भारतीय मिडियालाई डा.रिजालको मुखभरीको जवाफ (भिडियाे सहित)

भारतीय मिडियालाई डा.रिजालको मुखभरीको जवाफ (भिडियाे सहित) image

८ जेष्ठ २०७७, काठमाडौं । चीनले नेपाललाई प्रयोग गरेको भनेर भारतीय मिडियाले गलत अफवाह फैलाई रहेका बेला पूर्व सूचना तथा संचारमन्त्री डा. मिलेन्द्र रिजालले भारतीय मिडियालाई मुखभरीको जवाफ दिएका छन् ।

भारतीय एक च्यानलले भर्चुअल अन्तरवार्ता लिदा उनले भनेका छन्, नेपालले जे गर्छ त्यो नेपालको माम्ला हो, नेपालको आन्तरिक माम्लामा भारतलाई सोधिरहन जरुरी छैन । नेपालले हिजो मात्रै आफ्नो भारतले अतिक्रमण गरेको भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेटेर नयाँ नक्सा जारी गरेको थियो ।

त्यसैको रिषरागमा भारतीय मिडिया आफ्नो देशको विस्तारवादी नीतिको झूठ लुकाउन चिनलाई उचालिरहेका छन् । चीन विरुद्धका गलत अफवाह फैलाई रहेका छन् । सीमा रक्षार्थ केहि दिन पहिले लिम्पियाधुरा बोर्डेरसाइटमा नेपालले शसस्त्र फोर्स पठाएको थियो ।

छिमिकीसंगको सम्बन्धमा सदा सर्वदा सद्भावको हुने भन्दै नेपाल सधै असल छिमेकीको रुपमा हेर्दै आएको तर भारतले जहिले पनि कोरोना भाइरस भन्दा पनि खतरा व्यवहार गर्दै आएको जानकारहरु बताँउछन् ।

नेपालको एक ठाँउमा मात्र नभएर ७१ ठाँउमा भारतले सिमा मिच्दै आएको छ । सीमा समस्याका लागि भारतलाई पटक पटक नेपाल सरकारले आग्रह गर्दा पनि सुन्या नसुने झै गरिरहेको भन्दै सिमाविद्ले अब आफ्नो सीमा रक्षाका लागि नेपाल सरकार चुक्न नहुने सुझाव नेपाल सरकारलाई दिदै आएका छन् ।

यसैविच हिजो एक भारतीय मिडियाले लिएको डा. मिलेन्द्र रिजालसंगको अन्तरर्वातामा अमेरिकामा बस्दै आएका नेपालीले उक्त टेलिभिजन शो हेरेर विभिन्न प्रतिक्रिया दिएका छन् , भारतीय मिडियालाइ कसरि सबक सिकाउने भन्ने कुरा कांग्रेस नेता, पूर्वमन्त्रि डा. मिनेन्द्र रिजालबाट सिकौं । आहिलेलाइ सबै नेताले यत्ति गर्न जरुरि छ ।

लिओनेल मेस्सीदेखि कयौं नेपाली तथा अमेरिकि शिर्ष नेताहरुसंग टेलिभिजन शो गरेको अनुभबको आधारमा भन्न सक्छु, मैले यत्तिको नालायक टिभी होस्ट आजसम्म देखेको छैन । अहिले यी स्टाटसहरु सामाजिक संजालमा भाइरल भएका छन् ।

नेपालले लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा अद्यावधिक गरेपछि भारतीय मिडिया नेपालमाथि खनिन थालेका छन् । ती मिडियाहरु भारतमा रहेका नेपालीहरुलाई दुःख दिन उक्साईरहेका छन् । बुधबार अभिनेत्री मनिषा कोइरालाको आलोचनामा समय खर्चिए मिडियाहरुले नेपालको नयाँ नक्साको विरुद्ध अफवाह फैलाई रहेका छन् ।

भारतीय एबिपी च्यानलले मनिषालाई त ‘चीनको इशारामा नाचेको’ सम्मको आरोप लगाएको छ । बुधबार नै नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल, रिपब्लिकाका सम्पादक सुवास घिमिरे र दी हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमालसंग केही भारतीय अतिथि राखेर भारतीय न्यूज च्यानल रिपब्लिकमा बहस गरेका थिए ।

बहसको शीर्षक थियो चाइना युजेज नेपाल

चीनले नेपाललाई प्रयोग गर्छ भन्दै भारतीय पत्रकारले लामो लेक्चर दिएका थिए । लेक्चरको आशय थियो नेपालले चीनको इशारामा नयाँ नक्सा सार्वजनिक गर्‍यो । अनि आक्रोषित भावमा डा. मिनेन्द्र रिजालले तपाईंले प्रश्न गरेका हो कि कुनै मन्तव्य दिनु भएको हो ? नेपालमा यसरी अन्तर्वार्ता लिइँदैन भनेका थिए ।

न्युज च्यानल रिपब्लिकमा भएको बहसलाइ हेराैं…

नेता रिजाल : नेपाल र भारतबीच लामो समयदेखि सीमा विवाद छ । हामी द्विपक्षीय छलफलबाट समस्या हल गर्न चाहन्छौं । भारतले कोभिड–१९ को महामारी टुंगिएपछि बसौंला भन्यो । हामीले अगावै कुराकानी गरौं भन्यौं । हामीसँग उक्त भूभाग हाम्रो भएको पुष्टि गर्न यथेष्ट प्रमाण छन् । भारतले पनि आफ्नो तर्फबाट प्रमाण जुटाओस् । वार्तामा बसौं, समस्या समाधान गरौं, यसमा चीनलाई जोडिरहनुको कुनै तुक छैन ।

पत्रकार :  नेपालमा कसरी अन्तर्वार्ता गरिन्छ मलाई थाहा छैन ? भारतमा यसरी नै गरिन्छ । चीनको कोरोना भाइरस भन्दा भारतबाट आएको भाइरस कडा ? तपाईंको प्रधानमन्त्रीको कस्तो बहुलठ्ठीपूर्ण तर्क ? कस्तो अवैज्ञानिक कुरा ?

नेता रिजाल : म सीमा सम्बन्धमा नेपाल सरकारले लिएको अडानको समर्थन गर्छु । कोरोनाको बारेमा प्रधानमन्त्रीले के भने के भनेनन् ? मेरो सरोकारको विषय होइन । नेपालको पछिल्लो कदममा चीनको हात रहेको भन्नु गलत हो ।

यता बहसमा रिपब्लिकाका सम्पादक सुवास घिमिरेले सुगौली सन्धिपछिका नक्साहरूले उक्त भूभाग नेपालको भएको पुष्टि गरेको बताए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • लेखक तथा फोटोग्राफर थापा संचार बिज्ञमा नियुक्त image

    लेखक तथा फोटोग्राफर थापा संचार बिज्ञमा नियुक्त

    काठमाडौं । विगत साढे दुई दशकदेखि लेखन तथा फोटोग्राफरका रूपमा क्रियाशिल भरतबन्धु थापा संचार विज्ञमा नियुक्त भएका छन् । लेखक तथा फोटो पत्रकार थालाई संचार बिज्ञका रुपमा नियुक्त गरेको...

  • पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पितृशोक image

    पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पितृशोक

    काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्मालाई पितृशोक परेको छ । बुवा दाङका बरिष्ठ साहित्यकार गिरिराज शर्माको आज ८४...

  • एक महिलाको हत्या, एकजना पक्राउ image

    एक महिलाको हत्या, एकजना पक्राउ

    काठमाडौं । बर्दिया बारबर्दिया नगरपालिका ५ तर्कापुरमा एक महिलाको हत्या भएको प्रहरीले जनाएको छ । ३९ वर्षीया मीना थारुको हत्या भएको हो । गएराति १२ः २० मा बारबर्दिया नगरपालिका...

  • डुबेर दुई बालबालिकाको मृत्यु image

    डुबेर दुई बालबालिकाको मृत्यु

    सिराहा । पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कर्जन्हा नगरपालिका ४ बस्तिपुरका सुमित लामाको ३ वर्षिय छोरा नुरगेन लामाको सोही ठाउँको पोखरीमा डुबेर...


hotelghyampedanda