भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

रुकुम हत्याकाण्ड : ५ जनाको शव भेटियो, एक जनाअझै बेपत्ता

रुकुम हत्याकाण्ड : ५ जनाको शव भेटियो, एक जनाअझै बेपत्ता

१५ जेठ २०७७, जाजरकोट । सोती हत्याकाण्डको घटनामा हराएकामध्ये भेरी नगरपालिकाका वडा नं ४ का सन्दीप विकको शव छेडागाड नगरपालिका १३ कालाभिरमा फेला परेको छ । अहिले सम्म पाँचजनाको शव फेला परेको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले बताए ।

बुधबार लोकेन्द्र सुनारको शव बाँधेर नदीमा फालिएको अवस्थामा फेला परेको थियो । गत १० जेठमा भएको हत्याकाण्ड घटनामा भेरी नगरपालिका–११ का गोविन्द शाही अझै बेपत्ता रहेका छन् । जाजरकोट भेरी नगरपालिका–४ का नवराज विक, लोकेन्द्र सुनार, गणेश बुढा र चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परेको थियो ।

भेरी नदीमा गोताखोर परिचालन गरि शव खोज्नकार्य जारिरहेको छ । भेरीनदि धमिलो भएका कारण शब खोज्न कठिन भएको गोताखोरले बताएका छन् । जाजरकोटका नवराज विक र सोतीकी सुस्मा मल्लबीचको प्रेमका कारण जेठ १० गते पश्चिम रुकुमको चौरजहारी–८ सोतीमा भएको उक्त घटनामा हराइरहेका तीनजनाको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ ।

घटना भएको पाँच दिनसम्म पनि सम्पर्कमा नआएकाको खोजी गर्न नदीमा सशस्त्र प्रहरी गण शमशेरगञ्जबाट तालिम प्राप्त गोताखोर परिचालन गरिएको थियो । पानीमा डुबेर खोज्न मिल्ने अक्सिजनसहितको पाँचजनाको टोली र जिल्लामा तालिम प्राप्त सशस्त्र प्रहरी बेपत्ताको खोजीमा बुधबार बिहानैदेखि भेरीमा परिचालन गरिएको छ ।

स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवान र गोताखोर हराएकाको खोजी कार्यमा लागिपरेका छन् ।

याे पनि पढ्नुहाेस्…

विभत्स हत्या विरूद्व २० जनाकाे किटानी जाहेरी
१० गते शनिबार रुकुम पश्चिमको चौरजहारी ८ सोतीमा भएको उक्त घटनाका पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।

वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुन मगर लगायतका २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएका हुन् ।

दलित अधिकारकर्मी र पीडित परिवारले घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निशुल्क उपचारको व्यवस्था मिलाउनु पर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्ने लगायतका माग राखेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन्।

 


Thali Mobile Pvt.Ltd.