भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

यस्ताे छ फिलिपिन्समा नेपालीकाे अवस्था (भिडियाे लाइभ)

दक्षिण–पूर्व एसियामा अवस्थित गणतान्त्रिक देश फिलिपिन्समा अवस्था अनुसारको लकडाउन गरेर कोरोना नियन्त्रणका प्रयास सरकारले गरिरहेको क्वलम्वो प्लान स्टाफ कलेजका महानिर्देशक रामहरी लामिछानेले बताएका छन् । कैलाश खबरसंग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

फिलिपिन्समा सरकारले लागू गरेको नियम उल्लंघन गर्ने एक व्यक्तिलाई कडा कार्वाहि हुने भएकाले सरकारको निर्देशन कसैले पनि उलंघन गर्न नपाउने बताए । कोहिपनि बाहिर ननिस्किने निस्किएपछि अनिवार्य मास्क लगाएर सामाजिक दुरी कायम राख्न पर्ने कुराको जानकारी दिए । सुरक्षा व्यवस्थालाइ कडाइरूपमा लिएको फिलिपिन्स सरकारले लकडाउनमा घरघरमा राहत सामाग्री पु¥याउने व्यवस्था मिलाएको बताए ।

स्वास्थ्यकर्मीले अग्र घेरामा रहेर उपचार गर्ने गरि चार घेरामा कोरोना संक्रमितको उपचार हुने बताए । आजको मिति सम्म फिलिपिन्समा तीन हजार ८ सय ७० जना भाइरसबाट संक्रमित भएका मध्य एक सय ८२ जनाको मृत्यु भएको छ । भाइरसको संक्रमण भएकामध्ये ६ सय ३३ जना निको भएका छन् ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन एक महिनाभन्दा अगाडिदेखि नै सरकारले लकडाउन गरेको छ । घर बाहिर निस्कन परेपनि एकजना मात्रै निस्कन सुझाव दिदै लामिछानेले नेपाल सरकारले दिएको निर्देशन अनिवार्य पालना गर्न नेपालीलाई आग्रह गरेका छन् । कैलाश खबरकाे विशेष प्रस्तुती करेन्ट अफयरमा लाइभ कुराकानी गर्दै उनले यस्ताे बताएका हुन् ।
कोरोना नियन्त्रण गर्न फिलिपिन्स सरकारले अपनाएको तरिका बारे यस्तो बताए । हेर्नुहोस् भिडियो

https://www.facebook.com/Kailashkhabarnews/videos/222819882286796/

 


Thali Mobile Pvt.Ltd.