यस्ताे छ फिलिपिन्समा नेपालीकाे अवस्था (भिडियाे लाइभ)

दक्षिण–पूर्व एसियामा अवस्थित गणतान्त्रिक देश फिलिपिन्समा अवस्था अनुसारको लकडाउन गरेर कोरोना नियन्त्रणका प्रयास सरकारले गरिरहेको क्वलम्वो प्लान स्टाफ कलेजका महानिर्देशक रामहरी लामिछानेले बताएका छन् । कैलाश खबरसंग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

फिलिपिन्समा सरकारले लागू गरेको नियम उल्लंघन गर्ने एक व्यक्तिलाई कडा कार्वाहि हुने भएकाले सरकारको निर्देशन कसैले पनि उलंघन गर्न नपाउने बताए । कोहिपनि बाहिर ननिस्किने निस्किएपछि अनिवार्य मास्क लगाएर सामाजिक दुरी कायम राख्न पर्ने कुराको जानकारी दिए । सुरक्षा व्यवस्थालाइ कडाइरूपमा लिएको फिलिपिन्स सरकारले लकडाउनमा घरघरमा राहत सामाग्री पु¥याउने व्यवस्था मिलाएको बताए ।

स्वास्थ्यकर्मीले अग्र घेरामा रहेर उपचार गर्ने गरि चार घेरामा कोरोना संक्रमितको उपचार हुने बताए । आजको मिति सम्म फिलिपिन्समा तीन हजार ८ सय ७० जना भाइरसबाट संक्रमित भएका मध्य एक सय ८२ जनाको मृत्यु भएको छ । भाइरसको संक्रमण भएकामध्ये ६ सय ३३ जना निको भएका छन् ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन एक महिनाभन्दा अगाडिदेखि नै सरकारले लकडाउन गरेको छ । घर बाहिर निस्कन परेपनि एकजना मात्रै निस्कन सुझाव दिदै लामिछानेले नेपाल सरकारले दिएको निर्देशन अनिवार्य पालना गर्न नेपालीलाई आग्रह गरेका छन् । कैलाश खबरकाे विशेष प्रस्तुती करेन्ट अफयरमा लाइभ कुराकानी गर्दै उनले यस्ताे बताएका हुन् ।
कोरोना नियन्त्रण गर्न फिलिपिन्स सरकारले अपनाएको तरिका बारे यस्तो बताए । हेर्नुहोस् भिडियो

https://www.facebook.com/Kailashkhabarnews/videos/222819882286796/

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो image

    हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो

    झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...

  • मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै image

    मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

    मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...

  • किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने image

    किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने

    भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...

  • ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए image

    ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

    म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.