँपालिकाको छैठौं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष चुनप्रशाद शर्माको अध्यक्षतामा आर्थिक वर्ष ०७६र०७७ को बजेट माथी सम्सोधन प्रस्ताब पारित भएको हो । सम्पन्न गाउसभामा ३४ करोड २१ लाख ३ हजारको संसोधित बजेट अनुमान पेश भएको बिरुवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले बताए ।

सभामा वडा न १ का वडाध्यक्ष युबराज के सि, वडा न ८ का वडाध्यक्ष प्रकाश थापा, वडा नं. ५ का वडाध्यक्ष इन्द्र प्रसाद पौडेल, उपाध्यक्ष देबि कुमारी थापालगाएतले जनस्तरबाट योजना छनोट भई आएकाले जनताका वास्तविक समस्यामा केन्द्रीत भएर बजेट बाँडफाड गरिनु पर्नेमा जोड दिए ।

चालू आर्थिक वर्षको हाल सम्म ३० % बजेट खर्च भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले प्रगती प्रतिबेदन पेश गरेका थिए । गाँउपालिकाका सबै वडामा अन्लाइन घटनादर्ता सुरु भएको जानकारी दिदै सुवेदीले डिजिटल नागरिक बडापत्र पनि सुरु गरिएको बताए । चुनप्रसाद सर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा न ८ का वडाध्यक्ष प्रकाश थापाले सम्सोधन प्रस्ताब पेश गरेका थिए । प्रस्तुत साे संसाेधन प्रस्ताव सर्बसम्मतीबाट पारित भएकाे थियाे ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • पोखरामा तरबुजा खेतीः चार महिनामा १५ लाख रूपैयाँ आम्दानी image

    पोखरामा तरबुजा खेतीः चार महिनामा १५ लाख रूपैयाँ आम्दानी

    कस्की, ३ जेठ । पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनाराको तिखेढुङ्गा होस वा पोखरा–१३ ढाँडबेसी र आसपासका फाँट धेरै ठाउँमा तरबुजा लटरम्म फलेको देख्न सकिन्छ । विगतमा तराई र भारतका स्थानबाट...

  • धवलागिरिका गौरवका आयोजना image

    धवलागिरिका गौरवका आयोजना

    म्याग्दी । धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा छवटा गौरवका आयोजना सञ्चालन गरेको छ । रु १२ करोड ६६ लाखमा ठेक्का सम्झौता भएका दुई वटा योजना बहुवर्षीय क्रमागत...

  • तनहुँ आयोजनाको भूमिगत विद्युत गृहभित्र रोटर जडान image

    तनहुँ आयोजनाको भूमिगत विद्युत गृहभित्र रोटर जडान

    तनहुँ। निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहभित्र रोटर (विद्युतीय मोटर) जडान गरिएको छ। आयोजनाको चरण–२ अन्तर्गत भूमिगत विद्युत्गृहभित्र रोटर कार्य जडान सफल भएको हो।सिनो...

  • जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन image

    जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन

    गण्डकी, चैत २९। सामुदायिक वन समूहले काठको विकल्पका रूपमा अन्य वन पैदावारबाट रोजगार सिर्जनासँगै आयआर्ज गर्न सुरु गरेका छन्। वनभित्र थुप्रिएका ज्वलनशील पदार्थको उपयोग गर्दै वन समूह रोजगारीसँगै जैविक...


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.