पर्वत । लकडाउनको उल्लंघन गर्दै ‘मर्निङ वाक’मा निस्केका २६ जना कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले उनिहरूलाइ कारबाही गरेको हाे ।
कोरोना भाइरस फैलन सक्ने जोखिमका कारण आम नागरिकलाई ‘मर्निङ वाक’मा नजान भन्दै सूचना जारी गरे पनि त्यसलाई बेवास्ता गर्दै ‘मर्निङ वाक’का लागि निस्किएकालाई नियन्त्रणमा लिइएको कार्यालयले बताएकाे छ ।
पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार सदरमुकाम कुस्मा बजारबाट दुर्लुङ्चोक हुँदै गोदामतर्फ ‘मर्निङ वाक’का लागि हिँडेकाहरूलाई प्रहरीले दुर्लुङचोकमा नै नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका २६ जनालाई चोकमा नै सामाजिक दूरी कायम हुने गरी उभ्याएर आधा घण्टासम्म सम्झाइबुझाइ गरेर छोडिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैतडी, ९ जेठ । बैतडी जिल्लाको खलङ्गा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान...
काठमाडौँ, ९ जेठ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छिन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा...
भक्तपुर, जेष्ठ । सूर्यविनायक नगरपालिका वडा नं ७ मा पुष्पखेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत सयपत्री फूलको बेर्ना वितरण कार्यक्रम सम्पन्न भएको छ। आ.व. २०८१/०८२ मा स्वीकृत योजनाअन्तर्गत सञ्चालन भएको कार्यक्रम...
भक्तपुर, ८ जेष्ठ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन अरनिको सभाभवन, थन्थु दरबार, र हाडा छेँ पुनःनिर्माण स्थलहरूको स्थलगत निरीक्षण...